Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

ओखलढुंगाका ठेकेदार, निर्माण योजना अलपत्र

ओखलढुंगा । ओखलढुंगामा पूर्वाधार विकासका दर्जनभन्दा बढी ठूला आयोजना अलपत्र छन्। यसको उदाहरण हो, मान्द्रे दोभानमा निर्माणाधीन पक्की पुल। यसले मोलुङ र सुनकोसी गाउँपालिका जोड्नेछ। पुल ठेक्का लागेपछि तीनवटा निर्वाचन सम्पन्न भए। नेताहरूले हरेक निर्वाचनमा पुल बनाई छाड्ने अनि काम नगर्ने ठेकेदारलाई कारबाही गर्ने बताए। तर, पुल अझै अधुरै छ। ठेकेदार राजेन्द्र–लोकप्रिय जेभीका भीमबहादुर साउद डडेलधुराको परशुराम नगरपालिकाका मेयर छन्। डिजाइन फेल भएको भन्दै काम सक्नुपर्ने बेलासम्म सुरु नै गरिएको थिएन। दुई वर्ष लगाएर डिजाइन फेरी पिलर राख्न थाले पनि अलपत्र छ। तर, जग खन्नासाथ एस्काभेटर बिग्रिन थाले। यही बहानामा दुई वर्ष काम भएन। साउदले स्थानीय निर्वाचनपछि पिलर शिलान्यास र मसानपूजा गराए। तत्कालीन प्रमुख जिल्ला अधिकारी फडिन्द्र दाहालले पूजा र शिलान्यास एकसाथ गरेका थिए। ठेकेदार साउद फिल्डमै आएनन्। उनले रवीन्द्र लामालाई पठाए। पटक–पटक पुल सम्पन्न गर्ने बताए पनि काम नभएपछि नौ महिनाअघि लामा पक्राउ परे। पुनः काम थालिहाल्ने सहमतिमा उनी छुटेका थिए। साउद न जिल्ला आएका छन् न त उनले काम अघि बढाएका छन्। ठूला नेतासँगको पहुँच र आफैं जनप्रतिधि भएकाले यहाँका स्थानीय तहका प्रमुखले यसमा प्रश्न गर्न सकेका छैनन्। उनले पुल अर्कोलाई जिम्मा दिइएको तर कामै नगरेको बताएका थिए। ‘सबै काम गर्छु भनेर विश्वासमा मैले उसलाई जिम्मेवारी दिएँ’, उनले भने, ‘एस्काभेटर पनि उपलब्ध गराएँ तर उसले गरेन।’ आफूले ठेक्का लिएर अरूलाई खेताला लगाएको उनले स्वीकार गरे। थप प्रतिक्रिया लिन खोज्दा उनीसँग सम्पर्क हुन सकेन। पछिल्लो पटक थप गरिएको म्याद २०७४ असारसम्म थियो। समयमै पुल नबन्दा लागत झन्डै दोब्बर पुगेको छ। सुरुमा ३ करोड ३२ लाख ५५ हजार लागतमा ठेक्का सम्झौता भएको थियो। डिजाइन फेरिएपछि लागत ५ करोड ६९ लाख पुगेको हो। स्विस सरकारको सहयोगमा निर्माण गरिने पुलको ठेक्का जिविसले लगाएको थियो। प्राविधिक सहयोग स्थानीय सडक पुल परियोजना (एलआरबीपी)ले गरेको छ। ८० मिटर लम्बाइ र पाँच मिटर चौडाइको पुल निर्माण हुनेछ। सरोकारवालाको दबाबमा पेस्कीबापत दिइएको ३३ लाख २५ हजार रकम जिविसले फिर्ता लिएको थियो। काम नगर्ने ठेकेदारमाथि कारबाही नगरिँदा ठूला आयोजना अलपत्र परेको स्थानीय रमेश श्रेष्ठको भनाइ छ। महत्वपूर्ण आयोजनालाई गति दिन पहल भइरहेको प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारले बताए। ‘अलपत्र योजना अनुगमन गरेर फर्किएको छु’, उनले भने, ‘मन्त्रीसँग छलफल गर्नेछु।’ ठेकेदार जो भए पनि काम नगरे कारबाही हुनुपर्ने उनले बताए।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy