काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधान संशोधन आवश्यक भए पनि त्यसलाई हचुवाको भरमा अघि बढाउँदा सामाजिक तनाव बढ्न सक्ने बताएका छन् ।
पार्टी संयन्त्रले सरकारका सय दिनबारे गरेको समीक्षा कार्यक्रममा बोल्दै थापाले यस्तो बताएका हुन् ।
प्रदेश नाम, संविधानसँग सम्बन्धित मुद्दा लगायत संवेदनशील विषयमा सरकारका मन्त्रीहरूले हल्का ढंगले अभिव्यक्ति दिने गरेको बताए। “संविधान संशोधन गर्नुपर्ने विषय छन्, तर यसरी हचुवामा होइन,” उनले भने।
वर्तमान सरकारका मन्त्रीहरूले संवेदनशील विषयमा दिएका अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। उनले मन्त्रीहरूका फरक–फरक र असंयमित भनाइले सरकार सञ्चालनमै अस्थिरता देखिएको टिप्पणी गरेका छन्।
उनका अनुसार एउटै सरकारभित्रका मन्त्रीहरूबीच नै एकरूपता नदेखिनु चिन्ताको विषय हो। “एउटाले एउटा कुरा बोलिदिनुभएको छ, अर्कोले अर्को थपिदिनुभएको छ, तेस्रोले फेरि खारेज गरिदिनुभएको छ,” भन्दै उनले सरकारभित्र समन्वयको अभाव रहेको संकेत गरे।
थापाले संविधान निर्माणका क्रममा भएका संवेदनशील सहमति र सरोकारलाई सरकारले पर्याप्त ध्यान नदिएको आरोप पनि लगाए। यस्ता विषयलाई हल्का रूपमा लिनु उपयुक्त नहुने उनको भनाइ थियो।
भाषा, समावेशिता र अधिकारजस्ता विषय अत्यन्त संवेदनशील हुने भएकाले जिम्मेवार ढंगले मात्रै व्यवहार गर्नुपर्नेमा उनले जोड दिए। विविधतालाई सम्बोधन गर्ने विषयलाई हल्का रूपमा लिनु गलत हुने भन्दै उनले सरकारलाई सचेत रहन आग्रह गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २१ गते, २०८३ - १६:३१
धनकुटा । गृहमन्त्री सुधन गुरुङले पूर्वी पहाडी जिल्लाको भ्रमणका क्रममा आइतबार धनकुटामा सुरक्षा तथा प्रशासनिक संयन्त्रको निरीक्षण गर्नुका साथै धार्मिक द...
आषाढ़ २१ गते, २०८३ - १६:०५
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र नागर...
आषाढ़ २१ गते, २०८३ - १५:५३
काठमाडौँ। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जुलाई २१ तारिखदेखि सुरु हुने त्रिदेशीय सिरिजमा भाग लिन जान खेलाडीको बिदाइ गरिएको छ । ...
आषाढ़ २१ गते, २०८३ - १५:२६
डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका क्षेत्रबाट जुम्लातर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको छ। आइतबार जगदुल्ला गाउँपालिका क्षेत्रबाट जुम्लातर्फ गइ...
आषाढ़ २१ गते, २०८३ - १५:२२
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधान संशोधन आवश्यक भए पनि त्यसलाई हचुवाको भरमा अघि बढाउँदा सामाजिक तनाव बढ्न सक्ने बताएका छन् ।...
आषाढ़ २१ गते, २०८३ - १५:०२
काठमाडौँ । चालु असार महिनाको पहिलो १९ दिन (करिब १५ कार्यदिन) मा निजामती सेवाबाट राजीनामा दिने कर्मचारीको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ। राष्ट्रिय...
आषाढ़ २१ गते, २०८३ - १४:०६
काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा चीनका वाणिज्य उपमन्त्री यान दोङ सोमबार नेपाल भ्रमणमा आउने भएका छन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार...
आषाढ़ २१ गते, २०८३ - १३:५१
बागलुङ। जिल्लाको ७७ खानेपानीका मुहानमा दिसामा पाइने जीवाणु (कोलिफर्म) भेटिएको छ । चालु आर्थिक वर्षमा खानेपानीका मुहानबाट संकलन गरिएका तीनसय ६९ नुमना ज...
आषाढ़ २१ गते, २०८३ - १२:५७
काठमाडौं । नेपाल प्रहरीका तीन जना नायव महानिरीक्षक (डीआईजी)सहित १०४ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन्। प्रहरी प्रधान कार्यालयले उत्कृष्ट कार्यस...
आषाढ़ २१ गते, २०८३ - १२:३७
महोत्तरी । मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो ११ महिनामा ९ अर्ब ९७ करोड रुपियाँ खर्च गरेकामा आर्थिक वर्षको अन्तिम महिना असार सुरु भएयता १८ द...



प्रतिकृया लेख्नुहोस्: