Khabar Dabali २५ पुष २०८२ शुक्रबार | 9th January, 2026 Fri
Investment bank

राप्रपाको कार्य सम्पादन समितिका निर्णय सार्वजनिक

काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको राप्रपा, केन्द्रीय कार्य सम्पादन समितिको बैठकले विभिन्न निर्णयहरु गरेको छ। संबिधानसभाबाट नंया संबिधान बनेपछि तथा संबिधान बमोजिम निर्वाचन भएपछि संक्रमणकालको अन्त्य हुन्छ, देशमा शान्ति र स्थायित्व कायम हुन्छ तथा मुलुकको सम्पूर्ण ध्यान आर्थिक बिकास र सम्बृद्धि तर्फ केन्द्रित हुनेछ भन्ने आम नेपाली जनताको आशा र बिश्वास रहेको थियो । संबिधान बमोजिम चुनाव सम्पन्न भै दुई तिहाई बहुमतका साथ सरकार गठन भएको ९ महिना भएको छ, तर जनताले राहत र परिवर्तनको अनुभूति गर्न पाएका छैनन् । शान्ति, स्थायित्व र सम्बृद्धिको सट्टा देश अझै गंभीर संकटको दिशातर्फ उन्मुख भैरहेको छ । नेपालको ईतिहासमा पहिलोपटक राष्ट्रबिखण्डनको आवाज उठन थालेको छ, नेपाली भूभाग बाह्य शक्तिहरुको रणनीतिक प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको छ तथा बिदेशीहरुको चलखेल र प्रभाव बढदो छ । धर्मपरिवर्तनको कारण राष्ट्रिय पहिचान कमजोर हुने, सामाजिक सदभाव र एकता खलबलिने तथा देश धार्मिक दन्दको दलदलमा फस्ने संभावना देखिएको छ । आर्थिक एवं प्रशासनिक क्षेत्रमा बिकृति र बिसंगतिहरु ब्याप्त रहेका छन् । राज्यसंयन्त्रको प्रभावकारितामा तिव्र ह्रास आएको छ । उल्लेखित समस्या र चुनौतिहरु सामना गर्न वर्तमान सरकार पूर्णत बिफल भएको छ । जनताको भावना र राष्ट्रको आबश्यकता अनुरुप काम गर्न सरकार असक्षम हुंदै गएको छ । यो निराशाजनक परिस्थितिका निमित्त सरकार र सत्तारुढ दलहरु नै मूख्यरुपले जिम्मेवार छन् । सरकारको अकर्मण्यता र असफलताको निमित्त निसन्देह सत्ताको बागडोर सम्हालेका ब्यक्तिहरु जवाफदेही छन् । तर, देशले भोग्नु परिरहेको मूलसमस्याहरुको गहिराईमा गएर बिश्लेषण गर्ने हो भने ब्यक्तिहरुको कमजोरीका साथै हाल कायम रहेको र कार्यान्वनमा रहेका नीति, व्यवस्था र मार्गचित्र माथी समेत प्रश्नचिन्ह खडा भएको छ । यस पृष्ठभूमीमा जनताको प्रत्यक्ष अभिमत र पर्याप्त बहस बिना नै लागु गरिएका धर्मनिरपेक्षता, गणतन्त्र र संघीयता जस्ता नीतिगत बिषयहरुको औचित्य र आबश्यकतावारे समेत पुनर्विचार गर्नु अब समयसापेक्ष हुनेछ । यस परिप्रेक्ष्यमा राप्रपाले निरन्तर वकालत र अबलम्बन गर्दै आएको हिन्दुराष्ट्र, राजसंस्था सहितको प्रजातन्त्र र स्थानिय स्वायत्त शासन प्रणालीको वैकल्पिक बिचार र मार्गचित्रलाई फेरि एकपटक जनताको माझमा सशक्त ढंगबाट लैजानु नितान्त आबश्यक छ । हिन्दुराष्ट्र, राजसंस्था सहितको प्रजातन्त्र र स्थानिय स्वायत्त शासन प्रणालीको असली र प्रतिबद्ध सवांहक राप्रपा मात्र हो । त्यसर्थ, यो बिचारलाई जनता समक्ष लैजान र जनताको अभिमतबाट स्थापित गर्न राप्रपा नै अग्रसर हुनु पर्दछ । यो जिम्मेवारी निर्वाह गर्न राप्रपाले गत जेठमा बिरगंजमा सम्पन्न पार्टीको केन्द्रिय परिषदको बैठकबाट पारित देहाय बमोजिमको बैचारिक आधारस्तम्भ, रणनीति, कार्यनीत, प्राथमिकता र कार्ययोजनालाई योजनाबद्ध र प्रभावकारीरुपमा कार्यान्वयन गर्नेछ । [gallery link=\"file\" columns=\"1\" size=\"full\" ids=\"216648,216649\"]
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending