Khabar Dabali २५ पुष २०८२ शुक्रबार | 9th January, 2026 Fri
Investment bank

८८ केजी सुन बोक्ने भरियालाई जेल सहित ४३ करोड ७० लाख जरिवाना

काठमाडौँ। काठमाडौँ जिल्ला अदालतले तस्करीको ८८ केजी सुन बोक्ने भरियालाई अदालतले ४३ करोड बिगो जरिवानासहित तीन वर्ष जेल सजाय तोकेको छ । यो खबर आजको नयाँ पत्रिकामा छ – न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले भरिया एवं गाडीचालक मनोज अधिकारीलाई ४३ करोड ७० लाख जरिवानासहित तीन वर्ष जेल सजाय फैसला गरेको हो । पोखरेलको इजलासले चिनियाँ नागरिकद्वय याङ वइमिङ र पान वइमिङलाई भने जनही ४३ करोड ७० लाख रुपैयाँ जनिवानासहित पाँच वर्ष कैद फैसला गरेको छ । तर, यी दुवै फरार छन् । उनीहरू चीन फर्किसकेको सूचना आएको प्रहरीले बताएको छ । पक्राउ परेका अधिकारी भने २४ कात्तिक ०७४ मा अदालतको आदेशअनुसार जेल चलान भइसकेका छन् । केरुङ नाका हुँदै काठमाडौं ल्याइएको तस्करीको ८८ केजी सुन प्रहरीले १९ भदौ ०७४ मा क्षेत्रपाटीबाट बरामद गरेको थियो । १० जनालाई सफाई प्रहरीले १३ जनाविरुद्ध १७ कात्तिक ०७४ मा मुद्दा दायर गरेको थियो । २४ कात्तिक ०७४ मा न्यायाधीश अमृतबहादुर बस्नेतको इजलासले चिनियाँसँग सम्पर्क रहेका आधारमा मुद्दा चलाइएका मानबहादुर तामाङ, साङ्बो लामा तामाङ, सुन व्यापारीहरू शुभरत्न शाक्य, सत्यनारायण अग्रवाल, गणेशदत्त बडू, दीनखर सालुखे, नन्दकुमार मर्गले र चिनियाँ नागरिक जाङ हालिङलाई संलग्नता नभेटिएको भन्दै सफाइ दिएको थियो । हजार रुपैयाँ भाडा लिएर गाडी चलाउने चालकहरू मनोज अधिकारी, दिलीप खड्का र दाम्पा लामालाई भने जेल चलानको आदेश दिएको थियो । तर, गत मंगलबार, ४ मंसिरमा चालक दिलीप खड्का र दाम्पा लामालाई पनि तस्करीमा संलग्न नभएको भन्दै सफाइ दियो । मनोज अधिकारीलाई भने अदालतमुख्य दोषी ठहऱ्याएको हो ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending