Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

एन्थनी जर्कर

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि।

वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्ड ट्रम्पले उनको सामाजिक सञ्जालमा अमेरिका र इरान "निर्णायक" शान्ति सम्झौताको बिन्दुमा "निकै अघि बढिसकेको" बताउँदै ती वार्ता अगाडि बढाउन दुई साता लामो युद्धविरामका निम्ति आफू सहमत भएको जनाए।

अन्तिम घडी त नभनौँ तर ट्रम्पले इरानी ऊर्जा तथा यातायात संरचनामा व्यापक हमला गर्ने भनी तोकेको समयसीमाको निकै नजिक पुग्दा उनले उक्त पोस्ट गरेका थिए।

तर उक्त सहमति इरानले आक्रमण रोकेमा र व्यापारिक पानीजहाजहरूका लागि होर्मुज जलमार्ग पूर्णतः खोलेमा मात्र लागु हुने छ। इरानले उक्त सर्त मान्ने जनाएको छ तर होर्मुज जलमार्गमाथि आफ्नो भौगोलिक अधिकार रहेको दोहोर्‍याएको छ।

सो सहमतिले ट्रम्पलाई दुईमध्ये एउटा विकल्प रोज्नुपर्ने जटिल अवस्थाबाट बाहिरिन सघाएको छ। उनीसँग भएका विकल्प यस्ता थिए : आफ्नै वाचानुरूप "सम्पूर्ण सभ्यताको आज मृत्यु हुने" काम गर्दै युद्ध झन् चर्काउने या त वाचा पूरा नगरेर आफ्नै विश्वसनीयतामाथि प्रश्न उठ्न दिने।

अहिलेको सहमतिले राष्ट्रपति ट्रम्पलाई केवल अस्थायी राहत मात्र प्राप्त हुन सक्छ।

कठिन वार्ता बाँकी

आगामी दुई साता अमेरिका र इरान स्थायी समाधानका लागि केही समय लिने क्रममा वार्तामा सहभागी हुने छन्। त्यो प्रक्रिया कठिन हुन सक्छ तर सहमतिको घोषणालगत्तै कैयौँ दिनयता पहिलो पटक एक ब्यारल तेलको मूल्य १०० डलरभन्दा मुनि ओर्लियो अनि अमेरिकी स्टक फ्यूचर्सको मूल्य पनि बढ्यो। सबभन्दा खराब अवस्थाबाट पार पाइएको आशा सञ्चार भएको देखिन्छ।

ट्रम्पले फेरि फर्कन नसक्ने गरी इरानी सभ्यता ध्वस्त पारिदिने धम्की दिएकाले मङ्गलवार बिहानसम्मको स्थिति हेर्दा यति प्रगति होला भनेर अनुमान गर्न पनि कठिन थियो।

अमेरिकी राष्ट्रपतिले दिएको त्यस्तो अचम्मलाग्दो धम्कीका कारण यसअघि युद्धविराम गर्न नमानेको इरानले अहिले मानेको होला भन्ने निश्चित छैन। तर के स्पष्ट छ भने ट्रम्पले दुई दिनअघि उत्तेजक र अशोभनीय शब्दहरू प्रयोग गर्दै इरानसमक्ष राखेका माग र त्यसपछि सभ्यताको अन्त्य हुने भनी दिएको धम्की आधुनिक कालका कुनै पनि अमेरिकी राष्ट्रपतिले नबोलेको वा सङ्केत नगरेको शैलीको छ।

अनि यदि दुई साता लामो युद्धविराम स्थायी शान्तिमा परिणत भयो भने पनि इरान युद्ध र ट्रम्पका पछिल्ला टिप्पणीले बाँकी विश्वले अमेरिकालाई हेर्ने दृष्टिकोण आधारभूत रूपमै बदलिएको हुन सक्छ।

अमेरिकाभित्र कस्तो प्रतिक्रिया

कुनै बेला विश्वभरि स्थिरताको प्रतीकका रूपमा रहेको देशले अब विश्वव्यवस्थाको जग आफैँ हल्लाइरहेको देखिन्छ। घरेलु राजनीतिमा स्थापित मान्यता र परम्परा भत्काउन रुचाउने राष्ट्रपतिले अब त्यही काम विश्वमञ्चमा गरिरहेका छन्।

मङ्गलवार ट्रम्पले प्रयोग गरेको शब्दलाई डेमोक्र्याटहरूले तत्कालै निन्दा गरे। कतिपयले उनलाई हटाउनुपर्ने टिप्पणी समेत गरे।

"यो स्पष्ट भएको छ कि राष्ट्रपति नेतृत्व गर्न योग्य छैनन्," अमेरिकी तल्लो सदनका सदस्य ह्वाकिन कास्ट्रोले एक्समा लेखेका छन्।

माथिल्लो सदन सिनेटमा डेमोक्र्याटका वरिष्ठ नेता चक शूमरले अब इरान युद्ध अन्त्य गर्ने विषयमा यदि कुनै रिपब्लिकनले मत नदिए उसले "यो जे हो त्यसको हरेक परिणामको स्वामित्व लिनुपर्ने" बताए।

ट्रम्पको दलका धेरैले उनलाई समर्थन गरेका छन् तर विगतमा जस्तो सबैले चाहिँ समर्थन गरेनन्।

तल्लो सदनको आर्म्ड सर्भिसेज कमिटीका वरिष्ठ सदस्य समेत रहेका जोर्जा राज्यबाट निर्वाचित रिपब्लिकन कङ्ग्रेसम्यान अस्टिन स्कटले ट्रम्पको "एउटा सभ्यताको अन्त्य हुने" टिप्पणीको कडा आलोचना गरे।

"राष्ट्रपतिको टिप्पणी प्रत्युत्पादक छन्," उनले बीबीसीलाई भने, "अनि म त्यसको समर्थन गर्दिनँ।"

प्राय: ट्रम्पप्रति बफादार रहँदै आएका विस्कन्सिनका सिनेटर रन जोन्सनले ट्रम्पले धम्की दिए जस्तो बमबारी गरे त्यो "ठूलो गल्ती" हुने बताए। टेक्ससका कङ्ग्रेसम्यान नथानिअल मोरानले सामाजिक सञ्जालमा लेख्दै उनले "सम्पूर्ण सभ्यताको विनाशलाई" समर्थन नगर्ने बताए।

"हामी यस्तो होइनौँ," उनले लेखेका छन्, "अनि अमेरिकालाई लामो समयदेखि दिशानिर्देश गर्दै आएका मूल्यमान्यतासँग यी अमिल्दा छन्।"

बेलाबेला ट्रम्पको आलोचना गर्दै आएकी अलास्काकी रिपब्लिकन सिनेटर लिसा मुर्कोस्कीले पनि कडा टिप्पणी गर्दै राष्ट्रपतिको धम्कीलाई "इरानसँगको वार्तामा आफ्नो हात माथि पार्ने प्रयासका रूपमा बेवास्ता गर्न सकिँदैन" भनेकी छन्।

दीर्घकालीन मूल्य कस्तो?

ह्वाइट हाउसले चाहिँ उसको त्यो दबावमूलक धम्कीले काम गरेको भनेर प्रतिरक्षा गर्ने सम्भावना छ।

युद्धविरामको घोषणा गर्दै ट्रूथ सोशलमा राखिएको पोस्टमा ट्रम्पले अमेरिकाले उसका सबै सैन्य उद्देश्यहरू र अझ त्योभन्दा बढी हासिल गरिसकेको जनाएका थिए।

इरानको सेनालाई उल्लेखनीय हानि पुगेको छ। उसको इस्लामिक सत्ता अझै सत्तामा छ तर उसका कैयौँ उच्च नेताहरू बमबारीमा मारिए।

तथापि तत्कालका निम्ति थुप्रै घोषित अमेरिकी उद्देश्यहरू पूरा भएकोमा अझै दुविधा छन्। इरानसँग रहेको र परमाणु कार्यक्रमका लागि आधारस्तभ्म मानिने प्रशोधित युरेनिअम कसरी व्यवस्थापन गरिन्छ भन्ने विषय अज्ञात छ। अझै पनि यमनका हूथीजस्ता क्षेत्रीय समूहमाथि इरानको प्रभाव कायम छ।

यदि इरानले होर्मुज पूर्ण खोले पनि - आवतजावत गर्न कुनै भुक्तानीबिना - उक्त भूराजनीतिक महत्त्वको जलमार्ग रोकिदिन सक्ने उसको क्षमता झनै उजागर भएको छ।

ट्रम्पको युद्धविराम सन्देशपश्चात् एक विज्ञप्ति जारी गर्दै इरानी विदेशमन्त्री सैयद अब्बास अराग्चीले इरानले उसका "सुरक्षात्मक कारबाहीहरू" रोक्ने र "इरानी सशस्त्र फौजसँगको समन्वयमा" होर्मुजबाट सुरक्षित आवतजावत गर्न दिने बताए। साथै उनले इरानले प्रस्तुत गरेको १० बुँदे "प्रारूप"लाई अमेरिकाले स्वीकार गरेको पनि बताए।

उक्त प्रस्तावमा अमेरिकाले सो क्षेत्रबाट उसका सैन्य फौज फिर्ता लैजाने, इरानविरुद्धका आर्थिक प्रतिबन्ध हटाउने, युद्धका कारण भएका क्षतिको क्षतिपूर्ति तिर्ने अनि होर्मुजमा नियन्त्रण कायम गर्ने विषय उल्लेख छ। ती कुनै पनि सर्त ट्रम्पले मान्लान् भनेर कल्पना गर्न कठिन छ। त्यसले आगामी दुई सातामा हुने वार्ता कति कठिन हुने छ भनेर पनि सङ्केत गर्छ।

तत्कालका निम्ति यो ट्रम्पलाई राजनीतिक विजय हो। उनले नाटकीय धम्की दिए अनि सोचे जस्तो परिणाम हासिल गरे। तर युद्धविराम भनेको अस्थायी राहतमात्र हो, स्थायी समाधान हैन।

राष्ट्रपतिका शब्द र कार्यहरूको अनि यो समग्र युद्धकै दीर्घकालीन मूल्यलाई सोचविचारपूर्ण मूल्याङ्कन गर्नुपर्छ। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending