Khabar Dabali २६ पुष २०८२ शनिबार | 10th January, 2026 Sat
Investment bank

एक दर्जन प्रहरी एकाइ पुनःनिर्माण

बेत्रावती । सशस्त्र दश वर्षे युद्ध र विनाशकारी भूकम्पले क्षति पुगेका नुवाकोटका ११ प्रहरी एकाइको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । भूकम्पपछिको पुनःनिर्माण कार्यक्रमअन्तर्गत ती एकाइमध्ये तीन वटाको निर्माण सम्पन्न भइसकेको छ । ती भवन उद्घाटनको पखाईमा रहेको र बाँकी आठवटा भवन पनि सम्पन्न हुने अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए । “सशस्त्र दशवर्षे युद्धमा ध्वस्त बनेका र विनाशकारी भूकम्पले क्षति पुगेका ती एकाइ राष्ट्रिय पुनःनिर्माण कोषमार्फत निर्माण गरिएको हो ।” प्रहरी उपरीक्षक कुँवरले भन्नुभयो, “अझै आधा दर्जन प्रहरी एकाइ पुनःनिर्माणका लागि जग्गाको व्यवस्थापनमा लागिपरेका छौँ ।” हाल पुनःनिर्माण भएकामध्ये छ वटा एकाइ निर्माणका लागि कम्तीमा चार रोपनी जग्गा स्थानीय दाताले निःशुल्क उपलब्ध गराएका हुन् । निर्माण थालिएकामध्ये जिल्ला ट्राफिक प्रहरी कार्यालय विदुर, अस्थायी प्रहरी पोष्ट विदुर र जिल्ला प्रहरी कार्यायल परिसरमा अवस्थित अधिकृत प्रहरी ब्यारेक निर्माण भइसकेको छ । समुन्द्रटार, कुमरी, ककनी, तारुका, फिकुरी, पाटीभञ्ज्याङ र इलाका प्रहरी कार्यालय ढिकुरे र सिक्रेका प्रहरी चौकी निर्माणको अन्तिम चरणमा पुगेका छन् । ती भवनको निर्माण ठेकेदारमार्फत बनाइएको र एउटा भवनका निर्माणमा रु एक करोडभन्दा खर्च भएको बताइएको छ । नयाँ बनाइएका भवनमा आवासीय व्यवस्था, हिरासत कक्ष, सुरक्षा पोष्ट, भन्साघरलगायते व्यवस्था भएकाले हाल टहरा र भाडाको घरबाट सेवा पु¥याउँदै आएको प्रहरीलाई उच्च मनोबलको साथ शान्ति सुरक्षा कायम राख्न प्रेरणा मिल्ने उक्त कार्यालयका प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिए । अस्थायी बासस्थान र भाडाको भवनमा बस्दै आएका झिल्टुङ, किम्ताङ, मैलुङ, गुज्रे, सिसडोल, शेराबगर, दाङसिङ, पञ्चकन्या, बाघखोरका प्रहरी एकाइ तथा नगर प्रहरी चौकी कोलनीको निर्माण गर्न बजेट र जग्गाको अभावले रोकिएको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending