Khabar Dabali १७ श्रावण २०८३ आईतवार | 2nd August, 2026 Sun
Investment bank

अविश्वासबिच इस्लामाबादमा अमेरिका-इरान वार्ता

खबरडबली संवाददाता

इस्लामाबाद। मध्यपूर्वमा जारी द्वन्द्व रोक्ने उद्देश्यसहित सुरु हुन लागेको अमेरिका-इरान उच्चस्तरीय वार्ता गहिरो आपसी अविश्वासबिच पाकिस्तानको राजधानी इस्लामाबादमा केन्द्रित भएको छ । केही हप्तायता जारी युद्धलाई स्थायीरूपमा अन्त्य गर्ने प्रयासका रूपमा हेरिएको यो पहललाई पाकिस्तानी नेतृत्वले ‘मेक वा ब्रेक’ चरणको संज्ञा दिएको छ ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्स शनिबार इस्लामाबाद आइपुग्नुभएको छ । उहाँलाई पाकिस्तानका सेना प्रमुख असीम मुनीरले नुर खान एयरबेसमा स्वागत गर्नुभएको थियो, जहाँ अमेरिकी विशेष दूत स्टिभ विटकफ र जारेड कुसनर पहिले नै उपस्थित थिए। उता, इरानी संसद्का अध्यक्ष मोहम्मद बाघेर कालिबाफको नेतृत्वमा रहेको प्रतिनिधिमण्डल पनि रातारात राजधानी नजिकै अवतरण गरेको थियो ।

यद्यपि, दुवै पक्ष वार्तामा सहभागी भए पनि उनीहरूबिच विश्वासको गम्भीर अभाव देखिएको छ । इस्लामाबाद अवतरण गरेलगत्तै कालिबाफले ‘हामीसँग राम्रो मनसाय छ, तर विश्वास छैन’ भन्दै विगतका अनुभवले अमेरिकी प्रतिबद्धतामा भरोसा गर्न कठिन भएको सङ्केत गर्नुभएको छ । अमेरिकी पक्षबाट भने भान्सले प्रस्थानअघि नै सकारात्मक सङ्केत दिएको थिए। उनले इरानले सद्भावका साथ वार्ता गरे अमेरिका पनि खुला रूपमा अघि बढ्न तयार रहेको बताए । 

तर, छलकपटको प्रयास भएमा कडा प्रतिक्रिया आउने चेतावनी पनि उनले दिएको थिए । यसबिच, युद्धविराम स्वयं नै कमजोर अवस्थामा रहेको छ । विशेष गरी लेबनानमा इजरायलको निरन्तर आक्रमणले स्थिति थप जटिल बनाएको छ । युद्धविराम लागू भएको ४८ घण्टा नबित्दै सयौँको ज्यान जाने गरी भएको बमबारीले शान्ति प्रक्रियामाथि प्रश्न उठाएको छ ।

पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले यस अवस्थालाई ‘अझ कठिन चरण’ मा प्रवेश गरेको भन्दै आगामी वार्ता सहज नहुने स्पष्ट पारेको छन् । उनका अनुसार फेब्रुअरी २८ मा सुरु भएको युद्धलाई अन्त्य गर्न अहिलेको प्रयास निर्णायक मोडमा पुगेको छ । वार्ताको एजेन्डामा मुख्यरूपमा रणनीतिक स्ट्रेट अफ होर्मुज, इरानी सम्पत्तिको अवरोध, लेबनानको अवस्था र आणविक कार्यक्रम जस्ता संवेदनशील विषय रहेका छन् । 

अमेरिकाले जलडमरूमध्य पुन: खोल्नुपर्ने माग राखेको छ भने इरानले लेबनानलाई पनि युद्धविरामको दायरामा समेट्नुपर्ने अडान लिएको छ । विश्वको करिब पाँचौँ भाग कच्चा तेल बग्ने स्ट्रेट अफ होर्मुज अझै पूर्णरूपमा सञ्चालनमा आएको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई चाँडै खोल्ने प्रतिबद्धता जनाउँदै इरानसँगको वार्तामा ‘आणविक हतियाररहित’ सुनिश्चित गर्नु प्रमुख लक्ष्य रहेको बताउनुभएको छ ।

इस्लामाबादमा वार्तालाई लक्षित गर्दै कडा सुरक्षा व्यवस्था गरिएको छ । ‘रेड जोन’ क्षेत्रमा प्रहरी र अर्धसैनिक बलको ठूलो उपस्थिति देखिएको छ भने मुख्य सडक नियन्त्रणमा लिइएका छन् । प्रतिनिधिमण्डल बस्ने होटल पनि विशेष सुरक्षामा राखिएका छन् । वार्ता प्रत्यक्ष हुने कि अप्रत्यक्ष भन्ने अझै स्पष्ट छैन । यसअघि ओमानको मध्यस्थतामा भएको जस्तै अप्रत्यक्ष ढाँचा अपनाइने सम्भावना पनि रहेको कूटनीतिक स्रोतले जनाएका छन् । पाकिस्तानले वार्तालाई सहज बनाउन विभिन्न विषयका विज्ञको टोली पनि परिचालन गरेको छ ।

यस प्रक्रियालाई अन्य क्षेत्रीय शक्तिले पनि नजिकबाट हेरिरहेका छन् । इजिप्ट, टर्की र चीनले मध्यस्थतामा भूमिका खेलेका छन् भने चीनलाई सम्भावित दीर्घकालीन सम्झौताको ग्यारेन्टरका रूपमा पनि हेरिएको छ । अमेरिकी पक्षले समेत चीनले इरानलाई वार्तामा ल्याउन भूमिका खेलेको स्वीकार गरेको छ । तर, मैदानमा जारी हिंसाले वार्ताको सफलतामा चुनौती थपेको छ । इजरायलले लेबनानलाई हालको युद्धविरामको दायरामा नराख्ने अडान लिएको छ भने हिजबुल्लाहले इजरायली सेनामाथि ड्रोन र रकेट आक्रमण जारी राखेको दाबी गरेको छ । 

इजरायलका लागि अमेरिकी राजदूतले पनि हिजबुल्लाहसँग युद्धविरामबारे छलफल नगर्ने सङ्केत दिएका छन् । यसबिच, तेहरानका सर्वसाधारणमा पनि वार्ताप्रति मिश्रित प्रतिक्रिया देखिएको छ । एक स्थानीय बासिन्दाले वार्ता सफल हुनेमा शङ्का व्यक्त गर्दै अमेरिकी अभिव्यक्तिलाई ‘हल्ला र अवास्तविक’ भनेका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चीनमा आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

बेइजिङ। उत्तर-पश्चिम चीनमा आएको आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ भने २३ जना घाइते भएका छन् । सरकारी सञ्चारमाध्यमले आइतबार सार्वजनि...

पर्वतारोही निर्मल पुर्जाको निधनले जन्मथलो म्याग्दी शोकमा

म्याग्दी। विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा ‘निम्स दाई’ को पाकिस्तानस्थित ब्रोड पिक हिमालमा हिमपहिरोमा परी निधन भएपछि उहाँको जन्मथलो म्याग्दी श...

कांग्रेस केन्द्रीय समिति बैठक साउन २४ मा, आन्तरिक विवादबीच रणनीतिक छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक साउन २४ गते आइतबार बस्ने गरी आह्वान गरेको छ। बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, स...

लघुवित्त पीडितको ‘राजधानी मार्च’, वित्तीय शोषण अन्त्य गर्न सरकारसँग माग

काठमाडौं । लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन नेपालले लघुवित्त संस्थाबाट पीडित नागरिकका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउँदै...

सार्वजनिक लेखा समितिमा १७ उजुरी, छानबिनको प्रक्रिया तय गर्न सोमबार बैठक

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा चालु कार्यकालमा दर्ता भएका १७ वटा उजुरीमाथि प्रारम्भिक छलफल गर्न समितिको बैठक सोमबार बस्ने भए...

पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु

बोगोटा। पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको विमान दुर्घटनाग्रस्त हुँदा १३ जनाको मृत्यु भएको छ । उक्त विमान प्रसिद्ध ‘नाज्का लाइन्स’को ...

आर्थिक कानुन संशोधन विधेयकमा १५ वटा संशोधन प्रस्ताव, संसदीय समितिमा छलफल

काठमाडौं । अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन तथा खारेज गर्न ल्याइएको ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ माथि स...

देवानगञ्ज घटनापछि सप्तरीमा सद्भावको सन्देश, राजविराज र बोदेबरसाइनमा निकालियो शान्ति र्‍याली

राजविराज । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न तनावपूर्ण अवस्थाबीच सप्तरीमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न विभिन...

मनसुन विपद् : २४ घण्टामा एक जनाको मृत्यु, २० जना घाइते

काठमाडौँ। मनसुनजन्य विपद्का कारण पछिल्ला २४ घण्टामा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था...

ग्यासको कृत्रिम अभाव हुन नदिन डिलरको अनुगमन

तनहुँ । बजारमा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव हुन नदिन जिल्ला प्रशासन कार्यालय तनहुँले ग्यास डिलर तथा सप्लायर्सको अनुगमन सुरु गरेको छ। सहायक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending