Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

ट्रम्पको व्यङ्ग्य तर उनकै वैज्ञानिकको चेतावनी

जलवायु परिवर्तनका असरका कारण अमेरिकाले अर्बौँ डलर बराबरको नोक्सानी तथा जनस्वास्थ्यमा क्षति बेहोर्नु पर्ने एक नयाँ रिपोर्टले चेतावनी दिएको छ । सो रिपोर्टले आज लिइने निर्णयहरूले भविष्यको स्वरूप कोर्ने भन्दै सजग हुन सुझाव दिएको छ । ट्रम्पको व्यङ्ग्य वाशिङ्गटनमा यो साता निकै चिसो बढेपछि राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै विश्वव्यापी तापक्रम वृद्धिका चर्चा के भए भनेर व्यङ्ग्य मिश्रित प्रश्न सोधेका थिए । बीबीसीका जेम्स कुक भन्छन् अहिले उनलाई उल्लेख नगरी उनका आफ्नै वैज्ञानिकरूले सो प्रश्नको विस्तृत जवाफ दिएका छन् । जलवायु परिवर्तनस् वैज्ञानिकहरूको कडा चेतावनी तिनले भनेका छन् विश्वव्यापी तापक्रम वृद्धिले अहिले नै अमेरिकालाई पूरै गाँजेको छ । यो अवस्था अहिले नै निकै घातक भइसकेको र तत्काल नाटकीय कदमहरू नचालिए त्यसले विनाशमात्रै निम्त्याउनेछ । चौथो राष्ट्रिय जलवायु समीक्षा रिपोर्टमा उनीहरूले ठोस उदाहरण पेश गरेका छन् जस्तो कि साउथ क्यारोलाइनाका भरिएका बाँध, ग्रेट प्लेन क्षेत्रमा पानीको संकटका कारण सुक्दै गएका बालीनाली र फ्लोरिडामा बढेको किटाणुले फैलाउने रोगव्यादि । साथै सो रिपोर्टले गम्भीर आर्थिक असरको चर्चा गरेको छ । जलवायु परिवर्तनबारे फरक धारणा राख्दै आएको ट्रम्प प्रशासनले वातावरणभन्दा आर्थिक वृद्धिलाई प्राथमिकता दिँदै आएको छ । तर रिपोर्टमा उल्लेख गरिएको गम्भीर आर्थिक असरको चेतावनीले त्यसलाई समर्थन गर्दैन । विभिन्न अमेरिकी सरकारी निकायको सहयोगमा बनाइएको सो रिपोर्टलाई ह्वाइट हाउसले गलत भनेको छ ।बीबीसी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending