Khabar Dabali ३ श्रावण २०८३ आईतवार | 19th July, 2026 Sun
Investment bank

खामेनीको हत्याको बदला लिने इरानको घोषणा

खबरडबली संवाददाता

काठमाडौं। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको हत्याको बदला अवश्य लिइने घोषणा गरेको छ।

परिषद्का सचिव मोहम्मद बाकर जोलकद्रद्वारा जारी सन्देशमा खामेनीको हत्या गर्नेहरूमाथि प्रतिशोध लिइने स्पष्ट उल्लेख गरिएको छ। इरानी सञ्चारमाध्यमले उक्त सन्देश सार्वजनिक गरेको भन्दै बीबीसीले जनाएको छ।

बीबीसीका अनुसार उक्त सन्देश सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’मार्फत सार्वजनिक गरिएको हो। सन्देशमा खामेनीको हत्या गर्नेहरूलाई कुनै पनि हालतमा नछाडिने र बदला लिइने प्रतिबद्धता व्यक्त गरिएको छ।

इरानका सर्वोच्च नेता खामेनीको २८ फेब्रुअरी २०२६ मा अमेरिका–इजरायलको संयुक्त आक्रमणमा मृत्यु भएको थियो। उक्त आक्रमणमा इरानका अन्य उच्चपदस्थ अधिकारीका साथै खामेनीका परिवारका केही सदस्य पनि मारिएका थिए।

खामेनीको अन्तिम श्रद्धाञ्जली तथा शोक कार्यक्रम ४ देखि ८ जुलाईसम्म तेहरान, कोम र मशहदमा आयोजना गरिने जनाइएको छ। साथै इराकका बगदाद, काजमिन, कर्बला र नजफमा पनि शोकसभा आयोजना गरिने कार्यक्रम रहेको बीबीसीलाई उद्धृत गर्दै विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोहोरभन्दा बढी संख्यामा मान्छे विदेश जाँदा अहिले सबै चुपचाप छन् : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विदेश जाने नेपाली युवाको संख्या अघिल्लो वर्षको तुलनामा अहिले बढेको भए पनि ...

सप्तरी कारागार घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन, कैदीबन्दीको अनशन जारी

राजविराज । सप्तरी कारागारभित्र भएको कुटपिट, अनशन र आत्मदाह प्रयासको घटनाको सत्यतथ्य छानबिन गर्न जिल्ला प्रशासन कार्यालयले पाँच सदस्यीय समिति गठन गरेको...

कृष्णप्रसाद भट्टराईको ‘सन्तनेता’ उपाधि अमिट रहनेस्: गगन थापा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली जनताले पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई दिएको ‘सन्तनेता’को उपाधि कहिल्यै ननाशिने बत...

फेसबुकमा समस्या

काठमाडौं । आइतबार अपराह्न सामाजिक सञ्जाल फेसबुकको ब्राउजर संस्करणमा अस्थायी प्राविधिक समस्या देखिएको छ। समस्या आएपछि धेरै प्रयोगकर्ताले आफ्नो फेसबुक ख...

ज्येष्ठ नागरिकका लागि नि:शुल्क आयुर्वेद फार्मेसी सञ्चालन

जुम्ला । जुम्लामा ज्येष्ठ नागरिकका लागि छुट्टै आयुर्वेद औषधी फार्मेसी सञ्चालन गरिएको छ । ज्येष्ठ नागरिक संघ जुम्लाको कार्यालयमा धेरैजसो ज्येष्ठ नागरिक...

खोटाङमा बाढीले बगाउँदा दुईको मृत्यु

खोटाङ। बाढीले बगाउँदा खोटाङमा एकै दिन दुई जनाको मृत्यु भएको छ । अविरल वर्षापछि खोला खोल्सामा आएको बाढीले बगाएर नेर्पामा एक महिला र बाक्सिलामा एक वृद्ध...

झलनाथ खनालको चेतावनी : कुर्सी मोहका लागि दक्षिणपन्थीसँग अपवित्र साँठगाँठ नगरौं

काठमाडौं। नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीभित्र केही नेताहरू व्यक्तिगत स्वार्थ र पदको लोभमा दक्षिणपन्थी शक्तिहरूसँग ‘अपव...

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चितवन। नारायणगढ–मुग्लिन सडकअन्तर्गत जलबिरेमा आज बिहान दुई बस र एक ट्रक एकापसमा ठोक्किँदा ३० जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर छ ।  नारायण...

लुम्बिनी प्रदेश सरकारमा कांग्रेसका मन्त्री फिर्ता नहुने

भैरहवा। लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीले तत्काल राजीनामा नदिने भएका छन् । केन्द्रमा विकसित राजनीतिक घटनाक्रमपछि सरकारबाट बाह...

साइकललाई ठक्कर दिएर भागेको कारले अटो र बाइकलाई ठोक्काउँदा १३ जना घाइते

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–३ चन्द्रौटामा साइकललाई ठक्कर दिएपछि फरार हुने प्रयास गरेको कारले थप दुईवटा अटो र एउटा मोटरसाइकललाई ठक्कर दिँद...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending