Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

पटिहानीमा ‘अम्ब्रेला स्ट्रीट विथ सनसेट भ्यू प्वाइन्ट’ बन्दै

चितवन। सरकारले घोषणा गरेको एक सय पर्यटकीय गन्तव्य मध्येको महत्वपूर्ण गन्तव्य पटिहानीमा सूर्यास्त दृश्यावलोकनसहित पर्यटक रमाउनका लागि सप्तरङ्गी छाता राख्ने ठाउँ निर्माणको काम शुरु गरिएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २२ ले ‘अम्ब्रेला स्ट्रीट विथ सनसेट भ्यू प्वाइन्ट’ निर्माणको काम सुरु गरेको हो । चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती नदी किनारको घडगाईमा छ कठ्ठा जग्गामा रु। २ करोड ५० लाखको लागतमा उक्त काम थालिएको हो । वडा अध्यक्ष विष्णुराज महतोका अनुसार सूर्यास्त अवलोकनका लागि तीन तह निर्माण गरिएको छ । एक सय २० मिटर लामो सडक निर्माण गरी त्यसमाथि चार सय ५० फाइवरका सप्तरङ्गी छाताहरू राखिने छ । छातामुनिबाट पर्यटकहरू हिँड्न तथा बस्न मिल्ने भएकोले पनि यसको नाम ‘अम्ब्रेला स्ट्रीट’ राखिएको हो । पर्यटकको सुविधाका लागि यहांँ दृश्यावलोकन केन्द्र, रेष्टुरेन्ट, डेटिङ प्वाइन्ट, सेल्फीगेट, पार्किङ, महिला तथा अपाङ्गमैत्री शौचालय रहने छन् । महतोले आफूले मरिसस भ्रमणका क्रममा पर्यटकलाई आकर्षण गर्नेगरी त्यहाँ निर्माण गरिएका संरचना देखेकोले त्यस्तै प्रकारको निर्माण यहाँ गर्न लागेको बताए । आगामी आर्थिक वर्षसँगै सञ्चालनमा ल्याउने गरी काम भइरहेको उहाँले जानकारी दिए । यहाँ आउने पर्यटकले सँगै राप्ती छेउमा चर्न आउने गैँडा, चित्तल, गोही जस्ता जनावर प्रत्यक्ष्यरूपमा देख्न पाउनेछन् । साथै साँझको समयमा सूर्यास्तको रमणीय दृश्य अवलोकन गर्नसक्ने उनले बताए । चितवन भित्रिने पर्यटकलाई एकपटक पटिहानी पुग्नैपर्छ भन्ने सोच बनाउन नयाँ गतिविधि सञ्चालन गर्न लागिएको उनको भनाइ थियो । यस क्षेत्रका प्रदेश सांसद रामलाल महतोले यो संरचना निर्माण सँगै पर्यटकको सङ्ख्या बढ्ने वताउनुभयो । सङ्घीय सरकारले एक सय गन्तव्यभित्र पारेको यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा यसले थप टेवा पुग्ने उनको भनाइ छ । नेपालमै पहिलोपटक नयाँ अभ्यास भएको भन्दै उनले विश्व पर्यटन बजारमा देखिएका नयाँ कुराको सिको गर्नु आफैंमा महत्वपूर्ण भएको बताए । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहा र नजिकै रहेको राष्ट्रिय निकुञ्जको कार्यालय तथा मेघौलीको मध्यभागमा पर्ने भएकोले पटिहानी उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्ने बताए । थारु, बोटे, मगर जस्ता समुदायको सांस्कृतिक थलो भएकोले यहांँका समुदायको जीवनस्तर उकास्न पनि सहयोग पुग्ने उनले बताए । यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि महानगर लागि परेको उहाँले जानकारी दिए । क्षेत्रीय होटल सङ्घ पश्चिम चितवन कसरा एकाइका संयोजक गणेश शर्मा पौडेलका अनुसार पटिहानी क्षेत्रमा छ वटा ठूला र १० वटा साना होटलहरू रहेका छन् । चितवनको दोस्रो पर्यटकीय गन्तव्यको रूपमा यस क्षेत्रलाई चिनिँदै आएको छ । यस क्षेत्रमा पर्यटकले जीप सफारी, डुङ्गा सफारी, जङ्गल सफारी गर्न पाउनुको साथै घडियाल परियोजना, गिद्ध प्रजनन केन्द्र अवलोकन गर्नसक्ने उनले बताए । नयाँ संरचनाहरूको निर्माणसँगै पटिहानी क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उनले बताए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy