Khabar Dabali २७ पुष २०८२ आईतवार | 11th January, 2026 Sun
Investment bank

हटलाइन जोडेको तीन महिना बित्यो तर गुनासो भने सुन्य

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले जनगुनासो सुन्नका लागि हटलाइन नम्बर तय गरेको तीन महीना बितिसक्दा पनि गुनासो अत्यन्तै थोरै सङ्ख्यामा आएको छ । नेपालकै जेठो महानगरमा जनताको उजुरी सिधै सुन्नका लागि महानगरले ‘हेल्लो महानगर’ भनेर ‘हटलाइन नं. ११८०’ को व्यवस्था गरेको तीन महीना बितिसकेको छ । तर तीन महीना भइसक्दासमेत कामपामा गुनासो गर्ने कोही नभएजस्तो देखिएको छ । यसको अर्थ कामपामा गुनासो नभएर भने होइन । गत भदौ १ गतेदेखि कामपाले जनताको चाहनाअनुरूप काम गर्नकै लागि हटलाइन नम्बर प्रयोगमा ल्याएको थियो । महानगरवासीलाई समस्या हटलाइनमार्फत राख्ने र समस्याको उचित समाधान खोज्नकै लागि उक्त व्यवस्था गरिएको हो । तर गुनासो अत्यन्तै कम आएको कामपाका जनसम्पर्क एकाइका प्रमुख कृष्णप्रसाद चापागाईंले बताए। उनी भन्छन्, “आएका गुनासामा फोहर नउठेको, फुटपाथमा जहाँतहीँ पसल राखिएका कारण पैदल यात्रुलाई आवतजावत गर्न समस्या भएको, छाडा छोडिएका जनावर नियन्त्रण नगरिएको, सार्वजनिक शौचालय निर्माण र सरसफाइ गर्नुपर्नेजस्ता गुनासो रहेको छ । त्यस्तै मदिरा र चुरोट बेच्ने स्थान निश्चतरूपमा तोकिनुपर्ने, सार्वजनिक स्थानको संरक्षण गरिनुपर्नेजस्ता जनगुनासो रहेको छ । किन गुनासा कमी कामपामा रहेको समस्यालाई हेर्ने हो भने एकै दिनमा दश बढी जनगुनासा आउनुपर्ने हो । यहाँको धुवाँ, धूलो, अव्यवस्थित सडक, खानेपानीको समस्या र फोहरको दुर्गन्ध, भूकम्पपछिको पुनःनिर्माण जस्ता समस्या धेरै नै रहे पनि गुनासोकै रूपमा भने आएका छैनन् । महानगर आफैँ गुनासो सुन्ने भनेर अघि सरेको अवस्थामा पनि गुनासो नआएको सम्बन्धमा चापागाईं महानगरले सञ्चालनमा ल्याएको हटलाइनबारे कसैलाई जानकारी नभएर र यसको प्रचारप्रसार नहुँदा गुनासो अत्यन्तै कम आएको बताउछन् । थप प्रचारप्रसारकै लागि अबको केही दिनमा कामपाले फेसबुक र इमेलमार्फत पनि जनगुनासो सङ्कलन गर्ने तयारी गरेको छ । महानगर प्रमुख विद्यासुन्दर शाक्यले जनताको समस्या सिधै सुन्ने भनेर नै हटलाइन राखिए पनि महानगरको हटलाइन प्रमुख सचिवालयसँगै छैन । हटलाइनलाई कामपाको वातावरण विभाग टेकुमा राखिएको छ । कामपाको सार्वजनिक निजी साझेदारी एकाइ प्रमुख धु्रव काफ्लेका अनुसार महानगरभित्र निर्माण गर्ने भनिएको ४० शौचालय निर्माणका लागि अन्तिम छलफल भइरहेको छ । एक हप्ताअघि नै निर्माणका लागि प्रमुखको कार्यकक्षमा छलफल जारी रहेको छ । यही मङ्सिरको अन्तिम सातासम्ममा थप काम अघि बढ्ने काफ्लेले बताए । त्यसैगरी दीर्घकालीनरुपमा फोहर व्यवस्थापन गर्ने स्थान निर्माणको काम पनि अघि बढेको कामपाले जानकारी दिएको छ ।रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending