Khabar Dabali २८ पुष २०८२ सोमबार | 12th January, 2026 Mon
Investment bank

कमाउन साउदी पुगेकै दिन पक्राउ, परिवारद्वारा सहयाेगकाे अपील

काठमाडौं । बराहक्षेत्र नगरपालिका–२ सुनसरीका भुपाल बस्नेतको सकेसम्म स्वदेशमै केही काम गरौं भन्ने सोच थियो। सोही सोचले गर्दा उनले पहिलोपटकको वैदेशिक रोजगारी त्यागे पनि। वैदेशिक रोजगारीबाट खासै प्रगति हुने नदेखेपछि साउदी अरेबियाबाट घर फर्केका बस्नेतले गाउँमै उद्यमका लागि अनेक प्रयत्न गरे। तर, उनले सोचे अनुसार देशको अवस्था कहाँ छ र ? विशेष सीप वा लगानी गर्न सक्ने पुँजी नहुँदासम्म गुजारा चलाउन हर कोही युवालाई अप्ठेरो कायमै छ। उनी पनि सोही अप्ठेरोबाट अछुतो रहन सकेनन्। यस्तै अप्ठेरोले गर्दा वैदेशिक रोजगारीको सपना त्यागेका ३७ वर्षीय बस्नेतलाई पुनः सोही बाटो अवलम्बन गर्न बाध्य बनायो। किनकि स्वदेशमा उद्यम गर्नलाई जति प्रयास गर्दा पनि उनी असफल भए। अनि २०७३ को जेठ ९ गते उनले पुनः वैदेशिक रोजगारीको बाटो तताए। एक मनले विदेश जाने र अर्को मनले नजाने अन्योलमै रहेको बेला सुरु गरेको दोस्रोपटकको वैदेशिक रोजगारीले भने यतिखेर उनलाई संकटको भुमरीमा पुर्याएको छ। कमाउन साउदी पुगेकै दिन भुपाल पक्राउ परेका छन्। उनलाई अघिल्लोपटक साउदीमा भएको एक सडक दुघर्टनाको कारण देखाउँदै दोषी ठहर्याइएको छ। साउदीको जेलबाट मुक्त हुन भुपालले ७५ हजार तीन सय साउदी रियाल (करिब २३ लाख रुपैयाँ) को जोहो गर्नुपर्ने भएको छ। ६ वर्षअघि साउदीमा रहँदा सवारी चालकको काम गरेका भुपालको सडक दुर्घटनाको पुरानो मुद्दा बाँकी नै देखिँदा उनी विमानस्थबाटै पक्राउ परेको पत्नी सरिताले बताइन्। त्यतिखेर सवारी दुर्घटनामा साउदीका एक नागरिकको ज्यान गएको थियो। उक्त घटनामा उनको २५ प्रतिशत दोष देखिएको अदालतको फैसला थियो। तर, काम गर्दै आएको मालिकले अदालतको फैसला बमोजिमको ब्लड मनी तिरिदिने बताएका थिए। सोही सल्लाहमा उनी नेपाल फर्केको र १३ महिना घरमै बसेको सरिताले बताइन्। ‘पुरानो त्यो मुद्दा अझै मिलिसकेको रहेनछ,’ उनले भनिन्, ‘साहुले झुठ बोल्दा अहिले ठूलो समस्या आइलाग्यो।’ मुद्दा मिलिसकेको ठानेरै उनी ढुक्कले फेरि साउदी गएका थिए। साउदीको अध्यागमनले विमानस्थलमा औंठा छाप लिँदा उनको नाममा सवारी ज्यान मुद्दा देखियो। त्यही मुद्दाले विमानस्थल पुगेकै दिन भुपाल जेल परे। उनीसँगै गएका अन्य साथीहरू काममा लागे। भुपाललाई प्रहरीले विमानस्थलबाट बुरेदाह जेलमा पुर्यायो। भुपाल ६ वर्षअघि जाँदा साउदीको अल हमिद कम्पनीमा सवारी चालकमा कार्यरत थिए। उनले चलाएको गाडी दुर्घटनामा परी एकजना साउदी नागरिकको ज्यान गएको हुनाले उनको गल्ती देखिएको थियो। त्यो घटनामा उनलाई क्षतिपूर्तिबापत साउदी रियाल ७५ हजार तीन सय तिर्नुपर्ने गरी अदालतबाट फैसला भयो। त्यो समयमा कम्पनीले क्षतिपूर्ति रकमको जिम्मा लिएको थियो। अहिले भने भुपाल नयाँ कम्पनीमा नपुगेकाले जिम्मेवारी लिन र सहयोग गर्न नमोनको सरिताको भनाइ छ। अब भुपाल जेलमुक्त हुने हो भने अदालतले तोकेको ब्लड मनी साउदीको पीडित परिवारलाई बुझाउनुपर्ने हुन्छ। पीडित परिवारलाई पटक–पटक रकम मिनाहा गर्न अनुरोध गर्दा पनि अस्वीकार गरेकाले रकम नतिरेसम्म रिहाइ हुने सम्भावना नरेहको दूतावासलाई उद्धृत गर्दै सरिताले बताइन्। सहयोगका लागि आग्रह भुपालको उद्धारका लागि श्रीमती सरिताले आग्रह गरेकी छन्। ‘यस्तो होला भन्ने लागेकै थिएन,’ सरिताले भनिन्, ‘दशा लागेको रहेछ यस्तो बेला सहृदयी मनलाई सहयोगको लागि आग्रह गर्छौं।’ परिवारको आग्रहपछि विभिन्न ठाउँबाट सहयोग पनि जुट्न थालेको छ। एनआरएनए साउदीको पहलमा जुटेको १६ हजार रियाल प्रवासी नेपाली समन्वय समितिलाई हस्तान्तरण गरेको छ। ब्लड मनी संकलनका लागि गन्तव्य नेपाल अल कासिमले सक्दो प्रयास गरिरहेको समितिका अध्यक्ष कुलप्रसाद कार्कीले बताए। भुपालको उद्धारका लागि हालम्म सात लाख रुपैयाँ संकलन भइसकेको छ। यसअघि प्रेम राई बचाऊ अभियानबाट दुई लाख रुपैयाँ बचेकाले भुपाललाई उद्धार गर्न समितिले जोडदार रूपमा पहल गरिरहेको जनाएको छ। साउदी जेलमा रहेका भुपालले उद्धारका लागि पटकपटक फोन गरेर पत्नीलाई आग्रह गरिरहेका छन्। सरिताले भनिन्, ‘पैसा जुट्यो भने फर्किन्छु भन्नुभएको छ। धेरै रकम चाहिने भएकाले दाताको सहयोगको अपेक्षा गरेका छौं।’ घरको आर्थिक अवस्था राम्रो नभएकाले दाताको भर पर्नुपर्ने बाध्यता रहेको सरिताको भनाइ छ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending