Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

मेक्सिकोका राष्ट्रपतिको शनिबार सपथ, सेयर बजार संशकित

मेक्सिको। मेक्सिकोको राष्ट्रपतिमा आन्द्रेस मानुएल लोपेज ओब्राडोरले शनिबार सपथ ग्रहण गर्ने भएका छन् । भ्रष्टाचार, अपराध र गरिबीबाट आक्रान्त मेक्सिकोलाई समुन्नत राष्ट्रका रुपमा अघि बढाउने ओब्राडोरको योजना छ । “आम्लो” उपनामबाट चिनिने ओब्राडोरले गत जुलाईमा छ वर्षे कार्यकालका लागि भएको राष्ट्रपतीय निर्वाचनमा अत्यधिक मत ल्याएर विजयी भएका थिए । साथै, उहाँको गठबन्धनले कङ्ग्रेसका दुवै सदनमा बलियो बहुमत हासिल गरेको छ । कुनै पनि राष्ट्रपतिले ल्याएको मतभन्दा बढी मत ल्याएर ओब्राडोर निर्वाचित भएका थिए । मेक्सिकोका लोकप्रिय यी नेता बामपन्थी हुन् । मेक्सिकोमा सन् २००० देखि बहुदलीय प्रजातान्त्रिक प्रणाली लागू छ । छ वर्षे कार्यकालमा ओब्राडोरको कार्यसूची के होला रु सर्वत्र चासोका साथ हेरिएको छ । राष्ट्रपति एन्रीक पेना निटोको कार्यकालका खराबीहरु हटाउने र मुलुकलाई सुशासन दिने नै उनको मुख्य लक्ष्य हुनेछ । ओब्राडोरको अघिल्तिर भ्रष्टाचार, लागूऔषधका तस्करविरुद्ध मेक्सिकोको युद्धले निम्त्याएको हिंसा तथा अमेरिका–मेक्सिको सीमामा शिविर खडा गरेर बसेका करिब ६ हजार मध्यअमेरिकी आप्रवासीको समस्या छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेतृत्व गरिरहेको विशाल उत्तरी छिमेकी संयुक्तराज्य अमेरिकासँगको सम्बन्ध मेक्सिकोका नयाँ राष्ट्रपति ओब्राडोरका लागि फलामको च्यूरा सरह छ । ओब्राडोरले पहिलो कदमस्वरुप राष्ट्रपतीय निवास, राष्ट्रपतीय बिमान, राष्ट्रपतिको आधाभन्दा बढी तलब नलिने तथा राष्ट्रपतिको ठूलो सुरक्षा व्यवस्था त्याग्ने घोषणा गरेका छन् । उनले भ्रष्टाचार विरोधी अभियान चलाउने तथा समाजकल्याणमुखी कार्यक्रम ल्याउने बताएका छन् । तर आलोचकहरुले ओब्राडोरको सरकार अतिवादी सोचबाट ग्रस्त हुने अनुमान गरेका छन् । खासगरी, व्यापारीहरु उनका भनाइबाट त्रासमा छन् । ओब्राडोर निर्वाचित भएसँगै मेक्सिकोको मुद्रा पेसो र सेयरबजार दुवै ओरालो लागेका छन् । तर, मेक्सिको सिटीका पूर्व प्रमुख समेत रहेका ओब्राडोरको लोकप्रियता घटेको छैन । एल फाइनान्सीरोले सोमबार प्रकाशन गरेको सर्वेक्षणमा ओब्राडोरको स्वीकारोक्ती दर ६६ प्रतिशत छ । सबैभन्दा ठूलो भय बजारको छः दक्षिण अमेरिकाको दोस्रो ठूलो अर्थतन्त्रको भविष्य के होला भन्ने सर्वत्र चासोका साथ हेरिएको छ । लोपेज ओब्राडोरले बजारलाई यथार्थपरक हुन आग्रह गरेका छन् । तर पाँच महिनासम्मको अवधिमा निकै उतारचढाव देख्न पाइने विश्लेषकहरुको भनाइ छ । ओब्राडोरले १३ अर्ब डलरको मेक्सिको सिटी विमानस्थल निर्माण परियोजना रद्द गर्ने बताइसक्नु भएको छ । अनियमितताको घेरामा परेको यो परियोजनाका बारेमा जनमतसंग्रह नै गर्नुपर्ने उनको भनाइ छ । उनको गठबन्धनमा रहेका सांसदहरुको बैंकिङ शुल्कमा कमी ल्याउन र निवृत्तिभरण कोषलाई राज्यको नियन्त्रणमा ल्याउने प्रस्तावका कारण पनि बजारमा त्रासको वातावरण देखिएको हो । मेक्सिकोको सेयर बजारमा पनि ओब्राडोर निर्वाचित भएपछि १२ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ । सोमबार मात्र, मार्च २०१४ यताकै सबैभन्दा न्यून विन्दुमा सेयरबजार पुगेको छ । बुधबार, केन्द्रीय बैंकले लोपेज ओब्राडोरका नीतिहरुको अनिश्चितताका कारण सन् २०१९ को आर्थिक वृद्धिको प्रक्षेपणलाई कटौती गरेको छ । साथै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिहरुका कारण परिस्थितिलाई अझ उल्झनमा पार्ने निश्चित छ । अमेरिकासँगको सीमामा अमेरिकाले लगाउने पर्खालको खर्च मेक्सिकोले व्यहोर्नुपर्ने तथा अमेरिका, मेक्सिको र क्यानाडाबीचको संशोधित व्यापार सम्झौतालाई ओब्राडोरले सत्ताको बागडोर सम्हाल्नु ठीक एकदिनअघि हस्ताक्षर गर्ने कार्यले पनि ओब्राडोरमाथि चुनौती छ । जहाँसम्म, लोपेज ओब्राडोर र ट्रम्पबीच पटकपटक वार्ता र संवाद भएका छन् । ट्रम्पले चुनावपछि ओब्राडोरसँग निकै रचनात्मक कुराकानी भएको बताइसक्नु भएको छ । एएफपी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies