Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

घट्दो शेयर बजारः आरालो लागे बीमा कम्पनीका शेयर

काठमाडौँ। शेयर बजार निरन्तर ओरालो लागेका कारण जीवन बीमा कम्पनीको शेयरसमेत घटेको छ । कुनै समय शेयर लगानीकर्ताका लागि आकर्षक मानिएका जीवन र निर्जीवन बीमा कम्पनीको शेयर घटेपछि लगानीकर्तालाई त्यसले नकारात्मक प्रभाव पारेको छ । बजार घटेर तीन वर्ष पहिलेको स्थानमा आइपुगेको छ । बिहीबार बजार १० दशमलव ७२ बिन्दुले घटेर एक हजार १४८ बिन्दुमा झरेको छ । बिहीबार निर्जीवन र जीवन बीमा कम्पनीका शेयरमा उच्च अङ्कको गिरावट भएको थियो । स्टकमा कूल सात जीवन बीमा कम्पनीका शेयर सूचीकृत भएका छन् । बजार ओरालो लागेका कारण बीमा कम्पनीको शेयर प्रभावित भएको छ । केही कम्पनीको शेयरको मूल्य मात्रै रु ५०० माथि रहेका छन् । स्टकमा बिहीबार भएको कारोवारका आधारमा लाइफ इन्स्यारेन्स कम्पनीको मात्रै शेयर मूल्य एक हजार ४७५ रहेको छ । नेपाल लाइफ इन्स्योरेन्सको शेयर मूल्य रु ९१६ छ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको रु ६२७ मा कारोवार भएको छ । एशियन लाइफ इन्स्यारेन्सको रु ४९६ मा कारोवार भएको छ । यस्तै गुराँस लाइफ इन्स्योरेन्सको बिहीबार रु ५९८ मूल्यमा कारोवार भएको छ । प्राइम लाइफ इन्स्यारेन्स कम्पनीको अवस्था भने कमजोर रहेको छ । बजार ओरालो लाग्दा सो कम्पनीको शेयर मूल्य घटेर रु ४०४ मा कारोवार भएको छ । सूर्य लाइफ इन्स्योरेन्स कम्पनीको रु ४४७ मूल्यमा खरिद बिक्री भएका छन् । स्टकमा विभिन्न १५ निर्जीवन बीमा कम्पनीका शेयर सूचीकृत भएका छन् । तुलनात्मकरुपमा निर्जीवन बीमा कम्पनीको शेयर बजार ओरोलो लाग्दा प्रभावित भएको छ । निर्जीवन बीमा कम्पनीमध्ये युनाइटेड इन्स्यारेन्स कम्पनीको रु ७०६ मा कारोवार भएको छ । गत वर्ष मङ्सिर दोस्रो साता रु एक हजार २६१ का कारोवार भएको सो कम्पनीको शेयर घटेर नयाँ बिन्दुमा आएको हो । निर्जीवन बीमा कम्पनीमध्ये सिद्धार्थ इन्स्योरेन्स कम्पनीको बजार मूल्य घटेको छ । बिहीबार सो कम्पनीको शेयर प्रतिकित्ता रु ५८५ मा कारोवार भएको थियो । गत वर्षको मङ्सिर दोस्रो साता प्रतिकित्ता रु एक हजार ११५ मा कारोवार भएको सो कम्पनीको शेयरमा करीब ५० प्रतिशत घटेको हो । गत वर्षको मङ्सिरमा रु एक हजार ७७८ मा बिक्री भएको शिखर इन्स्योरेन्स कम्पनीको शेयर घटेर रु ७९५ मूल्यमा खरिद बिक्री भएको छ । सगरमाथा इन्स्योरेन्स कम्पनीको शेयर सामान्य अङ्कले मात्रै घटेको छ । गत वर्षको मङ्सिरमा रु एक हजार ४५५ मा कारोवार भएको सो कम्पनीको शेयर बिहीबार भने रु एक हजार २५० मा कारोवार भएको छ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रतिकित्ता रु नौ हजार १७० मा कारोवार भएको छ । गत वर्षको मङ्सिरमा सो कम्पनीको प्रतिकित्ता रु १५ हजार १९८ मा खरिद बिक्री भएको थियो । बजार ओरालो लाग्दा राष्ट्रिय बीमा कम्पनीको शेयर प्रभावित भएको छ । बिहीबारको कारोवारका आधारमा प्रुडेन्डियल इन्स्योरेन्स रु ६१८, प्रिमियर इन्स्यारेन्स रु ९१५, प्रभु इन्स्योरेन्स लिमिटेड रु ४०६, एनएलजी इन्स्यारेन्स रु ७९५, नेपाल इन्स्यारेन्स कम्पनी रु ५०१, नेको इन्स्यारेन्स कम्पनी रु ४५५, लुम्बिनी जनरल इन्स्यारेन्स रु ४६९, आइएमई जनरल इन्स्योरेन्स रु ३७०, हिमालयन जनरल इन्स्यारेन्स रु ३७० र एभरेस्ट इन्स्यारेन्स कम्पनीको शेयर रु ७७५ मूल्यमा खरिद बिक्री भएका छन् । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy