Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

बजार निरन्तर ओरालो लाग्दाको परिमाण भाेग्नुपर्याे माइक्रो फाइनान्सले

काठमाडौँ। कुनै समय शेयर लगानीकर्ताका लागि असाध्यै आकर्षक क्षेत्रको रुपमा रहेको माइक्रो फाइनान्स समूहको शेयर उच्च बिन्दुले घटेको छ । बजार निरन्तर ओरालो लाग्दाको परिमाणसमेत सो समूहले भोग्नुपरेको छ । बजार घटेर न्यून बिन्दुमा पुग्दा त्यसको प्रभाव स्वतः माइक्रोफाइनान्समा परेको हो । नेपाल स्टक एक्सचेञ्जमा हाल ३८ माइक्रो फाइनान्स संस्था दर्ता छन् । ती संस्थाले नियमित रुपमा कारोवार गरिरहेका छन् । गत वर्ष उच्च बिन्दुमा रहेका ती कम्पनीका शेयर यस वर्षको मङ्सिर दोस्रो सातासम्म आइपुग्दा न्यून बिन्दुमा पुगेका हुन् । यस साताको कारोवार हुने अन्तिम दिन अर्थात् मङ्सिर १३ गतेसम्म शेयर बजार दोहोरो अङ्कले घटेर एक हजार १४८ बिन्दुमा पुगेको छ । करीब चार हजारको बिन्दुमा रहेका माइक्रो फाइनान्स समूहका शेयर घटेर न्यूनतम ५०० को बिन्दुमा झरेका छन् । स्टकमा सूचीकृत आरम्भ माइक्रो फाइनान्सको पछिल्लो कारोवार प्रतिकित्ता रु ७१० मा भएको छ । प्रतिकित्ता रु ९६३ सम्म कारोवार भएको सो कम्पनीको शेयर ओरालो लागेको छ । छिमेक लघुवित्त विकास बैंकको शेयर गत वर्ष रु एक हजार १३० मा कारोवार भएको थियो । सो कम्पनीको शेयर ओरालो लागेर हाल रु ८५३ मा खरीद बिक्री भएको छ । सिभिल लघुवित्त वित्तीय संस्थाको शेयरसमेत घटेको छ । गत वर्ष रु एक हजार ३२ मा कारोवार भएको सो कम्पनीको शेयर हाल रु ५५६ मा कारोवार भएको छ । डिप्रोक लघुवित्त वित्तीय संस्था रु ५९० र फष्ट माइक्रो फाइनान्स रु ३३० मा कारोवार हुँदा फरवार्ड कम्युनिटी माइक्रो फाइनान्स वित्तीय संस्थाको शेयर रु एक हजार ८३६ मा सीमित भएको छ । गत वर्ष फरवार्डको रु तीन हजार ५३२ मा खरीद बिक्री भएको थियो । गत वर्ष मङ्सिरमा रु एक हजार ५६२ मा खरीद बिक्री भएको ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्थाको शेयर बिहीबार रु एक हजार ४४ मा कारोवार भएको थियो । कुनै समय अत्यधिक मात्रामा आकर्षक मानिएको जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकको शेयर फराकिलो बिन्दुले घटेको छ । गत वर्षको मङ्सिरमा रु तीन हजार ७७५ मा कारोवार भएको सो संस्थाको शेयर ओरालो लागेर रु दुई हजार ६०० मा झरेको छ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको रु ४३० मा कारोवार हुँदा कालिका लघुवित्तको रु ९४१, किसान माइक्रो फाइनान्सको रु एक हजार १७०, लक्ष्मी लघुवित्तको रु ७१८, महिला सहयात्रा माइक्रो फाइनान्सको रु ६०५ र मेरो माइक्रो फाइनान्सको शेयर रु ९६५ मा खरीद बिक्री भएको छ । आकर्षक मानिने महुली सामुदायिक लघुवित्त वित्तीय संस्था रु एक हजार २२५, मिर्मिरे लघुवित्त वित्तीय संस्था रु ९८०, नाडेप लघुवित्त रु ७१६, नागबेली लघुवित्त रु ८२१, नेशनल माइक्रो फाइनान्सको रु एक हजार ७६६, नयाँ नेपाल लघुवित्त रु ५२०, नेपाल सेवा लघुवित्त रु ५४१, नेरुडे लघुवित्त रु ५०५, निर्धन उत्थान लघुवित्त रु ७१६, एनएमबी माइक्रो फाइनान्स रु एक हजार ३०, आरएमडिसी लघुवित्त रु ५८४, आरएसडिसी लघुवित्त रु ३८२ र समता लघुवित्तको शेयर रु एक हजार ९४ मा कारोवार भएको छ । अधिकांश माइक्रो फाइनान्सको शेयर ओरालो लाग्दा बोमी माइक्रो फाइनान्स वित्तीय संस्थाको रु ८३४, विजय लघुवित्त वित्तीय संस्था रु ६०१, उन्नती माइक्रो फाइनान्स रु एक हजार ५३२, स्वरोजगार लघुवित्त वित्तीय विकास बैंक रु ५१६, स्वदेशी लघुवित्त वित्तीय संस्था रु ६२४, स्वावलम्बन लघुवित्त वित्तीय संस्था रु एक हजार ५०, साना किसान विकास बैंकको रु एक हजार ३०, समिट माइक्रो फाइनान्स रु ७७०, सर्पोट माइक्रो फाइनान्स रु ६३० र सूर्योदय लघुवित्तको शेयर रु एक हजार ४८० मा कारोवार भएको छ । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy