परम्परागत शैलीको योजनाले कर्णालीको विकास हुदैनः मुख्यमन्त्री शाही
मंसिर १७ गते, २०७५ सोमवार 3rd December, 2018 Mon१५:०९:५८ मा प्रकाशित
सुर्खेत।कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले परम्परागत शैलीको योजना निर्माण र लगानीले कर्णालीको विकास असम्भव रहेको बताएका छन् । कर्णाली प्रदेश राजधानी सुर्खेतमा सोमवार भएको एसियाली विकास वैंकको नेपालका लागि प्रस्तावित साझेदारी रणनीति ९२०२०–२०२४० का सन्दर्भमा संघीय, प्रदेश, स्थानीय सरकार तथा सरोकारवालहरुसंगको छलफल तथा परापर्श कार्यक्रममा वोल्दै मुख्यमन्त्री शाहीले कर्णालीको विकासका लागि द्रुतमार्गको प्रयोग अपरिहार्य भएको बताएको हो ।
विकास वैंकले नेपालमा ठुलो मात्रामा लगानी गरेको भएपनि त्यसको परिणाम नदेखिएको भन्दै मुख्यमन्त्री शाहीले अवको लगानी प्रदेश सरकारको प्राथमिकताका क्षेत्रमा गर्नुपर्ने बताए । ‘नेता र पहुँचको आधारमा टुुक्रे योजनामा लगानी गरेर कर्णालीको समृद्धि हुनेवाला छैन ।’ मुख्यमन्त्री शाहीले भने–‘एउटा मात्रै भएपनि तर्पाईहरु पुर्वाधारको क्षेत्रमा लगानी गर्नुहोस ।’
कर्णाली प्रदेशमा सडक, विद्युत, उद्योग, पर्यटन र कृषि क्षेत्रका ठुला परियोजनामा लगानीको आवश्यकता रहेको वताउदै मुख्यमन्त्री शाहीले एशियाली विकास वैंकको आगामी रणनीति यस तर्फ केन्द्रीत हुनुपर्ने सुझाव दिए । ‘पेपर वर्क’ र ‘अफिस वर्क’ले कर्णालीले चाहेको गतिमा समृद्धि संभव नभएको वताउदै मुख्यमन्त्री शाहीले एशियाली विकास वैंकका प्रतिनिधिहरुलाई भन्नुभयो–‘तपाईहरुले देखिनेगरि पुर्वाधारका क्षेत्रमा लगानी गरिदिनुस, कम्तीमा कोहलपुर–सुर्खेत सडकलाई ६ लेनको वनाईदिनुस ।’
फाष्ट ट्रयाकवाट कर्णालीको विकास र आर्थिक समृद्धि हाँशील गर्ने प्रदेश सरकारको योजना रहेको वताउदै मुख्यमन्त्री शाहीले सरकारको प्राथमिकताका क्षेत्रमा दाताहरुले लगानी गर्नुपर्ने धारणा राखे । आफुहरुले योजना आयोग समेत निर्माण गरिसकेको र छिटै परियोजना वैंक तयार गरेर विकास निर्माणको प्राथमिकता सुची निर्माण गर्ने उनको भनाई छ ।
कर्णालीको गरिवि र विकटता वेचेर व्यक्तिगत समृद्धि हाँशीले गर्ने प्रवृत्ति हावी रहेको वताउदै मुख्यमन्त्री शाहीले परिणाममुखी काममा मात्रै हात हाल्न दाताहरुलाई आग्रह गरे । मुख्यमन्त्री शाहीले प्रदेश सरकारको तर्फवाट दाताहरुको लगानीको सदुपयोग गर्न र पारदर्शीताका साथ परिणाममुखी कार्य गर्न प्रतिवद्ध रहेको बताए ।
एशियाली विकास वैंकका नेपाल आवासीय नियोग राष्ट्रिय निर्देशक मुख्तोर हामुदखानोभले स्वागत गरेको कार्यक्रममा नेपालका लागि एशियाली विकास वैंकको प्रस्तावित राष्ट्रिय साझेदारी रणनीतिवारे प्रमुख अर्थशास्त्री शरद भण्डारी प्रष्ट पारेका थिए ।
कार्यक्रममा कर्णाली प्रदेश सभाका सभामुख राजवहादुर शाही, प्रदेश सरकारका प्रवक्ता एवं भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी, प्रदेश सभा सदस्यहरु, प्रदेश सरकारका सचिवहरु, विभिन्न स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुको सहभागिता रहेको थियो ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: