Khabar Dabali १९ असार २०८३ शुक्रबार | 3rd July, 2026 Fri
Investment bank

ब्लु बसको कार्यविधिमा ट्रान्सजेन्डर यात्रुको व्यवस्था समेटिने

फइल तस्विर
खबरडबली संवाददाता

काठमाडौं । महिलाका लागि सञ्चालन गर्न लागिएको ‘ब्लु बस’ सेवामा यौनिक तथा लैङ्गिक अल्पसंख्यक (ट्रान्सजेन्डर) यात्रुले यात्रा गर्न पाउने वा नपाउने भन्ने विषयमा बहस सुरु भएको छ। यसबारे स्पष्ट मापदण्ड बनाउनुपर्ने माग उठेपछि साझा यातायातले कार्यविधिमै यसको व्यवस्था गर्ने जनाएको छ।

यौनिक तथा लैङ्गिक अल्पसंख्यक अधिकारकर्मी सुनिलबाबु पन्तले सामाजिक सञ्जालमार्फत जन्मका आधारमा पुरुष भए पनि आफूलाई महिला भनेर पहिचान गर्ने ट्रान्सवुमन तथा जन्मका आधारमा महिला भए पनि आफूलाई पुरुष भनेर पहिचान गर्ने ट्रान्सम्यानको यात्रा अधिकारबारे सरकारले स्पष्ट नीति ल्याउनुपर्ने बताएका हुन्।

यस विषयले ध्यानाकर्षण भएको स्वीकार गर्दै साझा यातायातका कार्यकारी निर्देशक भूपेन्द्र अर्यालले सेवा सञ्चालनअघि तयार गरिने कार्यविधिमै यसबारे स्पष्ट व्यवस्था गरिने जानकारी दिए।

उनका अनुसार ‘ब्लु बस’ सेवा साझा यातायातको मात्र निर्णय नभई सरकारको १०० दिने कार्ययोजनाअन्तर्गत अघि बढाइएको कार्यक्रम हो। बजेट स्वीकृति र नेपाल सरकार तथा साझा यातायातबीच समझदारीपत्र (एमओयू) भएपछि मात्रै सेवा सञ्चालन हुनेछ।

अर्यालका अनुसार ट्रान्सजेन्डर यात्रुको विषयसँगै महिलासँग यात्रा गर्ने श्रीमान्, साना बालबालिका वा वृद्ध महिलासँग आउने सहायक सदस्यको व्यवस्थाबारे पनि स्पष्ट मापदण्ड बनाइनेछ।

उनले ट्रान्सजेन्डर यात्रुको हकमा कानुनी रूपमा प्रमाणित लैङ्गिक पहिचान भएको परिचयपत्रलाई आधार बनाउन सकिने बताए।

साझा यातायातले कार्यविधि निर्माणका क्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायसहित सम्बन्धित सरोकारवालाबाट प्राप्त सुझावलाई समेत समेटेर समावेशी र व्यवहारिक मापदण्ड तयार गरिने जनाएको छ।

हाल सञ्चालनको मोडालिटी तयार भइरहेको र आवश्यक प्रक्रिया पूरा भएपछि ‘ब्लु बस’ सेवा साउन महिनाभित्रै सञ्चालनमा ल्याउने तयारी रहेको साझा यातायातले जनाएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कर्णालीमा खसेको गाडी अझै बेपत्ता, पाँच यात्रुको खोजीमा ड्रोन र गोताखोर परिचालन

दैलेख । सुर्खेतबाट कालिकोटको रास्कोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी कर्णाली नदीमा खसेको दोस्रो दिन बितिसक्दा पनि गाडी...

निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिस

काठमाडौँ । संवैधानिक परिषद्ले निर्वाचन आयोगको रिक्त प्रमुख निर्वाचन आयुक्तका साथै दुई आयुक्त सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालय ...

ब्लु बसको कार्यविधिमा ट्रान्सजेन्डर यात्रुको व्यवस्था समेटिने

काठमाडौं । महिलाका लागि सञ्चालन गर्न लागिएको ‘ब्लु बस’ सेवामा यौनिक तथा लैङ्गिक अल्पसंख्यक (ट्रान्सजेन्डर) यात्रुले यात्रा गर्न पाउने वा नपाउने भन्ने ...

विद्यालयलाई राजनीतिक कब्जाबाट मुक्त गर्नुपर्छ’ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालको शिक्षा प्रणालीमा देखिएको सबैभन्दा ठूलो समस्या दलीयकरण भएको बताएका छन्। पार्टी कार्यालयमा आयो...

सप्तरी कारागार ड्युटीमा रहेका प्रहरीलाई गोली लाग्यो, सहकर्मी नियन्त्रणमा

जनकपुरधाम  । सप्तरीको राजविराजस्थित कारागार सुरक्षा गार्डमा ड्युटीमा रहेका एक प्रहरी जवान सहकर्मीले बोकेको एसएलआर राइफलबाट अचानक गोली चल्दाअर्का सहकर्...

त्रिभुवन विश्वविद्यालय लगायतका सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, को कहाँ ?

काठमाडौं । कूलपतिसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले सातवटा विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन्। प्रधानमन्त्री शाहले त्रिभुवन विश्वविद्याल...

प्रहरी सहायक निरीक्षक हुँ भन्दै १५ लाख ५० हजार ठगी

काठमाडौं । आफूलाई नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक हुँ भन्दै १५ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ ...

उद्घाटन–शिलान्यास बन्ददेखि डिजिटल सेवासम्म : बालेन सरकारका १०० दिन, के गर्‍यो ?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले पहिलो १०० दिनमा परम्परागत राजनीतिक शैलीभन्दा फरक कार्यशैली अपनाएको दाबी गरेको छ...

टिकटकदेखि विवाहेत्तर सम्बन्धसम्म : नेपाली सेनाकी सुवेदार श्रीमती हत्यामा ‘नेपाली ब्रो’सहित चार जनाविरुद्ध अभियोग

काठमाडौं । काठमाडौंको तारकेश्वर–६ पैयुँटारमा नेपाली सेनाकी सुवेदार ईश्वरी भुजेलको हत्या प्रकरणमा उनका श्रीमान् कुमार थापा मगर (टिकटकमा ‘नेपाली ब्रो’का...

बर्डफ्लु संक्रमित कुखुरा बिक्री गरे कडा कारबाही, ११ जिल्लामा सात लाखभन्दा बढी पन्छी नष्ट

काठमाडौं । पशुसेवा विभागले बर्डफ्लु संक्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत पन्छी बिक्री–वितरण नगर्न व्यवसायीलाई कडा निर्देशन दिएको छ। संक्रमित पन्छी ब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending