Ntc summer Offer
Khabar Dabali ८ पुष २०८१ सोमबार | 23rd December, 2024 Mon
Investment bank

खेल सङ्घको विवाद समाधान गर्न समिति गठन

काठमाडौँ। युवा तथा खेलकूद मन्त्रालयले पछिल्लो समय खेल सङ्घमा देखिएको विवाद समाधान गर्न राष्ट्रि«य खेलकूद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाको संयोजकत्वमा समिति गठन गरेको छ । यही मङ्सिर १७ गते युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले मन्त्रिस्तरीय निर्णयबाट उपाध्यक्ष तिमिल्सिना संयोजकत्वमा मन्त्रालयका प्रवक्ता अणप्रसाद न्यौपाने र राखेपको खेलकूद विकास विभाग प्रमुख कुलबहादुर थापा सदस्य रहेको समिति गठन गरेका प्रवक्ता न्यौपानेले राससलाई जानकारी दिए । आठौं राष्ट्रिय खेलकूद तथा १३औं दक्षिण एशियाली खेलकूद प्रतियोगिताको मिति नजिकिँदै गर्दा प्रतियोगितामा सहभागी हुने खेलाडी छनोटमासमेत एउटै खेलको दुईवटा सङ्घ हुँदा समस्या परेको भन्दै मन्त्रालयको दुई सङ्घबीच वार्ता र समन्वय गरी एउटै सङ्घ बनाउन पहल गर्न समिति गठन गरिएको हो । अहिले कराँते, जिम्न्यास्टिक, तेक्वान्दोलगायतका खेल सङ्घमा विवाद छ । समितिलाई एक महीनाभित्र ती सङ्घका विवाद समाधान गरी प्रतिवेदन मन्त्रालयलाई बुझाउने कार्यादेश दिइएको छ । मन्त्रालयबाट अधिकार पाएपछि उपाध्यक्ष तिम्सिेनाले अहिले सात मुख्य सङ्घमा विवाद देखिएको बताउँदै त्यसको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । एउटै प्रकृतिका खेल सङ्घ भिन्नभिन्न हुँदा खेलाडीलाई पनि अप्ठेरो परेकाले समस्या समाधान गर्न मन्त्रालयले आफूलाई जिम्मेवारी दिइएको उल्लेख गरे तिम्सिनाले अहिले खेलकूद क्षेत्रमा लगानी मात्रै भइरहेको तर प्रतिफल भने नआएको बताउँदै खेलकूदको लगानी बालुवामा पानी सरह भएकाले यसलाई सुधार गर्नुपर्ने उल्लेख गरे । यसअघि पनि चारवर्ष परिषद्मा उपाध्यक्ष भइसकेका तिमिल्सिना सङ्घको विवादबारे जानकार छन् । उनले भने, “हरेकजसो खेल सङ्घमा विवाद गरेर फरक÷परक अस्तित्वका दुई सङ्घ भएकाले सबैलाई मिलाएर न्यायसङ्गत तरिकाले समाधान गर्छु ।” जिम्मेवारी पाएलगत्तै समितिको पहिलो बैठक आज मन्त्रालयमा बसेको छ । समिति सदस्य एवं प्रवक्ता न्यौपानेले भने, “आज हामी पहिलो बैठक बसेका छौँ, केही ठोस् योजना अगाडि ल्याउँछौँ ।” सङ्घमा विवाद बढ्दै गएपछि दुई दिनअघि राखेपले आठौँ राष्ट्रिय खेलकूदमा तेक्वान्दोलाई सहभागी नगराउने चेतावनी दिँदै जिल्ला छनोट समेत रोकेको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy