बागलुङ। जिल्लाको ७७ खानेपानीका मुहानमा दिसामा पाइने जीवाणु (कोलिफर्म) भेटिएको छ । चालु आर्थिक वर्षमा खानेपानीका मुहानबाट संकलन गरिएका तीनसय ६९ नुमना जाँचगर्दा ७७ नमुनामा कोलिफर्म भेटिएको हो ।
गत वर्षको तुलनामा कोलिफर्म भेटिनेक्रम घट्दै गए पनि पानी शुद्वीकरण सम्बन्धी सचेतनाका कार्यक्रम सञ्चालन गरे पनि कोलिफर्म भेटिनेक्रम रोकिएको छैन । गतवर्ष तीनसय ४१ नमुना जाँचगर्दा एकसय २५ मा कोलिफर्म भेटिएको थियो ।
आर्थिक वर्ष २०८०–८१ मा दुईसय ८ नुमना परीक्षण गर्दा ७३ स्थानको खानेपानीमा कोलिफर्म देखिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङको तथ्याङ्कमा उल्लेख छ । ‘‘अघिल्लो वर्षको तुलनामा घटे पनि कोलिफर्मको समस्या र त्यसबाट सिर्जित रोगको समस्या पनि उत्तिकै छ’’ प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रविण शर्माले भने।
कोलिफर्मको समस्या देखिएको स्थानमा खानेपानी उपभोक्ता संस्था, वडा र स्थानीय तहमा समेत जानकारी गराउने र सचेतनाका कार्यक्रम सञ्चालन गरिएको शर्माले बताए। ‘‘कोलिफर्म भेटिएपछि हामीले मुहान र आयोजनामा सरसफाइ गर्न, पानी शुद्वीकरणका उपाय खोज्न र घर–घरमा पानी उमालेर खान सल्लाह दिएका छौं’’ शर्माले भने।
चालु वर्षमा घनाबस्ती रहेको बागलुङ नगरपालिका क्षेत्रका ३६ मुहानको पानी जाँचगर्दा ५ नमुनामा कोलिफर्म देखिएको छ । काठेखोलाका ९ र निसीखोला गाउँपालिकाका ३३ मुहान र आयोजनाको पानी जाँचगर्दा कोलिफर्म नदेखिएको प्रदेश जनस्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन निरीक्षक डिल्ली आचार्यले जानकारी दिए।
आचार्यका अनुसार, जैमिनीमा एकसय ३८ नमुना जाँदागर्दा २७, गलकोटमा ९६ नमुना जाँच गर्दा ३८, ढोरपाटन नगरपालिकामा ६ नमुना जाँचगर्दा १, बडिगाडमा २१ नमुना जाँच गर्दा ३, तमानखोला गाउँपालिकामा २२ नमुना जाँच गर्दा २ र बरेङ गाउँपालिकामा ८ नमुना जाँच गर्दा १ नमुनामा कोलिफर्म पाइएको छ ।
चालु आर्थिक वर्षमै जनस्वास्थ्य कार्यालयले म्याग्दीका तीन पालिकाका मुहानको पानी पनि परीक्षण गरेको थियो । तीन पालिकाका ६ सय ७४ नमुना परीक्षण गर्दा मंगलामा १०, मालिकामा ३ र धवलागिरी गाउँपालिकाको १ नमुना कोलिफर्म भेटिएको छ । मंगलमा ८३, मालिकामा एकसय ९७ र धवलागिरीका २५ खानेपानीको नमुना परीक्षण गरिएको थियो ।
मानव वा जनावरको दिसा तथा अन्य फोहोरबाट खानेपानीमा कोलिफर्म देखिने गरेको ल्याव टेक्निसियन निरीक्षक आचार्यले बताए। कोलिफर्मयुक्त पानीका कारण झाडापखाला, हैजा, टाइफाइट, मलेरिया, जण्डिसलगायत पानीजन्य रोग देखापर्न सक्ने खतरा रहेकाले पानी निर्मलीकरण वा उमालेर खानुपर्ने आचार्यको सुझाव छ ।
खानेपानीका ट्रिटमेन्ट प्लान्टसहितका योजना बनाउने क्रम सुरु भए पनि कोलिफर्मबारे अझै चेतना बढाउन नसकिएको डिभिजन खानेपानी तथा सरसफाइ कार्यालयका प्रमुख हरिप्रसाद तिमिल्सिनाले बताए । जिल्ला खानेपानी गुणस्तर निगरानी समितिले पानी शुद्विकरण सम्बन्धी जनचेतना जगाउने काम गरिरहेको उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २१ गते, २०८३ - १५:०२
काठमाडौँ । चालु असार महिनाको पहिलो १९ दिन (करिब १५ कार्यदिन) मा निजामती सेवाबाट राजीनामा दिने कर्मचारीको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ। राष्ट्रिय...
आषाढ़ २१ गते, २०८३ - १४:०६
काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा चीनका वाणिज्य उपमन्त्री यान दोङ सोमबार नेपाल भ्रमणमा आउने भएका छन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार...
आषाढ़ २१ गते, २०८३ - १३:५१
बागलुङ। जिल्लाको ७७ खानेपानीका मुहानमा दिसामा पाइने जीवाणु (कोलिफर्म) भेटिएको छ । चालु आर्थिक वर्षमा खानेपानीका मुहानबाट संकलन गरिएका तीनसय ६९ नुमना ज...
आषाढ़ २१ गते, २०८३ - १२:५७
काठमाडौं । नेपाल प्रहरीका तीन जना नायव महानिरीक्षक (डीआईजी)सहित १०४ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन्। प्रहरी प्रधान कार्यालयले उत्कृष्ट कार्यस...
आषाढ़ २१ गते, २०८३ - १२:३७
महोत्तरी । मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो ११ महिनामा ९ अर्ब ९७ करोड रुपियाँ खर्च गरेकामा आर्थिक वर्षको अन्तिम महिना असार सुरु भएयता १८ द...
आषाढ़ २१ गते, २०८३ - १२:०३
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। गत शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला रु ४०० र चाँदीको मूल्य रु १...
आषाढ़ २१ गते, २०८३ - ११:५४
काठमाडौं । कीर्तिपुरस्थित सशस्त्र प्रहरी बलको विद्यालयमा आर्थिक हिनामिना गरेको आरोपमा प्रहरीले एक इन्स्पेक्टरसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ...
आषाढ़ २१ गते, २०८३ - ११:३७
लहान । आँपको राजधानीका रूपमा परिचित लहानमा मालदह आँपको मूल्य पछिल्लो १० दिनमा दोब्बर भएको छ। मूल्य वृद्धि भए पनि यसको प्रत्यक्ष लाभ किसानभन्दा व्यापार...
आषाढ़ २१ गते, २०८३ - ११:३१
रुकुम पश्चिम। डोल्पाको जगदुल्ला गाउँपालिका-५ गैरीगाउँमा लेदोसहितको बाढीमा परेर एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी क...
आषाढ़ २१ गते, २०८३ - ११:०४
काठमाडौं । शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पदभार सम्हालेको पहिलो १०० दिनमा मन्त्रालयले सम्पन्न गरेका ४२ प्रमुख काम सार्वजनिक गरेका ...



प्रतिकृया लेख्नुहोस्: