Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

मेयर रेणु दाहालको जीत, भरतपुर-१० मै बन्ने भयो सिटी हल

चितवन। सिटी हल बनाउने विषयमा लामो समयदेखि चलिरहेको विवाद टुंगिएको छ । भरतपुर महानगरपालिकाले अन्ततः भरतपुर– १० स्थित जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको ४ बिघा ४ कट्ठा जग्गामा सिटिहल बनाउने भएको छ । हाल जिसस प्रमुख बसेको क्वाटर क्षेत्रदेखि पूर्वतर्फ वाइ रोड सडकसम्मको भाग समेटेर सिटिहल बनाउन लागिएको जिसस प्रमुख कृष्णकुमार डल्लाकोटीले बताए । आवश्यक जग्गा महानगरलाई दिने भनी निर्णयार्थ संघीय मामिला मन्त्रालयमा पठाइसकेको उनले बताए । जिसस प्रमुख, महानगरका मेयर, प्रमुख जिल्ला अधिकारी, कोलनीका प्रमुखको बैठकले जग्गा हस्तान्तरण र सिटिहल निर्माण विषयमा निर्णय गरेका हुन् । ‘मेरो क्वाटर भत्काएर भए पनि सिटिहल बनाउने बोल्ड निर्णय गरेका छौँ, डल्लाकोटीले भने । यसअघि गेस्टहाउस चौरमा सिटिहल बनाउने सहमति दलहरूले गरे पनि जनदबाब पछि उक्त निर्णयबाट सरोकारवाला निकायपछि हटेका थिए । भरतपुर महानगरले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल परिसरमा सिटिहल बनाउने निर्णय गरेकोमा कांग्रेसले विरोध गरेपछि पछि हटेको थियो । सिटिहल अब पक्का बन्छ: मेयर ५ हजार मानिस अट्ने सिटिहल बनाउने प्रयासमा महानगर निरन्तर लागिरहेको छ । ‘नयाँ तोकिएको ठाउँमा कोही कसैको विवाद छैन, ढुक्क हुनुहोस् अब सिटिहल छिट्टै बन्छ,’ भरतपुर महानगरकी मेयर रेणु दाहालले भनिन्, ‘यो नै अन्तिम निर्णय हो ।’ सहरी कोलाहलबाट टाढा, विकास विकेन्द्रीकरण, खुला र दीर्घकालीन हुने लक्ष्यसाथ आफूले भरतपुर सहरबाट केही पर सिटिहल बनाउने योजनाअघि सारे पनि त्यो सफल नहुँदा खिन्नता महसुस भएको मेयर दाहालले बताइन् । ‘बजेट आएको ६ महिना भइसकेको छ । यसपटक पनि सिटिहल नबने ५१ करोड रुपैयाँ फिर्ता हुनेछ । एउटा सुविधा सम्पन्न सिटिहल चितवनमा आवश्यक छ । त्यो भरतपुर महानगरले बनाउँछ,’ दाहालले भनिन् । ४ बिघा ४ कट्ठा क्षेत्रफल रहेको उक्त स्थानमा सुविधायुक्त सिटिहल बन्ने जिसस प्रमुख कृष्णकुमार डल्लाकोटीले बताए । गेस्टहाउस चौरमा भने पार्क बनाउनेबारे छलफल भइरहेको समेत उनले बताए । जिससको स्वामित्वमा रहेको जग्गामा अनुमति नलिई बनेका अन्य भौतिक संरचना भत्काइने पनि उनले जनाए । नेकपाका नेता तेजेन्द्र खड्काले विभिन्न क्षेत्रमा विकल्प खोज्दा पनि नभेटेपछि बाध्य भएर जिससको जग्गा रोज्नुपरेको बताए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy