Khabar Dabali ३ श्रावण २०८३ आईतवार | 19th July, 2026 Sun
Investment bank

उत्तरी गोरखामा प्रहरी नै एम्बुलेन्स

खबरडबली संवाददाता

सुलीकोट। उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा सडकको पहुँच अझै सपना जस्तो छ । बिरामी पर्दा एम्बुलेन्सको साइरन होइन प्रहरीको कदमको आवाज नै यहाँको नागरिकका लागि आशाको सङ्केत बन्छ । 

प्रसुति व्यथाले छटपटिएको एक महिला तथा जो सुकै मानिस जटिल बिरामी पर्दा समेत ज्यान बचाउन स्थानीय र प्रहरीले मानवताको गतिलो उदाहरण प्रस्तुत गर्दै आएका छन् । 

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा पटक पटक मुख्य समस्या भनेको बिरामी पर्दा तत्काल उपचार नपाई मृत्यु बरण गर्नु पर्ने अवस्था छ, चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले भने, ‘केहि दिन अगाडी मात्र चुमनुब्री गाउँपालिका–४ गापकी २६ वर्षीया छेवाङ भुटी लामालाई प्रहरीको साथ र सहयोगले स्वास्थ्यचौकी पुर्‍‍याएर आमा र बच्चाको ज्यान बचाएर ठुलो मानविय कर्म गरेर थप विश्वास बढाएको छ ।’ 

गाउँमा सडक नभएकाले पनि एम्बुलेन्स पुग्ने प्रश्न भएन । परिवारले तत्काल इलाका इलाका प्रहरी कार्यालय लार्केलाई खबर गरेपछि प्रहरी टोली एकछिन पनि ढिला नगरी प्रहरी घटनास्थलतर्फ गएर उद्धार गर्यो ।

चुमनुब्रीमा भीर, पहरा, उकालो, ओरालो र जोखिमपुर्ण गोरेटो पार गर्दै प्रहरी र स्थानियबासीले सुत्केरी व्यथाले च्यापिएको लामालाई स्वास्थ्य चौकी पुर्‍याए । कहिले हात समातेर, कहिले काँध थापेर, कहिले शरीर नै बोकेर प्रहरीहरु चुमनुब्री–५ स्थित बिहि स्वास्थ्य चौकीसम्म बल्लबल्ल पुगे । 

कठिन यात्रापछि सुरक्षित रुपमा स्वास्थ्य चौकी पुर्‍याएकी लामाले स्वास्थ्य शिशुलाई जन्म दिएको छन्। अहिले आमा र शिुशुको अवस्था राम्रो भएकाले लामाको परिवार र सिङ्गो समुदायले प्रहरीको उच्च प्रंशसा गरेका छन् । 

उत्तरी गोरखामा प्राय सबै ठाउँमा निशेधित क्षेत्र घोषण भएकाले हेलिकप्टरको लागि समेत जिल्ला प्रशासन कार्यालय गोरखामा खबर गरेपछि मात्र गृहमन्त्रालयको निर्णय कुर्नु पर्ने भएकाले लामो प्रक्रियाले पनि धेरै बिरामीको अकालमा ज्यान जोखिममा हुने गरेको चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मजोज लामिछानेले बताए। 

उत्तरी गोरखाको विकट बस्तीमा प्रहरीको भुमिका शान्ति–सुरक्षामा सिमित छैन, स्थानीय ग्याल्बो दोर्जे लामाले भने, ‘सडक नपुगेका यी ठाउँहरुमा प्रहरी कहिले बिरामीको सहारा बन्छ, कहिले उद्धारकत्र्ता र धेरै समय एम्बुलेन्सको भुमिका निर्बाह गर्दै स्थानियले संकटको घडीमा सबैभन्दा पहिले सम्झिने संस्था भनेको प्रहरी नै बनेको छ ।’ 

उत्तरी गोरखामा भौगोलिक बिकटता, मौसमको चुनौती र सडक अभावबीच प्रहरीको सेवा पुगेको छ । विकट भुगोलले एम्बुलेन्स रोकिएता पनि प्रहरी आफै एम्बुलेन्स बनेर हिँडिरहेको छ । उत्तरी गोरखाको प्रहरीको काँधमा केबल जिम्मेवारी छैन, नागरिकको भरोसा, पिडा र बाँच्ने आशा पनि अडिएको छ । 

सङ्कटको बेला बर्दी केबल कानुनीको प्रतिक हुँदैन, त्यो त साहास, करुणा र अर्को नाम बन्दछ । उत्तरी गोरखाको लागि प्रहरी कार्यालय सुरक्षा दिने थलो मात्र नभई जीवन जोगाउने अन्तिम आश्रम पनि बन्दै गएको छ । यस्तै सेवाभावले प्रहरी र नागरिकबीचको सम्बन्धलाई आदेश र पालनको सीमा भन्दा धेरै माथि उठाएर आत्मिय विश्वासमा रुपान्तरण गरिरहेको छ ।

राज्यको उपस्थिती कठिन भुगोलमा यस्तै कर्मबाट अनुभुत हुन्छ भन्ने उदाहरण लार्के प्रहरीको यो अभियानले फेरि एक पटक प्रमाणि गरेको छ । हिमालका काखमा अझै सडक नपुगेपनि आशा भने उत्तरी गोरखाबासीको प्रहरीको कर्ममा रहेकाले उत्तरी गोरखामा प्रहरीको ज्यादै महिमा र महत्व हुने गरेको स्थानीयले बताएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कृष्णप्रसाद भट्टराईको ‘सन्तनेता’ उपाधि अमिट रहनेस्: गगन थापा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली जनताले पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई दिएको ‘सन्तनेता’को उपाधि कहिल्यै ननाशिने बत...

फेसबुकमा समस्या

काठमाडौं । आइतबार अपराह्न सामाजिक सञ्जाल फेसबुकको ब्राउजर संस्करणमा अस्थायी प्राविधिक समस्या देखिएको छ। समस्या आएपछि धेरै प्रयोगकर्ताले आफ्नो फेसबुक ख...

ज्येष्ठ नागरिकका लागि नि:शुल्क आयुर्वेद फार्मेसी सञ्चालन

जुम्ला । जुम्लामा ज्येष्ठ नागरिकका लागि छुट्टै आयुर्वेद औषधी फार्मेसी सञ्चालन गरिएको छ । ज्येष्ठ नागरिक संघ जुम्लाको कार्यालयमा धेरैजसो ज्येष्ठ नागरिक...

खोटाङमा बाढीले बगाउँदा दुईको मृत्यु

खोटाङ। बाढीले बगाउँदा खोटाङमा एकै दिन दुई जनाको मृत्यु भएको छ । अविरल वर्षापछि खोला खोल्सामा आएको बाढीले बगाएर नेर्पामा एक महिला र बाक्सिलामा एक वृद्ध...

झलनाथ खनालको चेतावनी : कुर्सी मोहका लागि दक्षिणपन्थीसँग अपवित्र साँठगाँठ नगरौं

काठमाडौं। नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीभित्र केही नेताहरू व्यक्तिगत स्वार्थ र पदको लोभमा दक्षिणपन्थी शक्तिहरूसँग ‘अपव...

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चितवन। नारायणगढ–मुग्लिन सडकअन्तर्गत जलबिरेमा आज बिहान दुई बस र एक ट्रक एकापसमा ठोक्किँदा ३० जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर छ ।  नारायण...

लुम्बिनी प्रदेश सरकारमा कांग्रेसका मन्त्री फिर्ता नहुने

भैरहवा। लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीले तत्काल राजीनामा नदिने भएका छन् । केन्द्रमा विकसित राजनीतिक घटनाक्रमपछि सरकारबाट बाह...

साइकललाई ठक्कर दिएर भागेको कारले अटो र बाइकलाई ठोक्काउँदा १३ जना घाइते

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–३ चन्द्रौटामा साइकललाई ठक्कर दिएपछि फरार हुने प्रयास गरेको कारले थप दुईवटा अटो र एउटा मोटरसाइकललाई ठक्कर दिँद...

श्रम शोषण भएको भन्दै माइतीघरमा चिकित्सकहरूको प्रदर्शन

काठमाडौं । विभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत तथा आवासीय चिकित्सकहरूले आफूहरूमाथि श्रम शोषण भएको भन्दै काठमाडौंको माइतीघरमा...

पोखरामा शृङ्खलाबद्ध चोरीमा विदेशी नागरिकसहित नौ जना पक्राउ

लेखनाथ । कास्कीको पोखरा महानगरपालिकाका विभिन्न स्थानमा भएका शृङ्खलाबद्ध चोरीका घटनामा संलग्न रहेको आरोपमा विदेशी नागरिकसहित नौ जनालाई प्रहरीले पक्राउ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending