Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

गम्भीर अपराधः प्रहरी चौकीमा गोप्य रूपमा राखिएको ‘लेटर वम’ भेटियो

नर्वे। नर्वेली प्रहरी चौकीमा एउटा ‘लेटर वम’ भेटिएपछि प्रहरीको विस्फोटक पदार्थ व्यवस्थापन टोलीले यसलाई निष्क्रिय पारेको अधिकारीहरूले बिहीबार बताएका छन् । विश्वकै शान्त मुलुकहरू मध्येको एक स्काडिनेभियाली मुलुकमा हिंसाका घटना विरलै सुनिने भएपनि उक्त शक्तिशाली विस्फोटक पदार्थ राजधानी ओस्लोदेखि दक्षिणपूर्वमा रहेको स्की प्रहरी चौकीलाई लक्षित गरी गोप्य रूपमा पठाइएको जनाइएको छ । चौकीमा कार्यरत एक कर्मचारीले उक्त कागजको प्याकभित्र विस्फोटक पदार्थ रहेको शङ्का लागेको बताएपछि चौकी खाली गरी यसलाई सुरक्षित रूपमा विस्फोट गराइएको थियो । सुरक्षाकर्मीको विस्फोटक पदार्थ निष्क्रिय टोलीले कागजको खाममा राखिएको उक्त घरेलु वम प्याक खोल्दा विष्फोट हुनेगरी राखिएको जनाएको छ । निष्क्रिय पारिएको वमले सुरक्षाकर्मीलाई क्षति पु¥याइने गरी बनाइएको मध्यमखालको विस्फोटक पदार्थ थियो, प्रहरी आयुक्त स्टेभेन हासेलडालले सञ्चारकर्मीलाई बताए । उनले भने, “यो गम्भीर अपराध हो । हामीले यसलाई प्रहरीविरूद्धको आक्रमणका रूपमा लिएका छौँ । सावधानी नअपनाएको अवस्थामा यसले धेरै क्षति पु¥याउन सक्थ्यो ।” समाचार तयार पार्दासम्म प्रहरीले कुनै समूहमाथि आशङ्का नगरेको तर अनुसन्धान गरिरहेको जनाएको छ । नर्वेमा प्रहरीलाई सम्मानसाथ हेर्ने गरिन्छ । यहाँका प्रहरी अधिकारीहरू प्राय हतियारविना नै आफ्नो सेवामा खटिने गर्छन् । एएफपी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending