Khabar Dabali २२ असार २०८३ सोमबार | 6th July, 2026 Mon
Investment bank

एसियाली विकास बैंकका अध्यक्ष दुईदिने नेपाल भ्रमणमा, प्रधानमन्त्री शाहसँग भेटवार्ता हुने

खबरडबली संवाददाता

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डा दुईदिने औपचारिक भ्रमणका लागि नेपाल आएका छन्। उनी आइतबार राति करिब १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्। विमानस्थलमा अर्थसचिव घनश्याम उपाध्यायले उनको स्वागत गरेका थिए।

अध्यक्ष कान्डा सोमबार र मंगलबार नेपालमा रहने कार्यक्रम छ। भ्रमणका क्रममा उनले मंगलबार प्रधानमन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेट गर्ने अर्थ मन्त्रालय स्रोतले जनाएको छ। प्रधानमन्त्री शाह पदभार सम्हालेपछि कुनै विदेशी उच्चस्तरीय पाहुनासँग हुने यो पहिलो औपचारिक भेट हुनेछ।

एडीबी अध्यक्षले अर्थमन्त्री डा। स्वर्णिम वाग्लेसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ। अर्थमन्त्री वाग्लेसँगको भेट सोमबार दिउँसो ३ बजे तय भएको छ। यसबाहेक अध्यक्ष कान्डाले एडीबीको सहयोगमा सञ्चालन भइरहेका विभिन्न विकास आयोजनाको स्थलगत अवलोकन गर्नेछन्।

भ्रमणका क्रममा भन्सार तथा पारवहन र खानेपानी तथा ढलनिकास क्षेत्रसँग सम्बन्धित दुईवटा सहयोग सम्झौतामा हस्ताक्षर हुने तयारी रहेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ।

नेपाललाई दीर्घकालीन विकासमा साथ दिने प्रतिबद्धता

नेपाल आइपुगेपछि अध्यक्ष कान्डाले सामाजिक सञ्जालमार्फत नेपालप्रति एडीबीको सहयोग र प्रतिबद्धता दोहोर्याएका छन्।

उनले नेपालले पटक–पटक आएका चुनौती र परिवर्तनका बीच उल्लेखनीय उत्थानशीलता प्रदर्शन गरेको उल्लेख गर्दै लेखेका छन्, “नेपालमा हाल ३ अर्ब ९० करोड अमेरिकी डलर बराबरको सक्रिय लगानीसहित एडीबी देशकै सबैभन्दा ठूलो विकास साझेदार हो। हामी नेपालको उत्थानशीलतालाई दीर्घकालीन प्रगतिमा रूपान्तरण गर्न, नयाँ अवसर सिर्जना गर्न र दिगो आर्थिक वृद्धिको आधार निर्माण गर्न सहयोग गर्न प्रतिबद्ध छौं।”

उनले नयाँ सरकारले आफ्ना प्राथमिकता तय गरिरहेको वर्तमान अवस्थालाई नेपालको विकास यात्राको नयाँ अध्यायको सुरुआतका रूपमा उल्लेख गर्दै एडीबीले आगामी दिनमा कसरी प्रभावकारी सहयोग गर्न सक्छ भन्ने विषयमा सरकार र सरोकारवालासँग छलफल गर्ने बताए।

“छ दशकभन्दा लामो साझेदारीका अनुभवका आधारमा नेपालको आगामी विकास यात्रामा एडीबीले थप प्रभावकारी भूमिका कसरी खेल्न सक्छ भन्ने विषयमा सुन्ने, सिक्ने र छलफल गर्ने अवसरका रूपमा मैले यस भ्रमणलाई लिएको छु,” उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कर्णाली दुर्घटनाबारे गृहमन्त्रीले संसदमा जवाफ दिनुपर्छ - रास्वपा सांसद

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईँले कर्णाली दुर्घटनाबारे गृहमन्त्रीले प्रतिनिधिसभामा उपस्थित भएर जवाफ दिनुपर्ने बताए...

पोखरा–दुबई उडानको बुकिङ २०२७ सम्म खुला

कास्की। पोखराबाट दुबई उडान गर्ने घोषणा गरेको फ्लाइ दुबईले सन् २०२७ मार्च २६ सम्मको उडान तालिका सार्वजनिक गर्दै बुकिङ खुला गरेको छ। कम्पनीले दीर्घकालीन...

दैलेख बस दुर्घटनाको उद्धारमा भएको ढिलाइबारे छानबिनका लागि रुलिङ गरियोस्: सांसद शाही

काठमाडौं । दैलेखमा १८ असारमा भएको सवारी दुर्घटनाको विषयमा सरकारले पर्याप्त चासो नदिएको भन्दै प्रतिनिधिसभाका सांसदहरूले घटनाको सत्यतथ्य छानबिन गर्न माग...

जनताको काम नगर्ने मेयर र मन्त्रीलाई कारबाही गर्ने मन्त्री लम्सालको अभिव्यक्ति चर्चामा

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको अर्को अभिव्यक्ति सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। यसअघि निर्माण व्यवसायीको ‘खुट्टा भाँच्ने’ अभि...

पश्चिम नेपालको विद्युत् आपूर्ति सुधार गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

नेपालगन्ज। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले पश्चिम नेपालका बाँके, बर्दिया, रोल्पा, दाङ, प्युठानलगायत जिल्लाको विद्युत् आपूर्ति, वि...

एसियाली विकास बैंकका अध्यक्ष दुईदिने नेपाल भ्रमणमा, प्रधानमन्त्री शाहसँग भेटवार्ता हुने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डा दुईदिने औपचारिक भ्रमणका लागि नेपाल आएका छन्। उनी आइतबार राति करिब १० बजे त्रिभुवन अन्तर...

अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइ लिने नेयमारको सङ्केत

संयुक्त राज्य अमेरिका। विश्वकपको अन्तिम १६ मा नर्वेसँग २–१ ले पराजित हुँदै ब्राजिल प्रतियोगिताबाट बाहिरिएपछि स्टार फरवार्ड नेयमारले आफ्नो अन्तर्राष्ट्...

चौबीस घण्टामा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार १७६ जना सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्...

नागढुंगा–मुग्लिङ सडक विस्तारले गति लियो, २७ किलोमिटर निर्माण सम्पन्न

काठमाडौं। कुल ४३ किलोमिटर लामो नागढुंगा–मुग्लिङ सडक विस्तार आयोजनाअन्तर्गत पूर्वी खण्डको नौबिसे–मलेखु सडक निर्माण कार्यले तीव्रता पाएको छ। हालसम्म २५ ...

रोशी र दाप्चा खोलामा बाढी: बीपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण रोशी खोला मा पानीको सतह बढ्दै बाढी आउँदा तथा दाप्चा खोला मा पनि बाढी आएपछि बीपी राजमार्ग को काभ्रेपलाञ्चोक खण्डमा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending