Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

एचआइभी सङ्क्रमणले महिलालाई यस्तो सम्म पिडा दिन्छ !

डोटी। दीपायल सिलगढी नगरपालिकी एक महिलालाई एचआइभी सङ्क्रमण भएको सात वर्ष भयो । तीन सन्तानकी आमा परिवार पाल्नकै लागि सदरमुकाममा दैनिक ज्यालादारीमा जोखिमपूर्ण काम गर्दै आएका छन् । डोटीकै पूर्वीचौकी गाउँपालिकाकी अर्की महिलाको अवस्था पनि उस्तै छ । श्रीमान्ले भारतमा गएर कमाइ गरेर घर परिवार राम्रै चलेको थियो । एचआइभी सङ्क्रमणका कारण श्रीमान्को ज्यान गयो तर ती महिलालाई भने एचआइभी सराएर गए । श्रीमान्को मृत्युपछि चार छोराछोरीको सम्पूर्ण जिम्मेवारी उहाँकै काँधमा आयो । आफ्ना छोराछोरी कसरी पाल्ने भन्ने दिनहुँ चिन्तामा परिरहे। उनी मात्रै होइनन् जिल्लामा यस्ता कतिपय एचआइभी सङ्क्रमित एकल महिलालाई आफू र बाल बच्चा कसरी हुर्काउने भन्ने चिन्ताले पिरोली रहेको हुन्छ । डोटी मात्र नभई समग्र सुदूरपश्चिम प्रदेशका एचआइभी सङ्क्रमित महिलालाई भने साँझ बिहान हातमुख जोड्न धौधौ परेको छ । अधिकांश पुरुष कामका लागि भारतका विभिन्न शहरमा जाने गर्दछन् । भारतमा काम गरेर घर परिवार पाल्ने धेरै छन् । विभिन्न सङ्घ संस्थाले गरेको अध्ययनअनुसार यस क्षेत्रका सङ्क्रमितमध्ये अधिकांश भारतबाट काम गरेर फर्कने छन् । एचआइभी सङ्क्रमित भई घरमा कमाउने श्रीमान्को मृत्यु भएपछि एकल हुन पुगेका महिला एचआइभीको सङ्क्रमणको समस्याका साथै घर परिवारको समेत जिम्मेवारी सम्हाल्न परेपछि आर्थिक समस्याका कारण थप पीडामा पर्ने गरेका पूर्वी चौकीका स्थानीयवासी तथा सञ्चारकर्मी चक्रबहादुर कठायतले बताए । “कमाउन गएका श्रीमान्ले भारतबाट एचआइभी बोकेर आउँछन् र श्रीमतीलाई सार्छन्”, उनले भने , “श्रीमतीलाई बाँचुञ्जेलको पीडा हुन्छ, पुरुष सकेसम्म एचआइभीको जाँच गराउन मान्दैनन् ।” अन्तिम अवस्थामा जचाउन आउने गरेका कारण मृत्यु हुने र परिवारमा समेत एचआइभी सङ्क्रमणको खतरा हुने उपचारमा संलग्न स्वाथ्यकर्मी बताउँछन् । कामका लागि भारत गएका श्रीमान्ले महिलालाई पनि एचाइभीको सङ्क्रमणमा पारेपछि एचआइभी सङ्क्रमित भन्दै परिवार र समाजको समेत भेदभावको सामना गर्नु परिरहेको छ । एचआइभी सङ्क्रमित भई भारतबाट घर फर्केकासमेत उपचार पछि पुनः काम गर्न भारत जाने क्रमसमेत बढेको छ । केही एचआइभी सङ्क्रमित एकल महिला विभिन्न संस्थाले आयोजना गरेको महिला लक्षित कार्यक्रमबाट तालीम लिएर आयआर्जनमा सक्रिय हुन थालेका छन् । सुदूरपश्चिम प्रदेशमा छ हजार ७२४ एचआइभी सङ्क्रमित रहेका प्रदेश स्वास्थ्य निर्देशनालय दीपायलका जनस्वास्थ्य अधिकृत रमेश मलासीले जानकारी दिए । उनका अनुसार तीन हजार ७६ ले एआरटी सेवन गरिरहेका छन् । आर्थिक वर्ष २०७४/०७५ सम्मको तथ्याङ्कमा यस प्रदेशमा ६७६ ले एचआइभी एड्सका कारण ज्यान गुमाएका छन् । गत आवमा मात्रै २४७ नयाँ सङ्क्रमित देखिएका छन् । निर्देशनालयका अनुसार एचआइभी परीक्षण तथा परामर्श केन्द्र प्रदेशका २० स्थानमा छन् । एआरटी सेवन गर्नेले प्रदेशका १४ स्थानबाट सेवा प्राप्त गरिरहेको जनाइएको छ । जिल्ला अस्पताल डोटीको एआरटी सेन्टरको जानकारीअनुसार जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या ९५८ छ । उक्त सङ्ख्यामा महिलाको सङ्ख्या ५४८ छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy