काठमाडौं । काठमाडौं महानगरपालिका ले आफ्ना कर्मचारीहरूका लागि सवारी साधन आलोपालो प्रयोग गर्ने ‘कार पुलिङ’ कार्यक्रम कार्यान्वयनमा ल्याएको छ।
कार्यवाहक प्रमुख सुनिता डंगोल ले इन्धन कटौतीपछि देखिएको समस्या समाधान गर्न उक्त कार्यक्रम सुरु गरिएको जानकारी दिइन्।
उनका अनुसार विश्वव्यापी इन्धन अभावका कारण उत्पन्न परिस्थितिले दीर्घकालमा नकारात्मक प्रभाव पार्न सक्ने भएकाले इन्धन खपत घटाउने उद्देश्यले यस्तो निर्णय गरिएको हो। उनले अत्यावश्यक सेवा सञ्चालनमा समस्या नआओस् भन्नका लागि इन्धन बचत अपरिहार्य भएको उल्लेख गरिन्।
महानगरपालिकाले यसअघि नै ४८औँ कार्यपालिका बैठकबाट इन्धन कोटामा कटौती गरिसकेको छ।
‘कार पुलिङ’ कार्यक्रमअन्तर्गत बसोबास क्षेत्रका आधारमा एउटै स्थानबाट आवतजावत गर्ने कर्मचारीहरूको समूह बनाइएको छ। समूहका सदस्यहरूले आफ्ना सवारी साधन आलोपालो प्रयोग गर्दै सहकर्मीहरूलाई कार्यालय ल्याउने–लाने व्यवस्था मिलाउनुपर्नेछ।
यसबाट कार्यालय आउने–जाने सवारी साधनको संख्या घट्ने र इन्धन खपत कम हुने महानगरपालिकाको विश्वास छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १७ गते, २०८३ - १४:०८
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा चालु कार्यकालमा दर्ता भएका १७ वटा उजुरीमाथि प्रारम्भिक छलफल गर्न समितिको बैठक सोमबार बस्ने भए...
श्रावण १७ गते, २०८३ - १३:५०
बोगोटा। पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको विमान दुर्घटनाग्रस्त हुँदा १३ जनाको मृत्यु भएको छ । उक्त विमान प्रसिद्ध ‘नाज्का लाइन्स’को ...
श्रावण १७ गते, २०८३ - १३:१६
काठमाडौं । अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन तथा खारेज गर्न ल्याइएको ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ माथि स...
श्रावण १७ गते, २०८३ - १२:५२
राजविराज । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न तनावपूर्ण अवस्थाबीच सप्तरीमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न विभिन...
श्रावण १७ गते, २०८३ - १२:३८
काठमाडौँ। मनसुनजन्य विपद्का कारण पछिल्ला २४ घण्टामा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था...
श्रावण १७ गते, २०८३ - १२:२७
तनहुँ । बजारमा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव हुन नदिन जिल्ला प्रशासन कार्यालय तनहुँले ग्यास डिलर तथा सप्लायर्सको अनुगमन सुरु गरेको छ। सहायक...
श्रावण १७ गते, २०८३ - १२:१७
सप्तरी। सप्तरीमा आम नागरिकहरूको दैनिक अत्यावश्यक कामलाई मध्यनजर गर्दै सप्तरीको राजविराज नगरपालिका र बोदेबरसाइन नगरपालिकामा जारी कर्फ्युमा केही खुकुलो ...
श्रावण १७ गते, २०८३ - ११:५२
काठमाडौं । पाकिस्तानको कराकोरम हिमशृङ्खलास्थित ८,०४७ मिटर अग्लो ब्रड पिकमा हिमपहिरोमा ज्यान गुमाएका नेपाली पर्वतारोही निर्मल पुर्जासहितका दिवंगत आरोही...
श्रावण १७ गते, २०८३ - ११:४१
काठमाडौँ। स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु एक हजार ८०० र चाँदी रु ४५ ले घटेको हो । नेपाल सुनचाँदी ...
श्रावण १७ गते, २०८३ - ११:०१
जनकपुरधाम। गृहमन्त्री सुधन गुरुङले पीडित पक्षसँग शुव्रmबार राति सहमति गरेपछि मधेश प्रदेशको अवस्था सामान्य बन्दै गएको छ । सुनसरीमा धार्मिक विषयलाई लिएर...



प्रतिकृया लेख्नुहोस्: