Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

व्यापार वार्ताका लागि अमेरिकीलाई स्वागत गर्न चीन उत्सुक

चीन। चीन–अमेरिकाबीच केही समययता संरक्षणवादी व्यापार नीतिले विश्व बजारमा प्रभाव परिरहेका समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिन पिङबीच अर्जेन्टिनामा भएको वार्ता र यसपछिका निरन्तरका प्रयासको प्रभाव सकारात्मक देखिएको छ ।

यसै शिलशिलामा चीनले व्यापार वार्ताका लागि अमेरिकी टोलीलाई स्वागत गर्ने र समस्याको समाधान निकाल्न तयार रहेको बिहीबार जनाएको छ ।

विश्वका दुई विशाल अर्थतन्त्रबीच व्यापार, साइबर आक्रमण र चिनियाँ टेलिकम हुवावेकी आर्थिक मामिला प्रमुख मेङ वाङझाओको क्यानडामा भएको पक्राउ र अमेरिकालाई सुपुर्दगी गर्ने बिषयले दुई देशको सम्बन्धमा समस्या देखिएको छ । यद्यपि मेङलाई क्यानडाबाटै धरौटीमा रिहाई गरिएको छ ।

“हाल दुबै देशका सरकारहरू निकट सम्पर्कमा रहेका छन् । चीनले अमेरिकालाई समस्या समाधानार्थ वार्ताका लागि चीनमा स्वागत गर्न वा अमेरिका जान खुला धारणा राख्न तयार छ,” बाणिज्य मन्त्रालयका प्रवक्ता गाओ फेङले पत्रकारसँगको नियमित भेटमा बताए ।

अमेरिकी राष्ट्रपति ट्रम्प र सीबीच गत डिसेम्बरमा ९०–दिन व्यापार युद्धलाई रोक्ने र विवादलाई साम्य पार्ने पहल थाल्ने सहमति भएको थियो । तर उनीहरूबीच सहमतिका बुँदाबारे फरक फरक धारणाहरू आएका छन् ।
वासिङ्टनका अनुसार चीनले अमेरिका पठाउने कारहरूमा कर कटौति गर्न र सोयविन तथा भटमास र अन्य अमेरिकी उत्पादनलाई ठूलो मात्रामा खरिद गर्न तयार रहेको बताउँदै आएको छ ।

गाओले बिहीबार दुई पक्षबीच सहमति भएको बताए पनि सहमति के के बिषयमा भएको हो भन्नेबारे बिस्तृतमा भने बताउन चाहेनन् ।

गाओले भने, “चिनियाँ र अमेरिकी समूहहरू वार्ताका लागि निकटमा रहेर निरन्तर वार्ता गरिरहेका र विवादका बिषयमा सहज वातावरण वनिरहेको छ ।”

सुरक्षा बिषयमा देखिएका बढ्दा समस्याले व्यापार वार्तालाई प्रभावित पार्ने देखिएको छैन

क्यानडाले हुवावेकी अधिकारी मेङलाई पक्राउ गरेको वदलामा चीनले दुई क्यानेडाली नागरिकलाई सोमबार चीनबाट पक्राउ गरेको राजनीतिक विश्लेषकहरूको अनुमान रहेको छ । यद्यपि यसबारे चीनको भनाइ आइसकेको छैन ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले बुधबार म्यरिअट होटेलबाट चीनले व्यापक अमेरिकी तथ्याङ्कहरू ‘ह्याक’ गरेको आरोप लगाएका थिए । एएफपी

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending