काठमाडौं । पशुसेवा विभागले बर्डफ्लु संक्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत पन्छी बिक्री–वितरण नगर्न व्यवसायीलाई कडा निर्देशन दिएको छ। संक्रमित पन्छी बजारमा बिक्री गरेको पाइए कानुनअनुसार कडा कारबाही गरिने विभागले चेतावनी दिएको हो।
विभागका प्रवक्ता डा. मुकुल उपाध्यायका अनुसार गत चैतदेखि देशका ११ जिल्लामा बर्डफ्लु फैलिएको छ। भाइरसले स्वरूप परिवर्तन गर्न सक्ने जोखिम रहेकाले संक्रमण नियन्त्रणका लागि उच्च सतर्कता अपनाइएको उनले बताए।
काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा प्राविधिक टोली तथा ‘र्यापिड रेस्पोन्स टिम’ परिचालन गरिएको छ। केही जिल्लामा संक्रमण नियन्त्रणतर्फ उन्मुख रहेको विभागको भनाइ छ।
विभागका अनुसार हालसम्म प्रभावित जिल्लामा करिब सात लाख पन्छी, ११ लाख अण्डा र तीन लाख किलो दाना नष्ट गरिएको छ। मरेका कुखुरा जथाभावी फाल्दा वा संक्रमित पन्छी नष्ट गर्दा पनि मानिसमा संक्रमण सर्न सक्ने जोखिम रहेकाले विशेष सावधानी अपनाउन विभागले आग्रह गरेको छ।
प्रवक्ता उपाध्यायले बर्डफ्लुविरुद्ध प्रभावकारी खोप उपलब्ध नभएकाले संक्रमण देखिएपछि पन्छी तथा पन्छीजन्य उत्पादन नष्ट गर्नु नै अहिलेको प्रभावकारी उपाय रहेको बताए।
यस्तै, प्रभावित क्षेत्रका किसानलाई क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रिया पनि अघि बढाइएको छ। जिल्ला प्रशासन कार्यालयमार्फत नष्ट गरिएका पन्छीको मूल्यांकन गरी मुचुल्का उठाउने र किसानको विवरण संकलन गर्ने काम भइरहेको विभागले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १९ गते, २०८३ - ०९:१२
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले पहिलो १०० दिनमा परम्परागत राजनीतिक शैलीभन्दा फरक कार्यशैली अपनाएको दाबी गरेको छ...
आषाढ़ १९ गते, २०८३ - ०८:१६
काठमाडौं । काठमाडौंको तारकेश्वर–६ पैयुँटारमा नेपाली सेनाकी सुवेदार ईश्वरी भुजेलको हत्या प्रकरणमा उनका श्रीमान् कुमार थापा मगर (टिकटकमा ‘नेपाली ब्रो’का...
आषाढ़ १९ गते, २०८३ - ०८:१३
काठमाडौं । पशुसेवा विभागले बर्डफ्लु संक्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत पन्छी बिक्री–वितरण नगर्न व्यवसायीलाई कडा निर्देशन दिएको छ। संक्रमित पन्छी ब...
आषाढ़ १९ गते, २०८३ - ०८:११
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (असार १९) का लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार ठूलो ने...
आषाढ़ १९ गते, २०८३ - ०८:०९
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको पछिल्ला तीन दिनको थोक मूल्य सूचीअनुसार बजारमा अधिकांश फलफूलको मूल्य स्थिर रहे पनि लिचीको मूल्य...
आषाढ़ १९ गते, २०८३ - ०८:०५
काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ऐन, २०६४ को प्रावधान विपरीत कार्य गरेको भन्दै आरके म्यानपावर ग्रुपलाई कारबाही गरेको छ। विभागले उक्त म...
आषाढ़ १९ गते, २०८३ - ०७:२४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संघीयता खारेज गर्ने पक्षमा नरहेको स्पष्ट पारेको छ। पार्टीका संसदीय दलका उपनेता तथा केन्द्रीय सदस्य ग...
आषाढ़ १९ गते, २०८३ - ०७:०९
काठमाडौं । भेनेजुएलामा गएको विनाशकारी भूकम्पपछि १४० टन भग्नावशेषमुनि आठ दिनसम्म फसेका एक व्यक्तिको जीवितै उद्धार गरिएको छ। यो उद्धारलाई हालसम्मकै सबैभ...
आषाढ़ १९ गते, २०८३ - ०७:०७
खोटाङ । खोटाङकाे जन्तेढुङ्गा गाउँपालिका-२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयलाई उठीबास बनाउँदै आएको छ । एक शताब्दीभन्दा पहिलेदेखि सुरू भएको बोपुङको...
आषाढ़ १९ गते, २०८३ - ०७:०४
काठमाडौं । फिफा विश्वकप २०२६ मा पोर्चुगलले रोमाञ्चक जित निकाल्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। भर्खरै सम्पन्न खेलमा पोर्चुगलले क्रोएसियालाई ...



प्रतिकृया लेख्नुहोस्: