Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

जग्गा फुकुवा भएपछि खुशियाली

परासी ।  पश्चिम नवलपरासीको सुनवल–६ का टेकप्रसाद न्यौपानेसँग जग्गाको लालपूर्जा आफँैसँग छ, उक्त जग्गामा जोतभोग पनि गर्दै आएका छन् तर उनले उक्त जग्गा न त किनबेच गर्न पाउछन् न त धितो राखेर कर्जा लिन ।

सुनवल–१ का विश्व विक सँग पनि आफ्नै नाममा भएको लालपूर्जा छ, तिरो पनि तिर्दै आएका छन् तर जग्गा धितो राख्न खोज्दा रोक्का भएको भन्दै कुनै कारोवार गर्न नपाएपछि समस्यामा परेका छन् । सुनवल–६ की सीता तिमिल्सिनाको पनि उस्तै समस्या छ । विद्युत् जडानका लागि जाँदा जग्गा रोक्का रहेको भन्दै फर्काइएपछि उनी पनि अचम्ममा परेकी छिन् । किन रोक्का भएको र कहिले सम्म फुकुवा हुने भन्ने थाहा छैन ।

उनीहरुजस्तै जिल्ला सुकुम्बासी समस्या समाधान आयोगका तत्कालीन अध्यक्ष मनशोभा पाण्डेको पालामा विसं २०६७ मा लालपूर्जा पाएका साविक नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम र बर्दघाट–सुस्ता पूर्व)का १२ हजार नागरिकले विसं २०६९ देखि यस्तै समस्या भोग्दै आएका छन् ।

आयोगकी तत्कालीन अध्यक्ष पाण्डेले अधिकार दुरुपयोग गर्दै पूर्जा वितरण तथा नक्सा प्रमाणित गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विसं २०६९ मा ती जग्गा रोक्का गरेको थियो ।

अख्तियारले आयोगका पदाधिकारीलाई बयान लिएर छाडेको थियो भने वितरण गरिएका पूर्जा मध्ये उत्तर कुमार मल्लको नाममा दिइएको पूर्जा बदर गरी अन्य जग्गा रोक्का गर्न नपर्ने भनी छानबिनपछि जग्गा फुकुवा मन्त्रालयले गर्न सक्ने गरी फाइल बुझाएको थियो ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट जग्गा फुकुवा भएको थिएन । रोक्का रहेको जग्गा फुकुवा गराउन माग गर्दै स्थानीयले जिल्लादेखि केन्द्रसम्म लामो समयदेखि सङ्घर्ष गर्दै आएको सुनवल नगरपालिकाका उपप्रमुख दधिराम अर्यालले बताए ।

जग्गा रोक्का हुँदा जग्गा किनबेच र बैंकमा धरौटी राखेर कर्जा लिनेदेखि विद्युत्, धाराको मिटर जडान गर्नसमेत नपाएको पीडितले गुनासो गर्दै आएका छन् । पूर्वी नवलपरासीको चोरमाराका ३०९ जनाले भने सर्वोच्च अदालतमा मुद्दा लडेर जग्गा प्राप्त गरेको तर अन्यले अहिले सम्म नपाएको नेकपाका नेता थानप्रसाद गैरेले जानकारी दिए ।

लामो प्रयासपछि भने अहिले मन्त्रालयले जग्गा रोक्का गर्न नपर्ने भनी जिल्ला मालपोत कार्यालय परासी र कावासोतीलाई परिपत्र गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्ममाकुमारी अर्यालले यही मङ्सिर २१ गते मन्त्रीस्तरीय निर्णय गरी जग्गा फुकुवाको निर्णय गरेको मन्त्रालयका शाखा अधिकृत केशवराज भट्टराईले भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई यही मङ्सिर २३ गते पठाएको पत्रमा उल्लेख गरिएको छ ।

यसअघि विसं २०७३ मा पनि मन्त्रीस्तरीय निर्णयबाट फुकुवाको निर्णय भएको थियो तर कार्यान्वयन भएको थिएन । अहिले मन्त्रालयले विभाग र विभागले मालपोत कार्यालयलाई परिपत्र गरेपछि कार्यान्वयन हुने आशाले पीडितमा खुशियाली छाएको छ ।

विभागलाई लेखिएको पत्रमा भनिएको छ, “विसं २०७३ फागुन १० मा भएको मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयले विभागलाई गरेको परिपत्रमा उल्लेख भएकै व्यहोरा–‘विगतमा गठन भएका आयोग÷समितिबाट जग्गा वितरणका सम्बन्धमा निर्णय भई तयार भएका नक्सा, फिल्डबुक, प्लट रजिस्टर र स्रेस्ताका आधारमा अधुरो काम पूरा गर्ने सन्दर्भमा भएका निर्णयबाट सोभन्दा अघिदेखि हुँदै आएका काम कारवाही नापी र मालपोत कार्यालयबाट रोक्का राख्नुपर्ने अवस्था नदेखिएकाले सोही बमोजिम गर्नु’ भन्ने आधारमा मन्त्री अर्यालले सोही अनुसार कार्यान्वयन गर्न आदेश दिएका छन् ।

सोही अनुसार विभागले पनि सक्कल फाइल फिर्ता पठाउँदै रोक्का नराख्न जिल्ला मालपोत कार्यालयलाई यही मङ्सिर २५ गते शाखा अधिकृत रमेश लुइँटेलको हस्ताक्षरमा परिपत्र पठाएको छ । लामो प्रयासपछि जग्गा फुकुवा भएको भन्दै अहिले जिल्लाका जग्गा पीडितमा खुशियाली सुनवलकी महिला अगुवा विमला अर्यालले बताइन् ।

जिल्लाका सांसद, राजनीतिक दल, जनप्रतिनिधि तथा पीडितको संयुक्त प्रयासमा जग्गा फुकुवा गराउन सफल भएको मन्त्रालयमा दबाब दिन गएको प्रतिनिधि मण्डलका सदस्य एवं पूर्वसांसद सिन्धु जलेसाले जानकारी दिए । पश्चिम नवलपरासीको सुनवल र बर्दघाटमा धेरैको जग्गा रोक्का थियो । रासस

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy