Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदलाई पदमुक्त गर्न पत्र दर्ता गरेको छ । एमाले दलका नेता यामलाल कँडेलले आज प्रदेशसभा सचिवालयमा ती सांसदलाई पदमुक्त गर्ने व्यहोराको पत्र पठाएका हुन् ।

प्रदेशसभा सचिव जीवराज बुढाथोकीले सचिवालयमा पत्र दर्ता भइसकेको जानकारी दिए । एमालेले यसअघि मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिएपछि वैशाख ३ गते प्रदेशसभामा विश्वासको मतउपर मतदान भएको थियो । उक्त मतदानमा पार्टीको निर्णयरनिर्देशन (ह्वीप) विपरीत एमालेका चार प्रदेशसभा सदस्यले मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेर माओवादी केन्द्र नेतृत्वको सरकार जोगाइदिएका थिए ।

शुक्रबार बसेको एमालेको १० औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकले प्रदेशसभामा ‘फ्लोर क्रस’ गर्ने सल्यान १ (ख) का प्रकाश ज्वाला, दैलेख १ (ख) का अम्मरबहादुर थापा, कालीकोट १ (क) का कुर्मराज शाही र डोल्पा १ (क) का नन्दसिं बुढालाई पदमुक्त गर्ने निर्णय गरेको थियो । एमालेले प्रदेशसभा सदस्य, दलको जिम्मेवारीका साथै पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । प्रदेशसभा सचिवालयमा दर्ता भएको पत्रमा भनिएको छ, “निज सांसदहरूको गैरजिम्मेवार, असंसदीय र लज्जास्पद गतिविधिबाट लोकतन्त्र र दलीय पद्धतिमाथि आँच आउने ठहर गर्दै प्रदेशसभा दल र पार्टी प्रदेश कमिटीको सिफारिसका आधारमा कारबाही गरिएको छ ।”

मुख्यमन्त्री शाहीले ‘फ्लोर क्रस’ गर्नेमध्ये थापा, शाही र बुढालाई मन्त्री पदमा नियुक्त गरिसकेका छन् । सरकारमा थापा भौतिक पूर्वाधार विकास, शाही भूमि व्यवस्था, कृषि तथा सहकारी र बुढा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छन्।

प्रदेशसभा सचिवालयले अबको १५ दिनभित्र उनीहरुलाई सांसद पदबाट हटाएको जानकारी प्रदेशसभालाई गराउनुपर्नेछ । सो सूचनालगत्तै ती सांसद स्वतः पदमुक्त हुनेछन् । एमालेले आफ्ना चार सांसदको पदमुक्त गरेसँगै कर्णाली प्रदेशसभा अब ३५ सदस्यीय हुनेछ । यसअघि दल त्याग गरेको भन्दै माओवादी केन्द्रले सांसद धर्मराज रेग्मीलाई पदमुक्त गरेको थियो । रेग्मी हाल एमालेको केन्द्रीय सदस्य तथा प्रदेश कमिटी सचिव छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies