Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

गरीबीका कारण सानै उमेरमा विवाह

जाजरकोट । पढाइमा कमजोर तथा घरको आर्थिक अवस्था कमजोर रहेका परिवारका बालबालिकाले उमेर नपुग्दै विवाह भएको पाइएको छ । उमेर नपुग्दै विवाह नगर्न आग्रह गर्दा पनि बालविवाह गर्ने क्रम नरोकिएको पञ्च भयार माध्यामिक विद्यालयका शिक्षिका नन्दा शाहीले जानकारी दिइन् । आर्थिक अवस्था कमजोर भएका छात्राको उमेर नपुग्दै बिहे हुने गरेको छ । विभिन्न आर्थिक प्रलोभनमा परेर, कम उमेरमा बिहे गर्नेको सङ्ख्या बढेको सरोकारवाला बताउँछन् । आर्थिक अवस्था कमजोर भएका परिवारका छोरी धनीसँग बिहे गरेमा राम्रो लगाउने, मीठो खाने भ्रमका कारण छिटो बिहे हुने गरेको छ । कम उमेरका छात्रा र छात्र देखासिकी गरेर लहलहैमा बिहे हुने गरेको पनि पाइएको छ । अभिभावकको उक्सावट, सानै उमेरमा नाति, नतिना देख्ने सोचका कारण अधिकांशको सानै उमेरमा बिहे हुने गरेको छ । गैरदलित भन्दा दलित समुदायका छात्रछात्रा सानै उमेरमा बिहे गर्ने गरेको शिक्षक बताउँछन् । विद्यालयमा कक्षा छोड्नेको सङ्ख्या दलित समुदायकै रहेको पाइन्छ । स्थानीय सरकार, विभिन्न सामाजिक क्षेत्रमा काम गर्ने सङ्घ, संस्थाले बालविवाह न्यूनीकरणका लागि अभियान चलाए पनि दुरदराजको भू–भागमा सानै उमेरमा बिहे गर्नेको सङ्ख्या अत्यधिक रहेको छ । जिल्लामा बिहे गर्ने उमेरका अधिकांश किशोरीहरु आमा बनेका छन् । ग्रामीण क्षेत्रमा सञ्चार माध्यमको पहुँच नहुनु र आमा, बाबाले छिटो नातिनातिना भएको देख्ने चाहनाले गर्दा बालविवाहको क्रम रोकिएको छैन । खासगरी बालिकालाई रजस्वला हुनुअघि नै बिहे गरिदिनु पर्छ भन्ने मान्यता पनि कतिपय समुदायमा रहेको छ । बिहेपछि पढाइ र आमा, बच्चाको अवस्था कमजोर भएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए । विद्यालयमा पढ्दापढ्दै बिहे गर्दा अधिकांशले पढाइ छाडेर घर सम्हालेर बसेका छन् । केहीले सानै उमेरमा बिहे भएकामा पछि पछुतो मान्ने गरेको पनि शाह बताउछन् । विद्यालयमा पढ्दापढ्दै धेरैजसो छात्रछात्राको विवाह हुने गरेकाले उनीहरुले पढाइलाई निरन्तरता दिन नसकेको सेफ द चिल्डे«नका मनोज सुनुवारले जानकारी दिए। कम उमेरमा विवाह गरेर उमेर नपुग्दै आमा बन्दा मानसिक, शारीरिक असर पर्नुका साथै बिहे गर्ने उमेरमा सम्बन्ध विच्छेद हुने घटना बढेको छ । जिल्ला अदालतको एक तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा दर्ता भएको ५१ वटा सम्बन्ध विच्छेदका मुद्दामा ४१ जोडीको उमेर ३० वर्ष मुनि रहेको छ । यी सबै सम्बन्ध विच्छेद गर्ने जोडीको विवाह १९ वर्ष नपुग्दै भएको थियो । मुलुकी देवानी तथा फौजदारी संहितामा २० वर्ष नपुग्दै विवाह गरेको पाइए बालविवाह ठहर हुने उल्लेख छ । बालबालिकाको स्थिति प्रतिवेदन अनुसार जाजरकोटमा ६७ हजार ३३२ जना विवाहितमध्ये १९ वर्ष नपुग्दै ४९ हजार ८६२ अर्थात ७४ प्रतिशतले विवाह गर्ने गरेका छन् । प्रतिवेदन अनुसार १६५ जनाले १० वर्षकै उमेरमा विवाह गरेको उल्लेख छ । १० देखि १४ वर्षसम्मका पाँच हजार ६६८ जनाले बालविवाह गरेका छन् । त्यस्तै १५ देखि १९ वर्षको उमेरमा ४४ हजार २९ जना बालबालिकाको विवाह गरेको उक्त प्रतिवेदनमा उल्लेख छ । बालविवाह गर्नेमा बालकको तुलनामा बालिकाको सङ्ख्या धेरै रहेको छ । बालविवाह गरेका मध्ये ६२ दशमलब ८७ प्रतिशत बालिका र ३७ दशमलब १३ प्रतिशत बालक रहेका छन् । रासस

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy