Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

यौनजन्यपीडितलाई समेट्नुपर्ने महिलाको माग

काठमाडौँ। द्वन्द्व प्रभावित महिलाको राष्ट्रिय भेलाले द्वन्द्वपीडितले न्याय नपाएको विषयमा अविलम्ब छानबिन प्रक्रिया शुरु गर्नुपर्नेलगायत १२ बँुदे घोषणापत्र जारी गरेको छ । मानवअधिकारका लागि महिला, एकल महिला समूहको आयोजनामा यही पुस ४ र ५ गते सम्पन्न भेलाले द्वन्द्वपीडितको परिभाषाभित्र यातनापीडित तथा यौनजन्य हिंसाका पीडितको परिभाषा गरिनुपर्नेमा पनि जोड दिएको छ । त्यसैगरी विस्तृत शान्ति सम्झौतापछि पनि द्वन्द्वकै प्रभावबाट पीडित भएका महिलाका सम्बन्धमा यथाशिघ्र छानबिन गरी पीडितलाई न्याय र क्षतिपूर्ति दिनइनुपर्र्ने, सत्य निरुपण तथा मेलमिलाप आयोगलगायत व्यक्ति बेपत्ता सम्बन्धी छानबिन आयोगको कार्यावधि समाप्त भएकाले दुवै आयोगलाई पुनर्गठन गरेर प्रभावकारी ढङ्गले न्याय स्थापित गरिनुपर्ने माग पनि गरिएको छ । सबै वर्गका द्वन्द्व प्रभावित महिलाको साझा सङ्गठनको रूपमा रहेको निष्पक्ष संस्थालाई निरन्तर यस क्षेत्रमा वकालत गर्नका लागि स्रोत, साधन र प्रविधि उपलब्ध गरिनुपर्ने, द्वन्द्वपीडितको परिभाषामा संशोधन हुनलागेको मस्यौदा विधेयकमा निशस्त्र र सशस्त्र भन्ने दुविधायुक्त शब्द हटाउनुपर्ने घोषणापत्रमा उल्लेख छ । द्वन्द्वपीडितका सही तथ्याङ्क नभएका कारण अब गरिने जनगणनामा द्वन्द्वपीडित महिला तथा पुरुषको छुट्टाछुट्टै तथ्याङ्क उपलब्ध गराइनुपर्ने, यौन हिंसा र बलात्कारमा परेका महिलाले अगाडि आएर केही भन्न नसकेको अवस्थामा तिनकोे भावनालाई सम्मान गर्न र बेपत्ता पारिएकाको सम्मानका लागि शान्ति स्मारक निर्माणका कार्यहरु शिघ्र गर्नुपर्नेमा पनि जोड दिइएको छ । बलात्कार, यातना र यौनजन्य हिंसाजस्ता जघन्य अपराधका पीडितको प्रारम्भिक अनुसन्धान गरी तत्काल अन्तरिम राहत, औषधि उपचार, कानूनी सहायता र मनोसामाजिक परामर्श उपलब्ध गराउनुपर्ने, द्वन्द्वकालीन समयमा बलात्कारबाट गर्भ रहन गएका बालवालिकाको जन्मदर्ता गरिनुपर्ने पनि माग गरिएको छ । सूचीकृत नभएका सबै प्रकृतिका द्वन्द्वपीडितको अभिलेखीकरण गरी तत्काल अन्तरिम राहतको व्यवस्था गर्नुपर्ने र सशस्त्र द्वन्द्वका क्रममा पीडित तथा प्रभावित बालबालिकालाई उच्च शिक्षा र मनोसामाजिक सहयोग उपलब्ध गराई अभिभावक गुमाएका बालबालिकाको सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्ने घोषणापत्रमा उल्लेख छ । उक्त भेलामा सातै प्रदेशका १३७ महिला सहभागी थिए । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले द्वन्द्वपीडित महिलालाई न्याय दिन सरकार प्रतिबद्ध रहेको कसरी न्याय दिन सकिन्छ भन्ने बारेमा आन्तारिक रूपमा छलफलसमेत भइरहेको बताए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending