Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

दाङ बस दुर्घटनाः २३ जनाको मृत्यु, १२ जनाको सनाखत (अपडेट)

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका ३ राम्रीमा शुक्रबार बेलुकी भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २३ जना पुगेको छ । १४ जना गम्भिर घाइते भएका छन् भने १२ जनाको सनाखत भएको छ । कृष्णसेन ईच्छुक पोलिटेक्निकल इनिष्टिच्यूडका विद्यार्थी चढेको बा ४ ख ९७६६ नम्बरको बस राम्रीमा दुर्घटना भएको हो। दुर्घटनाका १९ पुरुष र ४ महिलाको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका १७ गैरागाउँस्थित सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका वन वातवरणका विद्यार्थी सल्यानको मूलपानीमा रहेको वनस्पती उद्यानको अध्ययन गरेर फर्कने क्रममा बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। मृत्यु हुनेमा बसचालक घोराही उपमहानगरपालिका ३ का मदन खत्री क्षेत्री, शिक्षालयका शिक्षकहरु घोराही उपमहानगरपालिका १७ का २८ वर्षीय प्रदिप घिमिरे, रुकुम भुमे गाउँपालिका ६ का २८ वर्षीय नरेश वली,विद्यार्थीहरु घोराही उपमहानगरपालिका १४ घोराहीका १९ वर्षीय विजय घर्ती, बबई गाउँपालिका ५ का २१ वर्षीय बबिता खत्री, दंगिशरण गाउँपालिका १ का २० वर्षीय सञ्जीत रत्गैयाँ, जुम्ला चन्दननाथ नगरपालिका ६ का १६ वर्षीया कुशुम रावल, जाजरकोट भेरीगंगा नगरपालिका ४ का १७ वर्षीय आतिस नेपाली, कञ्चनपुर कृष्णपुर नगरपालिका ५ का १७ वर्षीय खेमराज भट्टको मृत्यु भएको छ। त्यसैगरी, जुम्ला चन्दननाथ नगरपालिका ३ का १७ वर्षीय हिम्मत बोहरा, जुम्ला कन्कासुन्दरी गाउँपालिका ५ का २० वर्षीय विरेन्द्र कन्डरा र जुम्ला हिमा गाउँपालिका ५ का १७ वर्षीया शैलजा शाहीको पनि दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। दुर्घटनामा गम्भिर घाइतेहरुको कोहलपुर र नेपालगञ्जमा उपचार भइरहेको छ। बसमा ३३ विद्यार्थी, २ शिक्षक र बसका २ जना स्टाप गरि ३७ जना रहेको बुझिएको छ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending