Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

मिदिम खोला लघुजलविद्युत् आयोजना ग्रीडमा जोडियो

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले सय किलोवाटभन्दा कम क्षमताका लघुजलविद्युत्लाई राष्ट्रिय प्रसारणको लाइन (ग्रीड) मा जोड्न स्वीकृति दिएपछि पछिल्लोपटक लमजुङको मध्यनेपाल नगरपालिकास्थित करापुटारमा निर्माण भएको मिदिम खोला लघुजलविद्युत् आयोजना ग्रीडमा जोडिएको छ । सय किलोवाट क्षमताको सो आयोजना मदरल्याण्ड इनर्जी ग्रुप र पावर टेक नेपालको प्राविधिक सहयोगमा ग्रीडमा जडान भएको हो । यस आयोजनाबाट उत्पादित विद्युत् भोर्लेटारस्थित ११ केभी लाइनमा जोडिएको ग्रुपका अध्यक्ष कृष्णप्रसाद देवकोटाले जानकारी दिएयो । ‘‘प्राविधिक टोलीले १५ दिनको परीक्षणपछि सो आयोजनाबाट उत्पादित विद्युत्लाई सफलतापूर्वक ग्रीडमा जोडिएको हो ।’’ प्राधिकरणको बोर्डले २०७१ साउनमा १०० किलोवाटमुनिका लघुजलविद्युत् आयोजनालाई केन्द्रीय प्रसारणलाइनमा जोड्न सकिने निर्णय गरेपछि चारवटा आयोजना ग्रीडमा जोडिएका हुन् । प्राधिकरणका अनुसार यसअघि नुवाकोट स्याउरेभूमे खोलाको २३ किलोवाट, धनकुटाको लेगुवा खोलाको ४० किलोवाट र ताप्लेजुङ सेगुवा खोलाको ९० किलोवाट विद्युत् ग्रीडमा जोडिएको छ । यी सबै आयोजनाको विद्युत् ११ केभी लाइनमा जोडिएको छ । हाल लघुजलविद्युत्मा करीब २८ प्रतिशत विद्युत् मात्रै उपयोग भएको छ । ७२ प्रतिशत खेर गएको छ । त्यसलाई उपयोग गर्न ग्रीडमा जोड्नुको विकल्प नभएको बताउँदै ग्रामीण जीविकोपार्जनका लागि नवीकरणीय ऊर्जा कार्यक्रमका ग्रीड इन्टरकनेक्सन विज्ञ जीवनकुमार मल्लिक भन्नुहुन्छ, ‘‘विद्युत् आदानप्रदान गर्न हालको जस्तो पिपिएले सम्बोधन नगर्ने भएकाले पिपिएको सट्टा विद्युत् आदानप्रदान(पिइए) गर्नुपर्ने हुन्छ ।’’ लघुजलविद्युत्लाई ग्रीडमा जोड्न पिपिएदेखि अन्य प्रक्रिया ठूला आयोजनासरह नै रहेको छ । लघुजलविद्युत्लाई सामान्य फाराम भरेर मात्रै ग्रीडमा जोड्न सकिने गरी सरलीकरण गर्नु आवश्यक रहेको बताउनुहुन्छ नेपाल लघु जलशक्ति विकास संस्थाका अध्यक्षसमेत रहेका देवकोटा । देशभरका लघुजलविद्युत् आयोजनाहरुलाई ग्रीडमा जोड्न सकिएमा केन्द्रीय प्रशारण पुगेपनि बन्द हुनुपर्ने अवस्थाको अन्त्य भई सरकार, दातृ निकाय र जनताको लगानी खेर नजाने उहाँको भनाइ छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending