पौष ७ गते, २०७५ शनिवार 22nd December, 2018 Sat१४:४२:१४ मा प्रकाशित
काठमाडौँ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी तेस्रो बैठकमा नेताहरुले धारणा राख्नेक्रम आज पनि जारी रह्यो । पार्र्टी केन्द्रीय कार्यालय धूम्रवाराहीमा बसेको बैठकमा राजनीतिक प्रतिवेदनमाथिको छलफलमा हालसम्म ४६ स्थायी कमिटी सदस्यले विचार राखेका छन् ।
आजको बैठकमा नेता माधवकुमार नेपाल, झलनाथ खानाल, विष्णु पौडेल, रामबहादुर थापा र गिरिराजमणि पोखरेलले धारणा राखेका नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीलाई जानकारी दिए ।
उहाँका अनुसार नेता प्रदीप ज्ञवाली अमेरिका भ्रमणपछि आज मात्रै आउनुभएकाले भोलिको बैठकमा धारणा राख्नु हुनेछ । आजको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले हालै अमेरिकी विदेशमन्त्रीको निमन्त्रणामा गर्नुभएको अमेरिका भ्रमण र दुईपक्षीय वार्ताको बारेका जानकारी गराएका थिए । परराष्ट्रमन्त्रीको भ्रमण र वार्ता अत्यन्त सकारात्मक र फलदायी भएको बैठकलाई जानकारी दिनुभएको प्रवक्ता श्रेष्ठले उल्लेख गरे ।
यता वरिष्ठ नेता झलनाथ खनालले बैठकमा नेताले बोल्ने क्रम समाप्त भएकाले प्रतिवेदनउपर अध्यक्षद्वयले आफ्नो धारणा राखेपछि प्रतिवेदनको टुङ्गो लगाइने बताए ।
गत मङ्सिर २९ देखि भएको बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथिको छलफल चलिरहेको हो । प्रतिवेदनमा सरकारका उपलब्धि, पार्टीका काम, सचिवालयबाट अहिलेसम्म भए गरेका कार्य तथा निर्णयका साथै जिल्ला तथा जनसङ्गठनको एकतालगायत विषय समावेश छन् ।
बैठकमा सरकारका कार्यसम्पादनका बारेमा नेताले धारणा राराखेका छन् । अधिकांश नेताले पार्टी र सरकारमाथि विभिन्न शक्तिबाट आक्रमण भइरहेको अहिलेको समयमा आन्तरिक एकता सुदृढ गरेर जानुपर्नेमा सुझाव दिएका छन् ।
प्रतिवेदनउपर छलफल चलिरहँदा नेताबाट प्राप्त सकारात्मक सुझावलाई सम्बोधन गरेर समृद्ध बनाउँदै भए गरेका कामको सबल र कमीकमजोरीका पक्षलाई केलाएर आम पार्टी पङ्क्ति र कार्यकर्तालाई उत्साहित ढङ्गले बाँकी कार्यभार पूरा गरेर अघि बढ्ने बैठकले निष्कर्ष निकाल्ने नेता विश्वकर्माले उल्लेख गरे ।
नेता छविलाल विश्वकर्माका अनुसार भोलिको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले केही विषयमा समय माग गरेर बोल्ने कार्यक्रम छ । उनले पार्टी एकीकरणलाई अविलम्ब टुङ्ग्याउनुपर्ने अहिलेको आवश्यकतालाई मध्यनजर गर्दै सरकारका काम कारवाहीलाई अझ प्रभावकारी ढङ्गले अघि बढाउने पनि बैठकले निचोड निकाल्ने बताए ।
साथै सरकारलाई घाइतेको उपचार र पीडितप्रति समवेदित हँुदै गर्नुपर्ने काम उपयुक्त ढङ्गले तीव्र पार्न पनि अनुरोध गरेको छ ।
यसैबीच नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले बैठकपछि विज्ञप्ति जारी गरेर गत मङ्सिर २९ देखि शुरु भएको स्थायी कमिटीको तेस्रो बैठक पार्टी केन्द्रीय कार्यालयमा आज बिहान ८ः१५ बजे आरम्भ भएर ११ः३० बजेसम्म सञ्चालन भएको र बैठकमा पाँच जना नेताले राजनीतिक प्रतिवेदनका सम्बन्धमा आफ्नो विचार व्यक्त गरेको बताएका छन
।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदेशमन्त्रीको हैसियतमा आफ्नो अमेरिकाको औपचारिक एवं सफल भ्रमणका सम्बन्धमा बैठकलाई जानकारी गराएका थिए ।
बैठकले शुक्रबार अपराह्न शैक्षिक अवलोकन गरेर फर्कने क्रममा दाङको राम्री भन्ने स्थानमा बस दुर्घटनामा परी दुःखद् निधन हुनेप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकूल परिवार जनमा गहिरो समवेदना प्रकट गरेको छ । घाइतेहरुको प्रभावकारी उपचारका लागि आवश्यक प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेको विज्ञप्तिमा जनाइएको छ । स्थायी कमिटीको अर्को बैठक आइतबार बिहान ८ बजे पुनः बस्ने छ ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: