Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

खुम्बुवान र तराईमुक्ति मोर्चाले सरकारलाई बुझाए हतियार

इनरुवा। सुनसरी सदरमुकाम इनरुवामा आज खुम्बुवान मुक्तिमोर्चा (संयुक्त) ले नेपाल सरकारलाई आफूसँग रहेको हतियार बुझाएको छ । खुम्बुवान मुक्तिमोर्चा (संयुक्त) र नेपाल सरकारका वार्ता टोली संयोजक सोमप्रसाद पाण्डेबीच वार्ता सकारात्मक भएपछि सरकारका वार्ता टोली संयोजक पाण्डेलाई हतियार बुझाएको हो । जिल्ला प्रशासन कार्यालय सुनसरीमा मोर्चाका वार्ता टोली संयोजक डेविड खुम्बुले हतियार बुझाएको हो । कार्यक्रममा मोर्चाले एक थान मास्केट, चार थान भरुवा बन्दुक, एक थान पेस्तोल र भरुवा बन्दुकमा लाग्ने गोली र चार थान पेस्तोलमा लाग्ने गोली बुझाएको नेपाल सरकारका वार्ता टोलीका सदस्य सुरेश आलेमगरले जानकारी दिए । नेपाल सरकारलाई हतियार बुझाएपछि मोर्चाका वार्ता टोली संयोजक खुम्बुले आफू शान्तिपूर्ण राजनीतिकमा आएको बताए । त्यसैगरी आजै सदरमुकाम इनरुवामा जनतान्त्रिक तराई मुक्तिमोर्चा (विवेक समूह) ले पनि हतियार बुझाएको छ । नेपाल सरकारका वार्ता टोली संयोजक सोमप्रसाद पाण्डेलाई हतियार बुझाएको सरकारका वार्ता टोली सदस्य लीला भण्डारीले जानकारी दिए । जनतान्त्रिक तराई मुक्ति मोर्चा (विवेक समूह) का वार्ता टोली संयोजक विनोदकुमार यादव भन्ने विवेक यादवले एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई थान गोली सरकारका वार्ता टोली संयोजक पाण्डेलाई बुझाएका हुन् । हतियार बुझाउने कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख राजन अधिकारी, सशस्त्र प्रहरी सुनसरीका प्रमुख सुरेशकुमार श्रेष्ठ, नेपाली सेनाका घनश्याम भट्टराई, राष्ट्रिय अनुसन्धान आयोग सुनसरीका प्रमुख टीकाप्रसाद पोखरेललगायतको सहभागिता रहेको थियो । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy