सेनाद्वारा निर्माण भइरहेको द्रुतमार्गको प्रगति सन्तोषजनक
पौष ७ गते, २०७५ शनिवार 22nd December, 2018 Sat१६:३७:२० मा प्रकाशित
काठमाडौँ। राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई÷मधेश द्रुतमार्गको काम नेपाली सेनाले जिम्मा लिई काम गरिरहेकामा हालसम्मका कार्य सन्तोषजनक रुपमा अघि बढेको पाइएको छ ।
शुक्रबार प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिका सदस्य सांसदको एक टोलीले द्रुतमार्गको जिरो किमी निजगढदेखि सेनाका विभिन्न क्याम्पअन्तर्गत भइरहेका कामको निरीक्षण गर्दा हालसम्मको प्रगति सन्तोषजनक पाइएको हो ।
समितिका सभापति कल्याणीकुमारी खड्काको नेतृत्वमा गएको टोलीमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल र माधवकुमार नेपाललगायत सांसद अनिलकुमार झा, इन्दुकुमारी शर्मा, गणेशकुमार पहाडी, दामोदर भण्डारी, देवप्रसाद तिमल्सेना सहभागी थिए । टोलीमा सेनाका आयोजना प्रमुख योगेन्द्रबहादुर खाँड, उपरथी प्रभुराम शर्मा, समितिका सचिव वंशीराज पौडेल, विभिन्न मन्त्रालयका प्रतिनिधि, पत्रकारलगायत २५ जना सामेल थिए ।
काठमाडौँबाट निजगढसम्म हेलिकप्टरमा गएको टोलीले निजगढको जिरो किमीदेखि मोहोरीसम्म गाडीमा स्थलगत भ्रमण गरेको थियो । त्यहाँ सेनाका मेजर राजेशकुमार देवले आयोजनाको कामबारे जानकारी दिएका थिए । सो क्याम्पअन्तर्गत १० किमी क्षेत्रमा कटिङ तथा फिलिङको काम भइरहेको उनले जानकारी दिए । उनले कटिङ गरेपछि पहिरो जाने समस्याले केही अवरोध सिर्जना भइरहेको बताए ।
सो अवसरमा स्थानीयवासी रविराज दङ्गालले द्रुतमार्ग बन्दा स्थानीय जनता खुशी रहेको तर ढिलासुस्ती होला कि भन्ने चासो रहेको बताए । उनले स्थानीयवासीलाई रोजगारी र स्थानीय साधन स्रोत प्रयोग होस् भन्ने धारणा राखे । नेपाली काङ्ग्रेसका महासमिति सदस्य मीना लामाले सेनाले गरेको काम छिटो भएको छ, सेनाले विश्वास आर्जन गरेको छ भन्दै सेनालाई नै काम दिएमा द्रुतमार्गको काम छिटो हुने बताए ।
सेनाको अर्को क्याम्प मकवानपुरको बकैया गाउँपालिका, राजदमारमा सेनाको निर्माण कार्यदल प्रमुख महासेनानी पुरुषोत्तम कार्कीले सो क्याम्पअन्तर्गत आठ किमीमा पुलबाहेक फिलिङको काम तहतहमा भइरहेको जानकारी दिए । कल्भर्टको काम पुस १५ सम्ममा सकिने र पुल भने अर्को वर्षदेखि शुरु हुने बताए । उनले कान्ति राजपथलाई बचाउन डब्लु डाँडामा सुरुङ प्रस्ताव गरिएको पनि बताए ।
राजदमारका स्थानीयवासी रामकुमार थिङ र राजन दङ्गालले सो स्थानमा धरान–चतरा हुँदै मदन भण्डारी लोकमार्ग पनि जोडिने भएको र सरकारले इन्टरचेन्जका लागि जग्गा अधिग्रहण गरिसकेकाले इन्टरचेन्ज सोही स्थानमा बन्नुपर्ने बताए ।
रामेछापमा जन्मी ३८ वर्षदेखि सो स्थानमा बस्दै आएका ८० वर्षीय दण्डपाणी दाहालले यो बाटो आफ्नै पालामा बन्ने हो कि होइन भनी आशङ्का व्यक्त गर्नुभएको थियो भने पूर्व प्रधानमन्त्री खनालले अब यो बाटो चाँडै बन्छ, केही वर्षमै तपाईं गाडी चढेर काठमाडौँ पुग्न सक्छन् भनेर आश्वस्त बनाएका थिए ।
सेनाको अर्को क्याम्प मकवानपुरको बुदुनेमा त्यहाँका प्रमुख प्राविधिक सेनानी अरविन्द श्रेष्ठले २०७४ साउन १९ देखि सो क्याम्प स्थापना भई डिजाइनअनुरुप काम भइरहेको र त्यस क्षेत्रमा ११ वटा पुल बन्ने जानकारी दिए । उनले कटिङ र फिलिङमा जनशक्ति खटाइएको र यो आर्थिक वर्षभित्र सकिने बताउँदै सो काम ७९ दशमलब १ प्रतिशत पूरा भइसकेको बताए । उनले स्थानीयवासीका माग र गुनासा सम्बन्धमा स्थानीयस्तरमै छलफलबाट समस्या सुल्झाइने गरेको र कुनै अवरोध नभएको बताए ।
स्थानीयवासी हेटौँडा उपमहानगरपालिका, एक्लेखेतका बाबुराम न्यौपानेले इन्टरचेन्ज (लिंक रोड जोडिने ठाउँ) अन्यत्र राख्ने चर्चा भइरहेको छ तर हेटौँडाको सडक स्थानीय जनतालाई सुविधा हुने गरी गाउँको बीचबाटै ल्याई यहाँ इन्टरचेन्ज राखिनुपर्ने बताए ।
सेनाको अर्को क्याम्प रहेको मकवानपुरको लेनडाँडामा क्याम्प प्रमुख इञ्जिनीयर विनोद श्रेष्ठले सिवालिकको धेद्रेडाँडादेखि महादेवटारसम्म सबैभन्दा लामो तीन दशमलब तीन किमीसहित तीनवटा सुरुङ मार्ग प्रस्ताव गरिएको जानकारी दिए। उनले कान्ति राजपथ जोगाउन डब्लु डाँडामुनिबाट सुरुङ बनाइने बताए ।
शिवालिक र महाभारतको मिलन हुने मेन बाउण्डरी थ्रस्ट यहाँ पर्ने भएकाले सो कुरालाई ध्यानमा राखी सुरुङको डिजाइन गरिएको उनले बताए । सुरुङ मार्गले केही खर्च बढे पनि पाँच मिनेट यात्रा समय घट्ने पनि उनले बताए ।
निर्माण कार्यदल, काठमाडौँको मख्खुबेँसीमा प्राविधिक सेनानी अजित श्रेष्ठले यहाँ निर्माण भइरहेको नौ किमीमा पाँच ठाउँमा अण्डरपास पर्ने, ११ ठाउँमा पुल बन्ने बताए । उनले कटिङको काम ७४ प्रतिशत सम्पन्न भइसकेको र दुई महीनामा कटिङ सम्पन्न हुने बताए । यस खण्डमा एक किमी मात्र ललितपुर र बाँकी सबै काठमाडौँमा पर्ने उनले बताए। मख्खुबेँसी द्रुतमार्गमा पर्ने काठमाडौँ उपत्यकाको सबैभन्दा दक्षिणी बिन्दु हो ।
कूल १० वटा क्याम्पमध्ये काठमाडौँतर्फबाट दोस्रो सो क्याम्पले २०७४ असारदेखि काम शुरु गरेको श्रेष्ठले जानकारी दिए । यस क्षेत्रमा वाग्मतीमा ९० मिटर र १५० मिटरका लामा पुल बन्ने पनि उनले बताए । सो क्षेत्रमा २७२ रुख कटान गरी जिल्ला वन कार्यालयलाई बुझाइएको पनि उहाँले जानकारी दिए ।
आयोजना प्रमुख उपरथी खाँडले सेनाले सो सडक बनाउँदा नेपालकै श्रम सीप उपयोग गरेर कम खर्चमै निर्माण गर्न लागेको बताए । उनले द्रुतमार्गको कूल खर्च भने कोरियाली कम्पनीबाट विस्तृत परियोजना प्रतिवेदन आएपछि मात्र यकिन हुने र यदि रेखाङ्कन परिवर्तन गर्नुपर्ने भएमा मन्त्रिपरिषद्ले मात्र गर्नसक्ने बताए । उनले द्रुतमार्गमा जम्मा छ किमी सुरुङ मार्ग बन्ने पनि जानकारी दिए ।
उहाँले कटिङको काम ७०–८० प्रतिशत पूरा भइसकेको तथा अब तीन/चार महीनामा फिलिङको काम सकिने बताए । उनले आयोजनामा सेनाका २१ वटा स्काभेटर प्रयोगमा ल्याइएको र सबै गरी १०० वटाभन्दा बढी स्काभेटरले काम गरिरहेको बताए ।
नेपाली सेनाका योजना तथा डिजाइन महाशाखाका महासेनानी शरदलाल श्रेष्ठले हाल सेनाले द्रुतमार्गको एशियाली विकास बैंकको प्रतिवेदन, सरकारले अधिग्रहण गरेको जग्गा र एशियाली मापदण्डलाई आधार बनाएर कार्य गरिरहेको र विस्तृत परियोजना प्रतिवेदन आएपछि दु्रतमार्गको कामले गति लिने बताए ।
निरीक्षण भ्रमणको अन्त्यमा मख्खुबेँसीमा समिति सभापति खड्काले स्थलगत भ्रमणबाट द्रुतमार्ग निर्माणबारे राम्रो जानकारी भएको र सेनाले उत्साहका साथ काम गरेको पाइएको र आफू कामबाट प्रभावित भएको बताए । सेनालाई कामका लागि धन्यवाद दिदै यसै क्रमले काम भएमा सेनाले गत वर्ष वैशाखमा जिम्मेवारी पाएकामा चार वर्षमा द्रुतमार्गको काम पूरा हुनसक्ने उनले अपेक्षा गरे ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: