Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

मुुसलमान समुदायनै भन्छन्- दाइजो लिनु र दिनु पाप हो

विराटनगर। दाइजोलाई हराम (अवैध) मानेका मुसलमान समुदायमा पछिल्लो समयमा दाइजो प्रथाले विकराल रूप लिँदै आएको छ । कुनै समयमा बिना लेनदेन आपसी सल्लाह र समझदारी हुने विवाह अहिले दाइजो प्रथाले जरा गाड्दै गएपछि मुसलमान समुदाय पनि चिन्तित छन् । दाइजो लिनु र दिनु दुवै हराम मानेका मुसलमानहरू किन दाइजो लिन तम्सेका छन् आश्चर्य मान्दै मुसलमान धर्म गुरु मौलाना गुलाम रसुल भन्छन् , “पवित्र धार्मिकग्रन्थ ‘कुरान’ को उपहास गर्ने मुसलमानलाई अल्लाहले माफ गर्ने छैन ।” दाइजो प्रथा आफँैमा अस्वीकार्य कुरा हो, तर पनि दाइजो दिन मुसलमान समुदायका मानिस बाध्य छन् । दाइजोमा मुसलमान समुदायका मानिसले अहिले नगद, मोटरसाइकल, जिन्सी सामान र फर्निचरका सामान माग्ने गरेका छन् । समुदायमा केहीले जवान छोरीलाई घरमा राख्नुभन्दा दाइजो दिएर विवाह गर्नु नै उत्तम हो भन्ने मान्यता राख्न थालेका छन् । दाइजोले उग्ररूप लिएपछि प्रदेश नं २ को वीरगञ्जबाट शुरु भएको दाइजोविरुद्धको १० दिने अभियानकै क्रममा मोरङको धनपाल गाउँपालिकामा इस्लामी सङ्घ मोरङले शनिबार एक ¥याली निकाली दहेज ९दाइजो०को विरोध गरेका छन् । ‘छोरीलाई दाइजो होइन, पैतृक सम्पत्तिमा अंश दिऊ’ भन्ने नाराका साथ मोरङका मुस्लिम समदाय दहेज विरुद्ध अभियानमा जुटेका छन् । दाइजोको विरोध गर्दै मोरङको कर्सियामा निस्केको ¥यालीपछि भएको कोणसभामा मुसलमान अगुवाले दाइजो लिनु र दिनु दुवै पाप हो भनेका छन् । अगुवा तथा स्थानीय प्रतिनिधिले अबदेखि छोराछोरीको विवाहमा दाइजो नलिने र नदिने सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् । धनपालथान गाउँपालिका–६ का वडाध्यक्ष मोहमद हुसेनले दाइजो प्रथाको अन्त्यका लागि अभियान शुरु गरेको भन्दै अभियानलाई घरघरसम्म पु¥याउनेमा जोड दिए । धर्मगुरु मौलान सयदले दाइजोविरुद्धको अभियानलाई सफल बनाउन यसको शुरुआत परिवार र समुदायबाट हुनुपर्ने बताए । धनपालथान गाउँपालिकाका–४ का वडाध्यक्ष रोशन राजवंशी, सामाजिक अगुवा अश्विनी मण्डललगायतले उमेर नपुगी छोराछोरीको विवाह गर्ने र दाइजो दिने र लिनेलाई सामाजिक बहिष्कार गर्नुपर्नेमा जोड दिए । इस्लामी सङ्घको आयोजनामा निस्किएको ¥यालीले कर्सिया बजारको परिक्रमा गरेको थियो । यो अभियान मोरङको १७ वटै स्थानीय निकायमा शुरु भएको कार्यक्रममा जानकारी गराइएको थियो । यो अभियान विगतमा सुनसरीको सोनापुर छताबेलीबाट पनि शुरु भएको थियो र अभियानमा लागेका मानिसले नै आफ्ना छोराको विवाहमा हाकाहाकी दाइजो लिन थालेपछि यो अभियान बीचमै तुहिएको थियो । दाइजो दिने प्रथा सुनसरी, मोरङ र झापाभन्दा पश्चिमका जिल्लामा तीव्रता देखिएकाले दाइजोको लोभ सुनसरी र मोरङमा धेरै मुसलमान समुदायका मानिस आफ्ना छोराका विवाह उतै गर्न तम्सिरहेका हुन्छन् । हाजी मोहम्मद अब्दुल भन्छन्, “अशिक्षा र अज्ञानताका कारण दाइजोले समुदायमा जरा गाड्न थालेपछि आफ्ना छोराछोरीलाई असल शिक्षा दिएर यसलाई पुरानै अवस्थामा फर्काउनु पर्छ ।”
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy