Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

कालिकोट आगलागी घटनाप्रति मुख्यमन्त्री शाहीद्वारा दुःख व्यक्त, दिए यस्तो निर्देशन

दाङ । दाङ जिल्लाको तुल्सीपुर नगरपालिका वडा नं. ३ राम्रीमा भएको कहालीलाग्दो बस दुर्घटना सेलाउन नपाउदै गएराति २ वजे कालिकोट जिल्लाको पलाता गाँउपालिका वडा नं. १ खाडान्यौपानेवाडामा भएको भिषण आगलागि र त्यसवाट भएको ठुलो आर्थिक तथा भौतिक क्षतिप्रति माननीय मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले गहिरो दुख व्यक्त गरेका छन् । माननीय मुख्यमन्त्रीज्यूको निर्वाचन क्षेत्र समेत रहेको उक्त ठाउमा भएको आगलागिको घटनावाट ७ जना घाईते भएको, ४७ घरधुरी पुर्णरुपमा क्षतिग्रस्त भएको तथा ठुलोमात्रामा पशुचौपाया लगायत नगद तथा जिन्सी सामानको समेत क्षति हुन गएकोप्रति माननीय मुख्यमन्त्रीज्यूले चिन्ता व्यक्त गरेका छन् । माननीय मुख्यमन्त्रीज्यूले आगलागिवाट घाईते भएकाहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिने सम्वन्धित निकायलाई आग्रह गरेका छन् । माननीय मुख्यमन्त्रीज्यूले उक्त दुर्घटनाको सुचना पाउने वित्तिकै आगलागि नियन्त्रण, उद्धार तथा राहातको प्रवन्धका लागि सम्वन्धित निकायलाई निर्देशन गरेका छन् । माननीय मुख्यमन्त्रीज्यूको निर्देशनमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयवाट तत्कालिन राहत स्वरुप प्रति घरधुरी २० हजार नगद, आवश्यक लत्ताकपडा र खाद्यान्न उपलब्ध गराउने निर्णय भएको भएको छ । माननीय मुख्यमन्त्रीज्युले उक्त क्षेत्रका आगलागि पिडितहरुलाई थप राहात र पुनस्र्थापनाको सहयोगका लागि नेपाल सरकार, गृहमन्त्रालय, रेडक्रस तथा अन्य सहयोगी संस्थाहरुलाई आग्रह गरेका छन् । माननीय मुख्यमन्त्रीज्यूले आगलागि पिडित जनसमुदायको दुखसंगै प्रदेश सरकार रहेको र थप राहात तथा पुनस्थापनाको कार्यक्रम संचालन गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending