Khabar Dabali ८ श्रावण २०८३ शुक्रबार | 24th July, 2026 Fri
Investment bank

राजविराजका पाँच हजारभन्दा बढी मूलवासी लालपुर्जाविहीन, ४८ दिनदेखि आन्दोलन जारी

खबरडबली संवाददाता

राजविराज । राजविराज नगरका पाँच हजारभन्दा बढी मूलनिवासी परिवार लालपुर्जाविहीन अवस्थामा छन ।

पुस्तौँदेखि भोगचलन गर्दै आएको विटौरी जग्गाको जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) नपाएको भन्दै नगरका मूलवासीलै थालेको आन्दोलन शुक्रबार ४८ औँ दिनमा पुगेको छ ।

आन्दोलनरत स्थानीयले लालपुर्जा वितरणको सुनिश्चितता नभएसम्म आन्दोलन नरोकिने अडान लिएर निरन्तरता दिइरहेका छन ।राजविराज नगरपालिका–६ का स्थानीय शिवनारायण साहले बाबुबाजेदेखि उपभोग गर्दै आएको जग्गामा विटौरी कर नियमित तिर्दै आए पनि हालसम्म लालपुर्जा प्राप्त गर्न नसकेको बताए।

उनका अनुसार लालपुर्जा अभावमा स्थानीयवासीले आर्थिक, सामाजिक तथा कानुनी रूपमा विभिन्न समस्या भोगिरहेका छन् ।स्थानीयका अनुसार विक्रम संवत् १९९८ मा योजनाबद्ध रूपमा राजविराज नगर स्थापना गर्दा तत्कालीन सदरमुकाम हनुमाननगरबाट ल्याइएका नागरिकलाई विटौरी जग्गा उपलब्ध गराएर बसोबास गराइएको थियो ।

त्यसयता नगरवासीले सरकारलाई तोकिएको कर तथा अन्य राजस्व बुझाउँदै आए पनि जग्गाको लालपुर्जा प्राप्त गर्न सकेका छैनन् ।७५ वर्षीय जगरनाथ दासले नगर स्थापना गर्न योगदान पुर्‍याएका मूलवासी नै अहिले पनि लालपुर्जाविहीन रहनु दु:खद भएको बताए।

उहाँका अनुसार कर्मचारी आवाससहित करिब ७० बिघा क्षेत्रफलमा बसोबास गर्दै आएका पाँच हजारभन्दा बढी परिवारले जग्गाको लालपुर्जा माग गर्दै आन्दोलन गरिरहेका छन् ।

स्थानीय हितनारायणलाल दासका अनुसार विगतमा विटौरी करको रसिदलाई आधार मानेर जग्गा खरिदबिक्री, दृष्टिबन्धक, अंशबन्डा तथा बैङ्किङ कारोबार हुँदै आएको थियो ।

अदालतबाट समेत यस्ता जग्गासम्बन्धी स्वामित्व हस्तान्तरणका विषयमा फैसला भए पनि पछिल्ला वर्षमा ती सबै प्रक्रिया रोकिएको उनले बताए।

स्थानीय दिपेन्द्र चौधरी अनुसार विसं २०६८ मा भोगचलन र विटौरी कर तिरेको आधारमा नापी सम्पन्न गरिएको थियो । त्यसक्रममा कानुनबमोजिम भूलसुधार तथा दाबीविरोधको प्रक्रिया पूरा भएको र केही व्यक्तिले वडा कार्यालयको सिफारिसका आधारमा जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरिसकेको उनको भनाइ छ ।

राजविराज नगरपालिकाले पनि विटौरी जग्गाको लालपुर्जा वितरणसम्बन्धी निर्णय गरी सम्बन्धित निकायमा पत्राचार गरिसकेको जनाएको छ ।

नापी कार्यालयले समेत वितरणका लागि जानकारीपत्र जारी गरेको भए पनि हालसम्म प्रक्रिया अघि नबढेको आन्दोलन परिचालन समितिका संयोजक खेलानन्द दासले बताए। कुनै निकायबाट औपचारिक रूपमा वितरण रोक्न निर्देशन नआए पनि प्रक्रिया रोकिएकाले यथाशीघ्र लालपुर्जा वितरण गर्नुपर्ने उनको माग छ ।

आन्दोलनरत पक्षले राजविराज नगरपालिकामा तालाबन्दी, रिले अनशन, धर्ना, अर्धनग्न प्रदर्शन, टर्चलाइट र गुलाब फूलसहितका प्रतीकात्मक विरोध कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

आन्दोलनका क्रममा नगरपालिकामा लगाइएको ताल्चा प्रहरीले खोलेर आन्दोलनकारीलाई हटाएको तथा लाठीचार्ज गरेको आरोपसमेत आन्दोलनकारीले लगाएका छन् ।त्यसपछि आन्दोलनलाई थप सशक्त बनाउँदै दैनिक शान्तिपूर्ण प्रदर्शन जारी राखिएको उनीहरूको भनाइ छ ।

आन्दोलनकारीले ‘एउटै नारा, एउटै आवाज, हाम्रो प्यारो राजविराज’ र ‘आश्वासन होइन, लालपुर्जा चाहिन्छ’ जस्ता नारासहित दैनिक प्रदर्शन गर्दै आएका छन् ।

उनीहरूको एकसूत्रीय माग राजविराज स्थापनाकालदेखि नेपाल सरकारले उपलब्ध गराएको विटौरी जग्गामा बसोबास गर्दै आएका नागरिकलाई हकभोगका आधारमा नि:शर्त जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउनु रहेको छ ।

आन्दोलनका अगुवा दीपेन्द्रकुमार चौधरीका अनुसार विगतमा विटौरी जग्गा धितो राखेर बैङ्किङ कारोबार हुँदै आए पनि सरकारले स्पष्ट कानुनी व्यवस्था नभएसम्म यस्ता जग्गा धितो स्वीकार नगर्न निर्देशन दिएपछि स्थानीयवासी थप प्रभावित बनेका छन् ।

आन्दोलनकारीले २०२८ सालको नापी अभिलेखमा करिब ६० बिघा क्षेत्र गाउँ ब्लकका रूपमा कायम रहेको तथा त्यसलाई आधार बनाएर पनि लालपुर्जा वितरण गर्न सकिने दाबी गरेका छन् ।

उनीहरूले दशकौँदेखि कर तिर्दै आए पनि स्वामित्वबाट वञ्चित रहनुपरेको भन्दै सम्बन्धित निकायसँग शीघ्र समाधानको माग गरेका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आफूलाई थुनामा पठाउने आदेश बदर गर्न माग गर्दै सर्वोच्च पुगे दीपक भट्ट

काठमाडौं । बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टले आफूलाई थुनामा पठाउने आ...

निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा

काठमाडौं । प्रहरी हिरासतमा रहेका निहारिका राजपुत र बिनु यादवलाई हाजिरी जमानीमा रिहा गरिएको छ। उनीहरूलाई तीन दिनसम्म प्रहरी वृत्त सिंहदरबारको हिरासतमा ...

बजेट कार्यान्वयनका कानुनी जटिलता तत्काल फुकाउन अर्थमन्त्री वाग्लेको निर्देशन

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको बजेटमा समेटिएका आर्थिक सुधारसम्बन्धी नीतिगत तथा कानुनी जटिलता शीघ्र समाधान गरी कार्यान्...

१०४ ग्राम खैरो हेरोइनसहित विराटनगरबाट एक जना पक्राउ

विराटनगर। लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले १०४ ग्राम लागुऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ। बिहीब...

गुल्मीमा एक अर्बभन्दा बढी बजेट खर्च भएन

गुल्मी। गुल्मीमा गत आर्थिक वर्ष २०८२/०८३ मा एक अर्बभन्दा बढी बजेट खर्च हुन नसकेको पाइएको छ । गत वर्ष यस जिल्लामा संघ, प्रदेश तहको स्थानीय तहको ११ अर्ब...

शैक्षिक परामर्श व्यवसायमा २५ लाख धरौटीको व्यवस्था फिर्ता हुँदैन: शिक्षामन्त्री पोखरेल

काठमाडौं। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शैक्षिक परामर्श व्यवसाय सञ्चालनका लागि तोकिएको २५ लाख रुपैयाँ धरौटीको व्यवस्था सरकारले फिर्ता नलिने...

हामी सत्ता र सरकारमै केन्द्रित हुँदा रणनीति कमजोर भयो: प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलन सत्ता र सरकार सञ्चालनको सीमित दायरामा केन्द्रित हुँद...

आइतबारको बिदा कायम रहने, शिक्षकले कम्तीमा तीन वर्ष एउटै विद्यालयमा पढाउनुपर्ने

काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले साताको दुई दिन (शनिबार र आइतबार) दिइँदै आएको सार्वजनिक बिदाले निरन्तरता पाउने...

दोगलापनको दोकान

दृश्य नम्बर १ उनी मेरा पुराना चिनारु हुन्, नेपाली कम्युनिस्ट आन्दोलनमा लामो समयदेखि सक्रिय। केही वर्षअघि उनले दसैंमा टीका लगाएको मेरो एउटा तस्बिरमा...

काठमाडौंमा अपराधमा संलग्न १ हजार ८७१ जनाको प्रहरी प्रोफाइल तयार

काठमाडौं । काठमाडौं उपत्यकामा विभिन्न प्रकृतिका अपराध तथा गुण्डागर्दीमा संलग्न १ हजार ८७१ जनाको प्रहरीले प्रोफाइल तयार पारेको छ। जिल्ला प्रहरी परिस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending