पौष ९ गते, २०७५ सोमवार 24th December, 2018 Mon१२:३५:२३ मा प्रकाशित
काठमाडौँ। जहाजबाट ओर्लेपछि आगमनतर्फ लम्किँदै गर्दा टर्मिनल छिर्ने ढोकैनेर ठूलो अक्षरमा ‘वेलकम टु नेपाल’ लेखिएको छ जसलाई नेपालको कला, संस्कृति झल्कने कागजको फ्रेमले सजाइएको छ । त्यसको ठीक पछाडी गरुडले नमस्ते गरेको मूर्ति देख्न सकिन्छ । सँगै चारवटा गाग्राको घडा राखेर सजाइएको छ । सन् २०२० को नेपाल भ्रमण वर्ष चिनाउनका लागि बनाइएको ‘सेल्फी प्वाइन्ट’ जुन विदेशी पाहुना ९पर्यटक० का लागि सेल्फी फोटो खिच्ने ‘सेल्फी जोन’ बनेको छ ।
भित्रपट्टि छिर्नासाथ ताउलोमा सजिएका फूल, पुरातात्विक महत्वका सम्पदा, मठ, मन्दिर आदि झल्कने विविध तस्बिरले पाहुनालाई मोहित तुल्याउँछ । अगाडि बढ्दै गर्दा विदेशीले पुनः सोध्छन्, ‘ह्वाइ दीस अगेन’ (फेरि यो कि) रु नेपालीको जवाफ हुन्छ, ‘इट इज आवर कल्चर’ ९यो हाम्रो संस्कृति हो० । पर्यटक आगमन कक्षमा सजिएकी जीवित देवी कुमारीको आकर्षक मूर्तिले पाहुनाको ध्यान खिच्छ अनि त सेल्फी खिच्न भ्याइहाल्छन् । ‘कुइरे’ पाहुना अच्चममा पर्छ अनि उत्साहित हुँदै अनगिन्ती प्रश्न सोध्न थाल्छ । सुन्दा कथा झैँ लाग्ने यो मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ९त्रिअवि० को बदलिँदो स्वरूपको यथार्थ चित्रण हो ।
पछिल्लो समय विमानस्थलको रूप फेरिएको छ । यहाँबाट बाहिरिने र भित्रिने दुवैखाले यात्रुले अब केही फरक अनुभूति गर्नेछन् । किनकि विमानस्थलको भित्री रूप लोभलाग्दो गरी सुधारिएको छ । बाहिर पनि आकर्षक ढङ्गले सजाइँदैछ ।
विमानस्थलको स्तरोन्नत्तिका साथै सेवालाई गुणस्तरीय र प्रभावकारी बनाई पर्यटकलाई आकर्षित बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी जिम्मेवारी सम्हाले देखिनै लागि पर्नुभयो र अहिले त्यसको परिणाम विमानस्थल भित्रका दृश्यले उदाहरण प्रस्तुत गरेको छ । पर्यटनमन्त्रीको चासोलाई व्यवहारमा परिणत गर्न कस्सिएर जुट्नुभयो विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्री पनि ।
‘मर्निङ सोज द डे’ ९बिहानीले दिनको सङ्केत गर्छ० भनेझैँ विमानस्थलको फेरिँदो रूपले भविष्यमा आकर्षक ‘बुटिक एयरपोर्ट’ ९बुटिक विमानस्थल० को रूपमा स्थापित हुने देखिन्छ । त्यस अनुरूपको योजना कार्यक्रम पनि बनिरहेको सरकारी अधिकारी बताउँछन् । हालै एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थललाई बुटिक विमानस्थल बनाउने बताएका थिए । पर्यटनमन्त्री अधिकारीले पनि बुटिक विमानस्थलको रूपमा स्थापित गरिने उल्लेख गरेका छन् ।
अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचान दिने र पहिलो प्रभाव नै विमानस्थलबाट पर्ने भएकाले विमानस्थलको रूप बदल्न लागि परेको महाप्रबन्धक क्षेत्रीले बताए । हालकै संरचनालाई नेपालीपन झल्काउने गरी ‘बुटिक एयरपोर्ट’ बनाउने सोच अनुरूप काम भइरहेको उहाँले उल्लेख गर्नुभयो । यसबाहेक नेपालको स्वागत परम्परा, बढी प्रयोग हुने तस्बिर र काष्ठकलाको प्रयोग गरेर बुटिक विमानस्थलको रूप दिने प्रयास भइरहेको उहाँले उल्लेख गरे । “ससाना कुरालाई सुधार गरेर विमानस्थलको स्तर र रूप फेर्न सकिन्छ भन्ने उदाहरण अहिलेको सुधारले देखाएको छ”, उनले भने ।
विमानस्थलको आगमन कक्षमा मुख्य चाडपर्व र समय अनुसारका संस्कृति झल्कने विविध सामग्री सजाइने गरिएको छ । भुइँमा कार्पेट बिछ्याइएको छ भने छेउछेउमा नेपाललाई चिनाउने दृश्यहरूका साथ घडा भरिएका कलश राखिएका छन् । कुनैबेला विरक्त लाग्ने विमानस्थलको फेरिदो रूपले अन्तर्राष्ट्रिय जगत्को ध्यान खिच्न थालेको छ ।
आगमनबाट बाहिरिने बित्तिकै १० वटा हरियो र १० वटा कालो प्लेट नम्बरका ट्याक्सी लस्करै देख्छिन् । यात्रुलाई चढ्न मन लागे चढ्छन् नत्र आफ्नै व्यवस्थाले गन्तव्य पुग्छन् । विमानस्थलबाट अलि तल आउँदा व्यवस्थित पार्किङमा भरिभराउ सवारी साधन प्रतिक्षामा छन् । इच्छाअनुसार गन्तव्य पुग्न सकिन्छ ।
पहिलेजस्तै ट्याक्सी चालकको तँछाडमछाड, आगमन र प्रस्थान कक्षमा अत्यधिक भिडभाड, फोहोर शौचालय, बस्न नपाएर भुइँमै पल्टिएका यात्रुहरूको अवस्था अहिले दुर्लभ जस्तै बनेको छ । विमानस्थल पुग्ने जो कोहीले पनि झण्डै डेढ महिनाको अवधिमा विमानस्थलको रूप फेरिएको अनुभूति गर्नेछन् । अनि भन्नेछन्, ‘वाह! फेरिएछ अन्तर्राष्ट्रिय विमानस्थल ।’
विमानस्थलको पार्किङ परिवर्तन असाध्यै प्रभावकारी बनेको छ । पहिला भिडभाड, चोरी लुटपाटका घटनासमेत हुन्थे । अब भने उक्त क्षेत्रमा सुरक्षा जडित यन्त्र सिसिक्यामेरा पनि जडान गरिएको छ । विमानस्थलका इञ्जिनीयर चन्द्रमणि सापकोटाले पहिला ट्याक्सीको भिडभाड हुने क्षेत्रमा सौन्र्दयकरणका लागि बगैँचा बनाएर फूल रोपिने जानकारी दिए ।
विमानस्थल प्रवेश गर्ने र बाहिरिने सवारीका कारण प्रायः अस्तव्यस्त रहने मुख्य प्रवेशद्वारतर्फको सडक अहिले खुला देखिन्छ । विमानस्थल प्रवेशका लागि मुख्यद्वार ९गोल्डेन गेट० बाट प्रवेश मात्र गर्न पाइनेछ भने फर्कदा नवनिर्मित ट्याक्सी पार्किङ क्षेत्रको गेटबाट बाहिरिनुपर्नेछ ।
विमानस्थलको शौचालय सफाचट देखिन्छ । सफाइका लागि कर्मचारी खटाइएको छ । टर्मिनल भवनको दोस्रो तलामा सुरक्षा अध्यागमनको प्रक्रिया पार गरेर सुरक्षा चाँज हुनुअघिको खाली ठाउँमा हालै नयाँ कार्पेट बिछ्याइएको छ । ‘ड्युटी फ्रि’ पसलअघिको उक्त स्थानमा नयाँ कार्पेटले सौन्दर्य थपेको छ । विमानस्थल परिसरमा पहिला व्यापारिक होडिङबोर्ड हुन्थे तर अहिले नेपालको कला, संस्कृति र पहिचान झल्कने तस्बिर राखिएको छ ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: