पौष १० गते, २०७५ मगलवार 25th December, 2018 Tue११:४९:२२ मा प्रकाशित
यूकेमा २१ वर्ष अघि आएदेखि नै क्रिसमसका बेला हरेक वर्षजसो मैले एउटा प्रश्नको सामना गर्नु परेकै छ।म पनि भन्दिन्छु- टर्की मुस्लिम बहुल देश हो त्यसैले डिसेम्बर २५ अन्य जस्तै एक नियमित दिन हो।
के रे क्रिसमस हुँदैन ?
तर टर्कीमा मात्र होइन तपाईँलाई थाहा छ, विश्वका बहुमतले क्रिसमस मनाउँदैनन्।
क्रिसमसको जगमगाहट रातमा
अनौठो लागेपनि पश्चिमा देशका केही मानिसले क्रिसमस संसारभर मनाइने बिदा हो भन्ठान्छन्।
तर क्रिसमस भनेको त इशाई धर्मका पैगम्बर जिससको जन्मदिन मनाएको पो हो।
यहुदी, हिन्दू अथवा मुस्लिमहरूका पात्रोमा क्रिसमस बिदाका रूपमा हुँदैन।
अर्को शब्दमा भन्ने हो भने मुस्लिम विश्वमा पनि कैयौं परिवारहरू चाड मनाउन वर्षको एकपटक एक ठाउँ जम्मा हुन्छन् तर त्यो क्रिसमसका लागि नभएर इदका लागि जम्मा हुन्छन्।
कुरानमा उल्लेखित मेरी
फरकपनहरूबारे थाहा पाउनु पर्छ।
तर एक अर्काबीचको सम्बन्ध थाहा पाउनु पो महत्त्वपूर्ण छ।
जिसस तपाईँले भनेको इसा ?
यो आश्चर्यजनक छ।
इस्लामले उनको जन्मदिन मनाउँदैन तर जिससको सम्मान गर्छ।
मुस्लिमहरूले इसाई पैगम्बरलाई उनीहरूको विश्वासको एक एकीकृत अंश ठान्छन्।
कुरानले जिससलाई पैगम्बर मोहम्मद अगाडिका दूतका रुपमा सम्मान गर्छ।
वास्तवमा जिसस जसलाई अरेबिकमा इसा भनिन्छ मोहम्मदको भन्दा बढ्तापटक नाम लिइएको छ।
मेरीले कुमारी भएरै बच्चा जन्माएको कथा सदियौंदेखि सबै जसो संस्कृतिमा सुनिँदै आएको छ।
वास्तवमा मुस्लिमको पवित्र ग्रन्थमा एकजना महिलाको मात्र नाम लिइएको छ।
मेरी अर्थात मरियम ?
अरेबिकमा मरियम भनिने मेरीको नाममा पूरा एक च्याप्टर नै समर्पित गरिएको छ र त्यसमा कुमारी आमाले दिएको जन्मबारे कथा लेखिएको छ।
मेरीले मरुभूमिमा एउटा सुकेको अडिरको रुखको शरण लिएर एक्लै बच्चा जन्माउँछिन्।
तत्काल जादू हुन्छ उनी छेउ पाकेको छोगडा झर्छ र नजिकै खोला बग्न थाल्छ।
एक अविवाहित महिलाले बच्चा जन्माएपछि उनको स्वच्छतामाथि प्रश्न उठ्न थाल्छ।
इटलीको स्यान पेट्रोनियो ब्यासिलिकामा आक्रमणको योजना बनाइएको आशंकामा पाँचजना पक्राउ गरिएको थियो
तर नवजात शिशुले भगवानका दूत सरह कुराकानी गर्न थाल्छन्।
त्यो जादूले उनकी आमालाई राहत हुन्छ।
यो पूर्वाग्रहमाथिको जीतको कथा हो।
मुस्लिमहरूले जिससबारे कुरा गर्दा उनीहरूले ूउनलाई शान्ति होसू भन्ने वाचन गर्नुपर्छ जुन उनीहरूले मोहम्मदलाई सम्बोधन गर्दा पनि गर्ने गर्छन्।
र मुस्लिम विश्वास अनुसार न्याय स्थापित गर्ने दिनबारे निर्णय गर्दा को पृथ्वीमा फर्के होलान् अनुमान गर्नुस त।
ती जिसस हुन् र उनको प्रख्याती कुरान भन्दा अन्त पनि पुगेको छ।
सुफी दार्शनिक अल गजलीले उनलाई ूआत्माका पैगम्बर भनेका छन्
मुस्लिम विश्वमा कैयौं केटाहरूको नाम इसा ९जिसस० र केटीहरूको नाम मरियम (मेरी) राखिएको छ।
तर तपाईँ इसाई परिवारका छोराको नाम मोहम्मद रहेको कल्पना गर्न सक्नुहुन्छरु
इस्लाममा जिससबारे लेखिएको छ किनभने मुस्लिम धर्म सातौं शताब्दीमा सुरु हुनुभन्दा अगाडि नै मध्य पूर्वमा इसाई धर्म स्थापित भइसकेको थियो।
त्यसैले बाइबलमा मोहम्मदबारे लेखिने त कुरै भएन।
जिहादी आक्रमणको भत्सर्ना गर्न मुस्लिम धर्मगुरुहरू क्याथलिक समारोहमा सहभागी भएका थिए।
पछिल्ला शताब्दीमा जिससलाई मुस्लिमहरूले सम्मान गरे पनि चर्चले भने त्यस्तै प्रकारको सम्मान मुस्लिमहरूलाई दिएन भन्न उचित नै हुन्छ।
इटलीको १५ औं शताब्दीको स्यान पेट्रोनियो गिर्जाघरमा मुस्लिम पैगम्बरलाई नर्कमा रहेको देखाइएको छ, जसलाई राक्षसहरूले सताएका छन्।
युरोपभरका चित्रकलामा तिरस्कारको कथा मात्र देखाइएको छ।
नर्कको नवौँ घेरा
इटालेली कलाकार जिओभानी दा मोडेना कवि दाँतेबाट प्रोत्साहित थिए जसले उनको डीभाइन कमेडीमा मोहम्मदलाई नर्कको नवौँ घेरामा सीमित गरिएको छ।
यो पुस्तकले १८ औं शताब्दीका धेरै युरोपेली कलाकारलाई प्रोत्साहन दिएको देखिन्छ किनभने उनीहरूले पनि मोहम्मदलाई नर्कमा दण्ड दिएको दृष्यहरू कोरेका छन्।
अब अंग्रेजी कविता र चित्रकलाका लागि प्रख्यात विलियम ब्लेकको पानी चित्रबारे कुरा गरौं।
बेल्जियमको एउटा गिर्जाघरमा १७ औं शताब्दीमा बनाइएको एउटा पानी चित्रमा मुस्लिम पैगम्बरलाई देवदूतले पाइतालामुनी राखेको देखाइएको छ।
अवश्यपनि यो गिर्जाघरको अहिलेको धारणा होइन।
समय व्यतित भइसकेको छ तर हाम्रो युगमा नयाँ तनावहरू, पूर्वाग्रह र चरम हिंसा छ।
अरू धर्मावलम्बीसँग वार्ता
मुस्लिम लडाकुहरूले बोलोना गिर्जाघरलाई ध्वस्त पार्न खोजेको आशंका गरिएको छ।
त्यस यता युरोपमा र कैयौँ मुस्लिम देशहरूमा इस्लामका नाममा भएका मुख्य आक्रमणहरूमा आम संहार भएको छ, जसले विभिन्न समुदायबीच दरार बढाएको छ।
इसाई र मुस्लिमहरूले समान रुपमा मुस्लिम जिससबारे थाहा पाउन र त्यसको महत्त्व बुझ्न सायद अहिले झन् महत्त्वपूर्ण भएको छ।
शायद धर्महरूबीच के समानता छन् भन्नेबारे केन्द्रित हुने हो भने बढ्दो विभाजन कम हुँदै जाने थियो कि। बीबीसी
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: