खजुरा । अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले उद्योगी, व्यापारी तथा व्यवसायीका अवाञ्छित गतिविधिलाई राज्ले निगरानी गर्ने बताएको छन् ।
अर्थ मन्त्रालयको राजस्व परामर्श समितिले शनिबार नेपालगन्जमा आयोजना गरेको सुझाव सङ्कलन तथा अन्तरक्रिया कार्यक्रममा उनले अवाञ्छित गतिविधि राज्यले सहन नसक्ने बताएको हो ।
सचिव उपाध्यायले गरिबी, रोजगारी अभाव र खुला सीमाका कारण चोरी पैठारीका काम हुने गरेको आशङ्का गरे। उनले व्यक्तिगत नाफा वा घाटाभन्दा माथि उठेर एकले अर्कालाई सहजीकरणमा सघाउ पुर्याउन आवश्यक भएको बताए।
उनले कर्मचारीतन्त्रमा कुनै समस्या रहे खुलस्त गर्न आग्रह गर्दै सबै सुधारिन जरुरी रहेको औँल्याए। उनले भने, “निकासी करको विषय हामीलाई महसुस भएको छ तर यसलाई कानुनी रूपमा सम्बोधन गर्न केही समय लाग्छ ।”
चिनीमा भन्सार दर घटाएको अनुभव बाँड्दै उहाँले बिलबिजक नदिने र दिए पनि उत्सुक नहुने कुराले समस्या निम्ताएको बताए। खुला सीमाका कारण आउने समस्यामध्ये झोले, पोकेको डम्पिङ कहाँ भएको छ त्यसको निगरानी समेत बढाउन आग्रह गर्दै सचिव उपाध्यायले वास्तविक व्यवसायी तथा व्यापारीको संरक्षण आवश्यक भएको धारणा व्यक्त गरे।
बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले चोरी पैठारी हुनुमा प्रवृत्तिगत समस्या रहेको उल्लेख गर्दै चोरी पैठारी गरेर ल्याउने सामान गुणात्मक ढङ्गले पक्राउ गर्न सफल भएको बताए।
नेपाल उद्योग वाणिज्य सङ्घका सदस्य अब्दुल वाहिद मन्सुरीले खुला सीमाका कारण ८० प्रतिशत सामानको तस्करी हुने गरेको उल्लेख गर्दै राज्यलाई राजस्व तिरेपछि त्यसको सुविधा पनि व्यवसायीले पाउनुपर्ने माग गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १७ गते, २०८३ - १६:३९
बेइजिङ। उत्तर-पश्चिम चीनमा आएको आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ भने २३ जना घाइते भएका छन् । सरकारी सञ्चारमाध्यमले आइतबार सार्वजनि...
श्रावण १७ गते, २०८३ - १६:२०
म्याग्दी। विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा ‘निम्स दाई’ को पाकिस्तानस्थित ब्रोड पिक हिमालमा हिमपहिरोमा परी निधन भएपछि उहाँको जन्मथलो म्याग्दी श...
श्रावण १७ गते, २०८३ - १६:०३
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक साउन २४ गते आइतबार बस्ने गरी आह्वान गरेको छ। बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, स...
श्रावण १७ गते, २०८३ - १५:५२
काठमाडौं । लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन नेपालले लघुवित्त संस्थाबाट पीडित नागरिकका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउँदै...
श्रावण १७ गते, २०८३ - १४:०८
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा चालु कार्यकालमा दर्ता भएका १७ वटा उजुरीमाथि प्रारम्भिक छलफल गर्न समितिको बैठक सोमबार बस्ने भए...
श्रावण १७ गते, २०८३ - १३:५०
बोगोटा। पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको विमान दुर्घटनाग्रस्त हुँदा १३ जनाको मृत्यु भएको छ । उक्त विमान प्रसिद्ध ‘नाज्का लाइन्स’को ...
श्रावण १७ गते, २०८३ - १३:१६
काठमाडौं । अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन तथा खारेज गर्न ल्याइएको ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ माथि स...
श्रावण १७ गते, २०८३ - १२:५२
राजविराज । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न तनावपूर्ण अवस्थाबीच सप्तरीमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न विभिन...
श्रावण १७ गते, २०८३ - १२:३८
काठमाडौँ। मनसुनजन्य विपद्का कारण पछिल्ला २४ घण्टामा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था...
श्रावण १७ गते, २०८३ - १२:२७
तनहुँ । बजारमा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव हुन नदिन जिल्ला प्रशासन कार्यालय तनहुँले ग्यास डिलर तथा सप्लायर्सको अनुगमन सुरु गरेको छ। सहायक...



प्रतिकृया लेख्नुहोस्: