Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

कार्यालयमा सरकारी कर्मचारी र लडाकूबीच गोली हानाहान, ४३ जनाको मृत्यु

काबुल। अफगानिस्तानको राजधानी सहर काबुलस्थित एक सरकारी कार्यालयको परिसरमा सोमबार भएको आत्मघाती आक्रमण सहित गोली हानाहान हुँदा कम्तीमा ४३ जना मारिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । राजधानी काबुलमा भएको यो आक्रमण यस वर्ष भएका घातक आक्रमणमध्ये एक हो । उक्त आक्रमणको कुनै पनि विद्रोही समूहले मङ्गलबारसम्म जिम्मेवारी लिएको छैन । अफगानिस्तानमा जारी युद्धबाट सरकारी फौज, सर्वसाधारण र लडाकू समेतका हजारौं व्यक्तिले ज्यान गुमाइरहेका छन् । सार्वजनिक निर्माण मन्त्रालयको परिसरमा भएको उक्त आक्रमणबाट अरु १० जना घाइते भएका छन् । मन्त्रालयका प्रवक्ता वाहीद मजरोहका अनुसार बन्दुकधारीहरु मन्त्रालयभित्र गोली चलाउँदै भित्र पसेका थिए । उनीहरुले मन्त्रालयको प्रवेशद्वारमा कार बम पनि विस्फोट गराएका थिए । आतङ्कित भएका सरकारी कर्मचारीहरुबीच आफ्नो ज्यान जोगाउन भागदौड मच्चिएको थियो । प्रत्यक्षदर्शीका अनुसार केही कर्मचारी ज्यान जोगाउन मन्त्रालयको माथिल्लो तलाका झ्यालबाट हाम फालेका थिए । घन्टौंसम्म अरु सयौं कर्मचारी मन्त्रालयभित्रै बन्धक बनाइएका थिए । सरकारी सुरक्षा फौज र लडाकू समूहबीच घन्टौसम्म गोली हानाहान भएको थियो । सरकारी फौजको कारबाहीमा आत्मघाती आक्रमणकारी समेत कम्तीमा चारजना लडाकू मारिएका थिए भने ३५० भन्दा बढी मानिसलाई मुक्त गरिएको थियो । अधिकारीहरुले मारिने र घाइते हुने अधिकांश व्यक्ति सर्वसाधारण नागरिक छन् । अफगानिस्तानमै गत महिना पनि एउटा धार्मिक कार्यक्रममा भएको आत्मघाती आक्रमणमा कम्तीमा ५५ जना मारिएका थिए । राष्ट्रपति अस्ररफ घानीले युद्धभूमिमा पराजित भएपछि आफ्नो कमजोरी ढाकछोप गर्न निहत्था नागरिकमाथि आतङ्कवादी आक्रमण भएको बताएका छन् । “उनीहरुले गरेका हरेक आक्रमण हाम्रा नागरिक विरुद्ध छ ।” अफगानिस्तानको सर्बाधिक ठूलो लडाकू समूहले यसै वर्ष सबैभन्दा ठूलो इलाका आफ्नो नियन्त्रणमा पारेको छ । लडाकूकको आक्रमणबाट अहिलेसम्मकै ठूलो संख्यामा सैनिक मारिएका छन् । अफगानिस्तानको शान्ति सुरक्षामा सुधार ल्याउने उपायको खोजी गर्न अमेरिकी नेतृत्वमा वार्ताको पहल भइरहेको छ । अमेरिकी विशेषदूत जाल्मे खलिलजादले अफगानिस्तान सरकार, पाकिस्तान तथा विद्रोही तालिबान समेतका पक्षसँग वार्ता गरिरहनुभएको छ । एएफपी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending