Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

उपत्यकाकाे बस स्टप परिवर्तन भएपछि यात्रु समस्यामा

काठमाडौँ। दैनिक हजारौँ सार्वजनिक यातायात ओहोरदोहोर गर्ने रत्नापार्क र त्यस आसपासका क्षेत्रमा बस स्टप परिवर्तन हुँदा यात्रु मर्कामा परेका छन् । काठमाडौँ महानगरपालिका, यातायात व्यवस्था विभाग, सडक विभाग र महानगरीय ट्राफिक प्रहरी महाशाखाको सहकार्यमा टुँडिखेल आसपासको क्षेत्रमा सवारी आवागमन व्यवस्थित बनाउन बस स्टप परिवर्तन गर्दा यात्रु मर्कामा परेका हुन् । तारकेश्वर नगरपालिका मनमैजु बस्ने कमला गुरुङ भृकुटीमण्डपस्थित रत्नराज्य लक्ष्मी क्याम्पस जान हिँडे । अरु दिन भृकुटीमण्डप ओर्लने उनी बस बिसौनी परिवर्तन भएपछि जमल ओर्लनुप¥यो । “जनतालाई दुःख दिएर के गर्न खोजेको हो, कुनै जानकारी बिना नै एक्कासि जमल ओर्लनुप¥यो रु”, उनले गुनासो गरे । सुन्धारा जान लगनखेलबाट बस चढेका अनिल ठकुरीलाई रत्नापार्कमा रोकिदियो । “म त सुन्धारामा झार्दिन्छ भनेर यो बस चढेको हो, किन रत्नापार्कमा झार्दियो”, उनले रिसाउँदै भने । कमला र अनिलजस्ता लाखौँ यात्रुले अहिले उक्त समस्या भोग्नुपरेको छ । काठमाडौँ महानगरपालिका, यातायात व्यवस्था विभाग, सडक विभाग र महानगरीय ट्राफिक प्रहरी महाशाखाले यही पुस १ गतेदेखि एउटा रुटको सवारी साधनलाई टुँडिखेल वरपरको दुई ठाउँमा मात्र यात्रु ओराल्ने र चढ्ने व्यवस्था मिलाएपछि यात्रुले उक्त समस्या भोग्नुपरेको हो । पहिला एउटै रुटको बसले चार ठाउँमा यात्रु ओराल्ने तथा उकाल्ने गरेकोमा अहिले कम भएपछि यात्रु मर्कामा परेका हुन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले भद्रगोल भएको ट्राफिक व्यवस्था सहज बनाउन यात्रु ओर्लने र चढ्ने केन्द्रहरु परिवर्तन गरेको बताउनुहुन्छ । “एकै ठाँउबाट सवारी साधनले यात्रु ओराल्ने तथा चढाउने गर्दा सवारी साधन आगमनमा समस्या प¥यो, सवारी साधन जाम हुने भएकाले छुट्टाछुट्टै बस स्टप निर्धारण गरेका हौँ”, उनी भन्छन् । यात्रु ओर्लने र चढ्ने स्थान व्यवस्थित बनाउँदा केही समस्या भएको उनको भनाइ थियो । यात्रुलाई आफूले चढ्ने सवारी साधनको ठाउँ र सडकको बारेमा पनि महाशाखाले जानकारी दिन थालेको उनले बताए । नयाँ निर्धारण गरिएको बस बिसौनी सामाखुशी हुँदै गोँगबु चल्ने सवारी साधन, सीतापाइला हुँदै इचङ्गु चल्ने, नयाँ बजार हुँदै बालाजु, तारकेश्वर चल्ने सवारीलाई जमल र आरएनएसीमा यात्रु आर्लने तथा चढ्ने व्यवस्था गरिएको छ । दिगो सार्वजनिक यातायात, संयुक्त यातायात, कपन बङ्गलामुखी यातायात, सिटी यातायात र अन्नपूर्ण सेवालाई काठमाडौँ मल अगाडि यात्रु ओराल्ने तथा उकाल्ने व्यवस्था मिलाइएको छ । यसैगरी बूढानीलकण्ठ, विशालनगर, कपन, धूमबराही, धापासी, मण्डिखाटारलगायतका क्षेत्रमा जाने सवारी साधनलाई पनि काठमाडौँ मल अगाडि यात्रु ओराल्ने तथा उकाल्ने व्यवस्था गरिएको छ । साझा यातायात, पाटनढोका यातायात, शिवपुरी बूढानीलकण्ठ यातायात र हामी सबैको यातायातलाई आरएनएसी अगाडि यात्रु ओराल्ने तथा उकाल्ने व्यवस्था मिलाइएको छ । स्वयम्भू, गौशाला, तीनचुले, इमाडोल सडकमा चल्ने टेम्पोलाई पनि काठमाडौँ मल अगाडिबाट यात्रु ओर्लने र चढ्ने व्यवस्था मिलाइएको छ । लगनखेल, भैँसेपाटी, गोठाटार यातायात, लालुपाते यातायात कोटेश्वर, अन्नपूर्ण यातायात, लगनखेल, कलङ्की निलो माइक्रो, दक्षिणकाली माइक्रोबस समिति, जोरपाटी माइक्रो, बूढानीलकण्ठ बस समिति, न्यू अन्नपूर्ण टेम्पो, कान्तिपुर यातायातलाई रत्नपार्कबाट यात्रु आर्लने तथा चढ्ने व्यवस्था मिलाइएको छ । साझा यातायात, हामी सबैको यातायात, शिवपुरी बूढानीलकण्ठ सेवा, ललितपुर यातायात, नेपाल यातायात गोठाटार, जनता यातायात कलङ्कीलाई राष्ट्रिय सभागृह अगाडि यात्रु उकाल्ने तथा ओराल्ने व्यवस्था मिलाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending