Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

यस बर्ष झण्डै नौ प्रतिशतले धानको उत्पादन वृद्धि, प्रदेश दुइमा सबैभन्दा बढि

काठमाडौं । यसवर्ष देशमा धान उत्पादनमा झण्डै नौ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष ५१ लाख ५१ हजार मेट्रिक टन धान उत्पादन भएकोमा यसवर्ष कुल ५६ लाख १० हजार मेट्रिक टन उत्पादन भइसकेको कृषि तथा पशुपक्षी मन्त्रालयका वरिष्ठ तथ्याङ्क अधिकृत रामकृष्ण रेग्मीले जानकारी दिए । यद्यपि अझै माग अनुसार धान उत्पादन हुन सकेको छैन । नेपालमा ६१ लाख मेट्रिक टन धानको माग छ । तर चौधौँ त्रिवर्षीय योजनाको लक्ष्य भने प्राप्त भएको मन्त्रालयका सूचना अधिकारी विनोद भट्टराईले बताए । कुल ५५ लाख मेट्रिक टनको लक्ष्य लिइएकामा योजना नसकिँदै ५६ लाख मेट्रिक टनभन्दा बढी धान उत्पादन भइसकेको छ । मौसम अनुकूल भएको र आवश्यक मलखाद लगायत सामाग्री समयमै उपलब्ध भएकाले धान उत्पादन बढेको दावी मन्त्रालयको छ । गत आवमा ५१ लाख ५१ हजार मेट्रिक टन उत्पादन भएकोमा यो वर्ष ४ लाख ५८ हजार मेट्रिक टनले उत्पादन बढेको छ । यो आठ दशमलव ८९ प्रतिशतले वृद्धि भएको मन्त्रालयका वरिष्ठ तथ्याङ्क अधिकृत रेग्मीले जानकारी दिए। गत वर्षको तुलनामा यो वर्ष धान खेती करीब २२ हजार हेक्टर क्षेत्रफल बढेको छ । गतवर्ष उत्पादकत्व प्रतिहेक्टर तीन दशमलव पाँच मेट्रिक टन रहेकोमा यस वर्ष तीन दशमलव ७६ प्रतिशत भएको छ । यो विगतको तुलनामा सात दशमलव २७ प्रतिशतले वृद्धि हो । मन्त्रालयका अनुसार वर्षे धानको उत्पादकत्व तीन दशमलव ६९ मेट्रिक टन प्रतिहेक्टर छ भने चैते धान चार दशमलव पाँच मेट्रिक टन प्रतिहेक्टर रहेको छ । मन्त्रालयका सचिव युवकध्वज जिसीले समयमै पानी परेको, मलखादको व्यवस्था भएको, प्राकृतिक प्रकोप नभएको र यान्त्रिकीकरण र उन्नत जातको बीउको प्रयोग हुँदा धानको उत्पादन बढेको बताए । प्रदेश नं २ मा दुई लाख मेट्रिक टन बढी उत्पादन सात प्रदेशमध्य प्रदेश नं २ मा सबैभन्दा बढी धानको उत्पादन वृद्धि भएको छ । मन्त्रालयका अनुसार प्रदेश २ मा गत वर्षको तुलनामा यस वर्ष दुई लाख नौ हजार मेट्रिक टनले धानको उत्पादन वृद्धि भएको जनाएको छ । उक्त प्रदेशमा यो वर्ष कुल १४ लाख ९५ हजार मेट्रिक टन धान उत्पादन भएको छ । यस्तै प्रदेश नं १ मा गत वर्षभन्दा एक लाख २९ हजार मेट्रिक टनले उत्पादन वृद्धि भएपनि अन्य प्रदेशमा भने न्यून वृद्धि भएको तथ्याङ्कमा देखिएको छ । प्रदेश नं १ मा यस वर्ष कुल १२ लाख ३७ हजार मेट्रिक टन धान उत्पादन भएको छ । उत्पादकत्वका हिसाबले प्रदेश नं ३ मा सबैभन्दा बढी तीन दशमलव ९० मेट्रिकटन प्रतिहेक्टर रहेको छ । मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा प्रदेश नं ५ मा कुल ११ लाख ८८ हजार मेट्रिक टन धान उत्पादन भएको छ । प्रदेश ३ मा पाँच लाख २१ हजार, गण्डकी प्रदेशमा चार लाख २७ हजार र कर्णाली प्रदेशमा एक लाख २२ हजार मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपालमा गएको वर्ष १४ लाख ६९ हजार हेक्टर क्षेत्रफलमा धान खेती भएकोमा यसवर्ष १४ लाख ९१ हजार हेक्टर क्षेत्रफलमा धान खेती भएको थियो । यो वर्ष करीब ९७ प्रतिशत रोपाइँ भएको समेत मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव जिसीले अब उत्पादकत्व बढाउनेतर्फ मन्त्रालयको ध्यान गएको बताए । उनले नेपालीहरूले पनि मिठो मसिनो चामल खोज्न थालेकाले सरकारले पनि त्यस्तै खालको धान उत्पादनमा जोड दिएको बताए । “हामी मुख्य बालीमा आत्मनिर्भर उन्मुख छौँ भन्ने यो तथ्याङ्कले देखाउँछ,” जोशीले भने, “उत्पादन बढाउन अझै नयाँ प्रविधि र यान्त्रिकीकरणमा सरकारको जोड छ ।” उनीले कृषिमा १० प्रतिशत मात्रै बजेट पु¥याउने हो भने माग धान्ने गरी उत्पादन बढ्नसक्ने बताए । चालु आवमा कृषि क्षेत्रमा सरकारले कुल बजेटको तीन दशमलव दुई प्रतिशत बजेट विनियोजन गरेको छ । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies