Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

ट्याक्सी चालकमाथि आक्रमण हुन थालेपछि वैज्ञानिक भाडादर कायम गर्न माग

काठमाडौं। उपत्यकामा चल्ने ट्याक्सी चालक तथा व्यवसायीले बदलिँदो परिस्थितिअनुसार वैज्ञानिक भाडादर कायम गर्न तथा ट्याक्सी चालकको सुरक्षाको प्रबन्ध गर्न माग गरेका छन् । बारम्बार ट्याक्सी चालकमाथि साङ्घातिक आक्रमण हुन थालेपछि उनीहरूले सरकार समक्ष चालकको सुरक्षाको सुनिश्चितता गर्न र २०६९ सालमा तोकिएको भाडादर परिमार्जित गरेर वैज्ञानिकरुपमा भाडादर कायम गर्न सरकारसँग माग गरेका हुन् । वैज्ञानिक भाडादर कायम नहुँदा बाध्यतावश यात्रु ठगिने गरेको बताउँदै उनीहरूले यात्रु ठगिनबाट जोगिन पनि भाडादर समायोजन हुनुपर्ने बताउँछन् । “२०६९ सालदेखि भाडा समायोजन भएको छैन । छिमेकी मुलुकहरूमा मिटरको शुरुआत कल तीन किलोमिटर बराबर हुन्छ । त्यो हिसाबले हाम्रो यहाँको मिटरमा शुरुमा कल एकदमै कम छ व्यवसायी एवं चालक पूर्ण तामाङले बताए । शुरुमा कल एकदमै कम भएकाले यहाँका छोटो दूरीमा ट्याक्सीले मिटरमा यात्रु लैजान समस्या भइरहेको उनको भनाइ छ । “मूल्यवृद्धिको आधारमा किमीको भाडा पनि कम छ, पर्याप्त ट्याक्सी पार्किङ तथा ट्राफिक प्रहरीले गर्ने व्यवहार समेत राम्रो छैन ।” सुरक्षाका सवालमा ट्याक्सी चालक असुरक्षित रहेको बताउँदै तामाङले २०७४ सालमा भक्तपुर मनोहरा किनारामा चालक यज्ञ खड्काको गाडीभित्र हत्या, गत कात्तिक २४ गते चालक भरत मल्ललाई सोही स्थानमा लगेर आक्रमण गरी गम्भीर घाइते बनाएको जानकारी दिए । यही पुस १ गते चालक डम्बर खड्कालाई ट्याक्सी चलाइरहेका बेला ललितपुरको पुल्चोकबाट बालकुमारी खोला किनारामा लगेर कुटपिट गरी गम्भीर घाइते बनाइएको घटनाका दोषी पत्ता नलाग्नु गम्भीर विषय भएको तामाङले बताए। व्यवसायी तथा चालक समाज सेवाका अभियानकर्ता सानु पूर्वाछाने मगर, तामाङलगायतका व्यक्तिले करीब रु ५७ हजार चन्दा उठाएर घाइतेको उपचार गरिएको बताउँदै तामाङले कुटपिटबाट यज्ञले आँखा गुमाउनु परेको जानकारी दिए । “अर्का घाइते बा १ ज ६१ ५६ नंं का चालक डम्बर खड्कालाई रु २५ हजार सहयोग गरियो । प्राइभेट गाडीले ट्याक्सीको काम गर्दा पनि समस्या भएको छ । यसबारेमा पटक/पटक उजुरी गरे पनि सम्बन्धित निकायले समस्या समाधानका लागि पहल गरेको छैन”,–चालकहरूको भनाइ छ । हरेक चिजको मूल्यवृद्धि भएको अवस्थामा ट्याक्सी भाडा पनि समायोजन हुनुपर्ने बताउँदै तामाङले भने, “२०६९ सालमा ट्याक्सीको रुट परमिट लिँदा रु २५० तिर्नुपथ्र्यो, अहिले रु पाँच सय तिर्नुपर्छ, तेस्रो पक्ष बीमा रु ५०० बाट अहिले रु सात हजार ८०० छ, यस्तो अवस्थामा ट्याक्सीको भाडा बढाउनु आयश्यक छ ।” अधिकाँश ट्याक्सी चालकले उपभोग्य वस्तुको मूल्यवृद्धि भएको बताउँदै सरकारले वैज्ञानिक र उपयुक्त संयन्त्रबाट जरिवाना र कारवाही गर्नुपर्ने, रात्रिकालीन समयमा ट्याक्सी चलाउने चालकको सुरक्षा गरिनुपर्ने, उचित रुपमा सङ्ख्यागत आधारमा ट्याक्सीको पार्किङ गर्ने व्यवस्थापन हुनुपर्नेलगायत माग राख्दै आएका छन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending