नवलपुर। गृहमन्त्री सुधन गुरुङले आफूले औपचारिक कार्यक्रममा 'पिर्के सलामी' नलिने निर्णय गरेको छन् । नवलपुरस्थित सशस्त्र प्रहरी बलको कार्यालयमा पुगेका गृहमन्त्री गुरुङले सुरक्षा निकायले दिने त्यस्तो औपचारिक सलामी नलिने घोषणा गरेको हो ।
गृहमन्त्री गुरुङलाई सशस्त्र प्रहरी नायब उपरीक्षक ९डीएसपी० लक्ष्मण बरालले कार्यालयमा स्वागत गरेको थिए । सो अवसरमा गृहमन्त्रीले सुरक्षा निकायका अधिकारीलाई निर्देशन दिँदै तामझाम र औपचारिकताभन्दा कार्यसम्पादन र जनताको सेवामा केन्द्रित हुन आग्रह गरे ।
स्वागत कार्यक्रममा नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना, प्रहरी उपरीक्षक (एसपी) युवराज खड्का र राष्ट्रिय अनुसन्धान विभागका प्रहरी उपरीक्षक अभिनयकुमार सिंह लगायतको उपस्थिति रहेको थियो
गृहमन्त्री गुरुङ आइतबार नवलपुर पुगेको हो । उनलाई त्यहाँ सभापति नरेश्वर लामिछाने नेतृत्वको टोलीले स्वागत गरेको छ । शनिबार मध्यरातमा चितवन पुग्नुभएका मन्त्री गुरुङ आइतबार दिउँसो नवलपुर पुगेको हो ।
यसअघि उनले भरतपुरमा नेपाल प्रहरी शिक्षालय, भरतपुरमा सुरक्षा निकायका उच्च अधिकारी तथा राजनीतिक दलका प्रतिनिधिसँग भेट गरेको उनको निजी सचिवालयले जनाएको छ ।
आइतबार बिहान रास्वपा चितवनका सभापति कृष्ण भुसाल र भरतपुर महानगर सभापति सीता ज्ञवालीले उनलाई भरतपुरमा स्वागत गरेको थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १७ गते, २०८३ - १४:०८
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा चालु कार्यकालमा दर्ता भएका १७ वटा उजुरीमाथि प्रारम्भिक छलफल गर्न समितिको बैठक सोमबार बस्ने भए...
श्रावण १७ गते, २०८३ - १३:५०
बोगोटा। पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको विमान दुर्घटनाग्रस्त हुँदा १३ जनाको मृत्यु भएको छ । उक्त विमान प्रसिद्ध ‘नाज्का लाइन्स’को ...
श्रावण १७ गते, २०८३ - १३:१६
काठमाडौं । अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन तथा खारेज गर्न ल्याइएको ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ माथि स...
श्रावण १७ गते, २०८३ - १२:५२
राजविराज । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न तनावपूर्ण अवस्थाबीच सप्तरीमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न विभिन...
श्रावण १७ गते, २०८३ - १२:३८
काठमाडौँ। मनसुनजन्य विपद्का कारण पछिल्ला २४ घण्टामा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था...
श्रावण १७ गते, २०८३ - १२:२७
तनहुँ । बजारमा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव हुन नदिन जिल्ला प्रशासन कार्यालय तनहुँले ग्यास डिलर तथा सप्लायर्सको अनुगमन सुरु गरेको छ। सहायक...
श्रावण १७ गते, २०८३ - १२:१७
सप्तरी। सप्तरीमा आम नागरिकहरूको दैनिक अत्यावश्यक कामलाई मध्यनजर गर्दै सप्तरीको राजविराज नगरपालिका र बोदेबरसाइन नगरपालिकामा जारी कर्फ्युमा केही खुकुलो ...
श्रावण १७ गते, २०८३ - ११:५२
काठमाडौं । पाकिस्तानको कराकोरम हिमशृङ्खलास्थित ८,०४७ मिटर अग्लो ब्रड पिकमा हिमपहिरोमा ज्यान गुमाएका नेपाली पर्वतारोही निर्मल पुर्जासहितका दिवंगत आरोही...
श्रावण १७ गते, २०८३ - ११:४१
काठमाडौँ। स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु एक हजार ८०० र चाँदी रु ४५ ले घटेको हो । नेपाल सुनचाँदी ...
श्रावण १७ गते, २०८३ - ११:०१
जनकपुरधाम। गृहमन्त्री सुधन गुरुङले पीडित पक्षसँग शुव्रmबार राति सहमति गरेपछि मधेश प्रदेशको अवस्था सामान्य बन्दै गएको छ । सुनसरीमा धार्मिक विषयलाई लिएर...



प्रतिकृया लेख्नुहोस्: