Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

अब छिट्टै स्थानीय सरकारले कर्मचारी भर्ना गर्न पाउँछ: प्रचण्ड

बनेपा। नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड०ले सिंहदरबारको अधिकार गाउँगाउँमा आइसकेको बताएका छन् । शुक्रबार काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–२स्थित खाँडादेवी माध्यमिक प्राविधिक धार बाली विज्ञान विद्यालयको स्वर्ण महोत्सवमा उनले हजारौँको बलिदानीपछि मात्रै सङ्घीय लोकतान्त्रिक गणतन्त्र आउनाका साथै स्थानीय, प्रदेश र सङ्घीय सरकार बनेको बताए । “संविधान र कानून बमोजिम सिंहदबारको अधिकार गाउँमा आइसकेको छ”, अध्यक्ष प्रचण्डले भने, “अब त्यसलाई व्यवहारमा उतार्न हामी अगाडि बढिरहेका छौँ ।” स्थानीय तहले पनि सेवासम्बन्धी ऐन बनाएर कर्मचारी भर्ती गर्ने अधिकार पाउने उल्लेख उल्लेख गर्दै उनले राष्ट्रसेवक कर्मचारीले देशको कुनै पनि भागमा सरकारले खटाएअनुसार जानुपर्नेमा जोड दिए । “खटाएअनुसार जान तयार नहुने कर्मचारीलाई राज्यले बिदा गर्नुपर्छ र नयाँ कर्मचारी भर्ती गरेर भएपनि संविधान कार्यान्वयन गर्नेतिर लाग्नुपर्छ”, अध्यक्ष प्रचण्डले भने , “अहिले ऐनहरु बन्दैछन् र कर्मचारीलाई स्थानीय तह, प्रदेश र सङ्घ सबैतिर समायोजन गर्ने नयाँ प्रक्रिया शुरुआत हुँदैछ ।” उनले आम नागरिकलाई नयाँ व्यवस्थाको कार्यान्वयनमा आ–आफ्ना ठाउँबाट योगदान पु¥याउन आग्रहसमेत गरे। लाखौँ नेपालीको त्याग, मेहनत र समर्पणबाट ल्याएको व्यवस्था भएकाले त्यसलाई व्यवस्थित गर्न सरकार लागिपरेको अध्यक्ष प्रचण्डले बताए । कोसीपारि क्षेत्रमा आर्थिक र पर्यटन विकास गर्न सकिने भएकाले त्यसका लागि चौरीखोला र सुनकोसी दोभानमा सयौँ मेगावाटको जलाशययुक्त जलविद्युत् आयोजना बनाउन सके त्यहाँका जनताको जीवनमा ठूलो परिवर्तन हुने उनले बताए । अध्यक्ष प्रचण्डले कोसीपारिको विकास निर्माणलगायत समस्या समाधान गर्न आफूले सरकारमा पहल गर्ने र स्थानीय विद्यालयको भौतिक, शैक्षिक र सिङ्गो गाउँपालिकाको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता पनि जनाए । यसैबीच नेकपाको ११ दिनदेखि चलेको स्थायी समितिको बैठकले तल्लो निकायसम्म छटो पार्टी एकता हुनुपर्ने र सरकारको काम छिटो भइदिए हुन्थ्यो भन्ने जनताको आवाज र चाहनालाई पूरा गर्न बैठकले ठोस निर्णय गरेको गरिसकेकाले त्यसका लागि पुस महीनाभित्र देशैभरि तलैसम्म पार्टी र जनसङ्गठनको एकता गरिसक्ने निर्णय पनि भइसकेको उनले बताए । पाँचसय पैसठ्ठी विद्यार्थी अध्ययन गरिरहेको सो विद्यालय भूकम्पले भवन क्षति पु¥याएकाले त्यसको पुनःनिर्माण भारतीय दूतावासले गर्ने जनाए पनि अहिलेसम्म कुनै सुरसार गरिएको छैन ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending