Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

भूकम्प प्रभावितका छ हजार परिवार अझै घरविहीन

चितवन। भूकम्पपछिको चौथो वर्षको जाडोमा पनि जिल्लाका पाँच हजार ९८४ परिवार अझै घरविहीन अवस्थामा छन् । विसं २०७२ वैशाखको भूकम्पले प्रभावित सात हजार ३३५ परिवारमध्ये एक हजार ३५१ परिवारको मात्रै घर निर्माण भएको छ । भूकम्पपछिको लामो समय बित्दा पनि घर निर्माण नहुँदा जिल्लाका ग्रामीण क्षेत्रका बासिन्दाले यस वर्षको चिसो टहरामै बिताइरहनुपरेको छ । भूकम्पले जिल्लाका पहाडी क्षेत्रका बासिन्दा बढी प्रभावित भएका र तीमध्ये अधिकांश चेपाङ समुदायका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) का इञ्जिनीयर सुवास न्यौपानेका अनुसार घर निर्माणका लागि पाँच हजार ७२१ जनाले पहिलो किस्तावापतको रु ५० हजार लगेकामा तिनीमध्ये तीन हजार ३४१ले रु एक लाख ५० हजारका दरले दोस्रो किस्ता लगेका छन् । दोस्रो किस्ता लगेकामध्ये घर निर्माण गरेका एक हजार ३५१ परिवारले थप रु एक लाखका दरले तेस्रो किस्ता लगेको उहाँले बताउनुभयो । लामो समयसम्म घर निर्माण हुन नसक्नुमा कार्यालयको मात्रै भन्दा पनि स्वयं प्रभावित जिम्मेवार रहेको कर्मचारी बताउँछन् । प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइ ९अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार० का निमित्त प्रमुख रामचन्द्र कोइरालाका अनुसार प्रभावितको आफ्नै जग्गा नहुनु, प्रथम किस्ता लिएर सम्पर्कमा नआउनु, घर बिक्री हुनु, थप अनुदान नलिने घोषणा गर्नुजस्ता कारणले समयमा सबै घर निर्माण हुन नसकेको हो । यसैगरी सम्बन्धित प्रभावित विदेश रहनु, श्रीमतीको नाममा जग्गा भई अन्तै विवाह गरी जानु, नक्सापास प्रक्रिया, स्वामित्व, नक्सा निर्माण विधिजस्ता झण्झटिलो कारणले पनि घर निर्माणमा समस्या भएको छ । प्राधिकरणकै प्राविधिकहरुले समयमा अनुगमन नगरिदिँदा पनि घर निर्माण हुनसकेका छैनन् । स्थानीय जनप्रतिनिधि आए पनि उनीहरुले चासो नदिँदा पनि पुनःनिर्माणको काममा ढिलाइ भएको बताइन्छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy