Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

केबी ग्रुपका प्रमुख साउदले बाडे तीन सयलाई न्यानो लुगा

डोटी। डोटीको प्रमुख व्यापारिक केन्द्र दीपायल पिपल्लामा रहेको केबी गु्रपका प्रमुख खगेन्द्रबहादुर साउद ९केबी० ले डोटीमा रहेका वृद्धवृद्धा, एकल, अपाङ्गता भएका व्यक्ति तथा असहाय व्यक्तिलाई जाडोमा न्यानो लुगा वितरण गरेका छन् । आफ्नो कम्पनी केबी गु्रपको वार्षिकोत्सवको अवसर पारेर उनले वर्षेनी यहाँका असहाय व्यक्तिलाई जाडोमा न्यानो लुगा दिँदै आएका छन् । आफ्नो छैठौं वर्षका रुपमा उहाँले यस वर्ष पनि ३०० जनालाई ‘जाडोमा न्यानो लुगा वितरण’ कार्यक्रममा कम्मल वितरण गरेका छन् । दीपायल सिलगढी नगरपालिका–३ पुलबजार निवासी साउदले बुधबार नगरपालिकाका–१ देखि ४ सम्मका १२०, बिहीबार नगरपालिकाको वडा नं ५, ६ र ७ का ९०, र शुक्रबार वडा नं ८ र ९ का ९० लाई कम्मल वितरण गरेका छन् । “दीपायल सिलगढी नगरपालिकामा रहेका असहाय, वृद्धवृद्धा, एकल महिला तथा अपाङ्गता भएका व्यक्तिलाई हाम्रो कम्पनीले वर्षेनी चिसोमा न्यानो लुगा दिँदै आएको छ”, उनले भने, “यो कार्यलाई हामी पछि जिल्लाभरि फैलाउने छौँ ।” सो गु्रपले प्रत्येक वडासँगको समन्वयमा एउटा वडाबाट ३० का दरले छनोट गरी २७० लाई र बाँकी कमजोर अवस्थाका अन्य ३० गरी ३०० लाई कम्मल वितरण गरेको छ । समाजसेवाको भावना भएका साउद डोटी चेम्बर अफ कमर्सका अध्यक्ष तथा नेकपाका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य पनि छन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending